उपदेशक 9:17

अनलक शाब्दिक बाइबल

मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • याक 3:17-18 : 17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ । 18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
  • उत्प 41:33-40 : 33 अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् । 34 फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् । 35 सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ । 36 मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।” 37 फारो र तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो । 38 फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?” 39 त्यसैले फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन । 40 तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु ।”
  • १ शमू 7:3-6 : 3 शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।” 4 त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे । 5 तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।” 6 तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
  • नीति 28:23 : 23 फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ ।
  • यशा 42:2 : 2 तिनी कराउनेछैनन् न चिच्याउनेछन्, न तिनको आवाज सडकहरूमा सुनाउनेछन् ।
  • यशा 42:4 : 4 पृथ्वीमा तिनले न्याय स्थापित नगरेसम्म तिनी मूर्छा पर्नेछैनन्, न निराश हुनेछन् । अनि समुद्र किनारहरूले तिनको न्यायको आशा गर्छन् ।
  • याक 1:20 : 20 किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उप 9:15-16
    2 पदहरू
    84%

    15अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन ।

    16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”

  • उप 7:4-6
    3 पदहरू
    80%

    4बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।

    5मूर्खहरूको गीत सुन्‍नुभन्दा बुद्धिमान्‌को हप्की सुन्‍नु उत्तम हो ।

    6किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • नीति 17:27-28
    2 पदहरू
    78%

    27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।

    28चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।

  • 18युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ ।

  • 9मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।

  • 33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

  • 13चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।

  • 23विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।

  • 19कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ ।

  • 9बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।

  • 24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।

  • 14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।

  • 10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!

  • 7मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।

  • 8संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।

  • 5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • 20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • नीति 12:15-16
    2 पदहरू
    74%

    15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

    16मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।

  • 10मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।

  • 2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

  • नीति 14:7-8
    2 पदहरू
    73%

    7मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।

    8समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।

  • 12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।

  • 24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

  • 16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।

  • 1¶ बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्‍ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।

  • 9आत्मामा क्रोधित हुन हतार नगर्, किनकि क्रोधले मूर्खहरूको हृदयमा बास गर्छ ।

  • उप 2:13-14
    2 पदहरू
    72%

    13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।

    14बुद्धिमान् मानिसले आफ्नो शिरमा भएका आँखा त्यो कहाँ जाँदै छ भनी हेर्न प्रयोग गर्छ, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ । तर यी सबैमाथि उही दशा आइपर्छ भनी मलाई थाहा छ ।

  • 3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।

  • 15विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।

  • 7बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।

  • 3द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।

  • 14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।

  • 29धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।

  • 2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्‍नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

  • 16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।

  • 17आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।

  • 7सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!

  • 14राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ ।

  • 6बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ ।

  • 16बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।

  • 22समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।