भजनसंग्रह 148:5

अनलक शाब्दिक बाइबल

तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा दिनुभयो र तिनीहरू सृष्‍टि भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 1:6 : 6 परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”
  • भजन 33:6-9 : 6 परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए । 7 उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ । 8 सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् । 9 किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।
  • भजन 95:5 : 5 समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए ।
  • यिर्मि 10:11-13 : 11 तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्‍ट हुनेछन् । 12 तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो । 13 उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।
  • आमो 9:6 : 6 उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।
  • प्रका 4:11 : 11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
  • उत्प 1:1-2 : 1 ¶ आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो । 2 पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्‍वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 148:1-4
    4 पदहरू
    78%

    1¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।

    2उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर । ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर ।

    3हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।

    4ए सर्वोच्‍च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।

  • भजन 148:6-8
    3 पदहरू
    78%

    6उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।

    7पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्‍तुहरू र सागरका गहिराइहरू हो,

    8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।

  • 6परमप्रभुको वचनले आकाशको सृष्‍टि भयो र सबै ताराहरू उहाँको मुखको सासले बनिएका थिए ।

  • 9किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।

  • 13तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्‍च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।

  • 11“हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”

  • भजन 150:1-2
    2 पदहरू
    74%

    1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

    2उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्‍चर्यको महान्‌ताको निम्ति उहाँको प्रशंसा गर ।

  • 6सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।

  • 25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

  • 15पृथ्वीमाथि उज्यालो दिनलाई ती आकाशमा ज्योतिहरू होऊन् ।” तब त्यस्तै भयो ।

  • भजन 113:1-3
    3 पदहरू
    72%

    1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।

    2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

    3सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।

  • 18यो भावी पुस्ताहरूका निम्ति लेखिनेछ, र अहिलेसम्‍म नजन्मेका मानिसहरूले परमप्रभुको प्रशंसा गर्नेछन् ।

  • भजन 104:30-31
    2 पदहरू
    72%

    30तपाईंले तपाईंको आत्मा पठाउनुहुँदा तिनीहरू सृष्‍टि हुन्छन् र तपाईंले गाउँलाई नयाँ तुल्याउनुहुन्छ ।

    31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 26माथि आकाशमा हेर! यी सबै ताराहरूलाई कसले सृजेका हुन्? उहाँले ती बनाउनलाई उहाँले नै नेतृत्व गर्नुहुन्छ र ती सबैको नाउँ काढेर बोलाउनुहुन्छ । उहाँको शक्तिको माहन्‌ता र उहाँको सामर्थ्यको शक्तिद्वारा एउटा पनि हराएका छैनन् ।

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • 5उहाँलाई जसले बुद्धिद्वारा आकाश बनाउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 5समुद्र उहाँकै हो, किनकि उहाँले नै त्यो बनाउनुभयो । अनि सुख्‍खा जमिन उहाँकै हातले बनाए ।

  • 6परमप्रभुले स्वर्ग, पृथ्वी, समुद्र र त्यसमा सबैलाई बनाउनुभयो । उहाँले सदासर्वदा सत्यता हे्र्नुहुन्छ ।

  • 20ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर ।

  • 17पृथ्वीमाथि उज्यालो दिन, दिन र रातमाथि प्रभुत्व गर्न, र उज्यालोलाई अन्धकारबाट अलग गर्न

  • 12मैले नै पृथ्वी बनाएँ, अनि त्‍यसमा मानिसको सृष्‍टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।

  • 3जब म माथि तपाईंको आकाशलाई हेर्छु, जुन तपाईंका औंलाहरूले बनाए, चन्द्र र ताराहरू जसलाई तिनका ठाउँमा तपाईंले राख्‍नुभएको छ,

  • 12तपाईंले उत्तर र दक्षिणको सृष्‍टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन् ।

  • 15उहाँले आफ्नै शक्तिले पृथ्वी बनाउनुभएको छ । उहाँले आफ्नै बुद्धिले संसारलाई त्‍यसको ठाउँमा राख्‍नुभयो । उहाँले आफ्नो समझशक्तिद्वारा उहाँले आकाशलाई तान्‍नुभयो ।

  • 5आकाश सृष्‍टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्‍न गर्ने सबै थोक बनाउनुहुने, त्‍यसमा मानिसहरूलाई सास दिनुहुने र त्‍यसमा बस्‍नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 34स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।

  • 3तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।

  • 5किनकि जातिहरूका सबै देवता मूर्तीहरू हुन्, तर आकाश बनाउनुहुने परमप्रभु नै हुनुहुन्छ ।

  • 2उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

  • 6उहाँले आकाशमा आफ्नो महल बनाउनुहुन्छ, र पृथ्वीमा आफ्नो जग बसाल्‍नुहुन्छ । उहाँले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र पृथ्वीको सतहमा खन्‍याउनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो ।

  • 15परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।

  • 4उहाँले ताराहरू गन्‍नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।

  • 12तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।

  • 1¶ आकाशले परमेश्‍वरको महिमा घोषणा गर्छ र आकाशहरूले उहाँका हातका कामहरूको घोषणा गर्छन् ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 20परमेश्‍वरले भन्‍नुभयो, “पानी ठुलो सङ्ख्‍यामा जीवित प्राणीहरूले भरिऊन्, र पृथ्वीमाथि आकाशमा पक्षीहरू उडून् ।”

  • 4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

  • 6परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”

  • 24तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले आकास र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।