नीतिवचन 24:6

अनलक शाब्दिक बाइबल

किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 11:14 : 14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
  • नीति 20:18 : 18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
  • लू 14:31 : 31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन?
  • नीति 15:22 : 22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।
  • एफिसी 6:10-20 : 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ । 11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो । 13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ । 14 यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्‍मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर । 15 आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर । 16 सबै परिस्थितिहरूमा विश्‍वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्‍टका सबै अग्‍निवाणहरू निभाउन सक्‍नेछौ । 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो । 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्‍वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्‍नसाथ यही मन सँगै सतर्क भइराख । 19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्‍त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ । 20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ ।
  • २ तिमो 4:7 : 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु ।
  • १ तिमो 6:11-12 : 11 तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग । 12 विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्‍यसको बारेमा तिमीले गवाहीको बारेमा थियो ।
  • १ कोरि 9:25-27 : 25 एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ । 26 त्यसैले, म बिनाउदेश्य वा हावामा दौडन्‍नँ । 27 तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 11:14-15
    2 पदहरू
    81%

    14बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।

    15परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।

  • 18सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।

  • नीति 15:22-23
    2 पदहरू
    80%

    22सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।

    23उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

  • नीति 24:3-5
    3 पदहरू
    76%

    3बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ ।

    4ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् ।

    5बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।

  • 7मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।

  • 19कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ ।

  • नीति 19:20-21
    2 पदहरू
    71%

    20सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्‍न सक्छस् ।

    21मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।

  • नीति 21:30-31
    2 पदहरू
    71%

    30यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।

    31घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।

  • 31अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन?

  • 22बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।

  • उप 9:17-18
    2 पदहरू
    70%

    17मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ ।

    18युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ ।

  • 16ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्‍न सक्‍दैन । आफ्‍नो महाबलले कुनै पनि योद्धा बाँच्‍न सक्‍दैन ।

  • 15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

  • 5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • 28राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ ।

  • 11विवेकले तँमाथि निगरानी गर्ने छ; समझशक्तिले तेरो रक्षा गर्ने छ ।

  • 2देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्‍ने छ ।

  • 2वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,

  • 14मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ ।

  • 6न्याय आसनमा बस्‍नेको निम्ति न्यायको आत्मा र आफ्‍ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।

  • 10योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।

  • 24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।

  • 3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!

  • 12विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।

  • 6तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।

  • 14एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।

  • 14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।

  • 8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।

  • 11त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।

  • 5मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।

  • 5तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।

  • 7बुद्धि सबैभन्दा महत्त्वपूर्ण वस्तु हो । त्यसैले बुद्धि प्राप्‍त गर्, र समझशक्ति प्राप्‍त गर्न सबै मूल्य चुका ।

  • 8अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए । तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए, “मेरो छाउनी यस्तो-यस्तो ठाउँमा हुनेछ ।”

  • 25बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।

  • 13परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।

  • 16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • 23तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन ।

  • 17उहाँले सल्लाहकारहरूलाई शोकमा पारेर नाङ्गै खुट्टा हिंडाउनुहुन्छ । उहाँले न्यायाधीशहरूलाई मूर्ख बनाउनुहुन्छ ।

  • 12किनकि रुपियाँ-पैसाले सुरक्षा दिएजस्तै बुद्धिले पनि सुरक्षा दिन्छ, तर ज्ञानको फाइदा यही हो, कि बुद्धि भएको मानिसलाई यसले जीवन दिन्छ ।

  • 21अब परमेश्‍वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ ।