भजनसंग्रह 20:5
अनि हामी तपाईंको विजयमा आनन्दित हुनेछौं र हाम्रा परमेश्वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्नुभएको होस् ।
अनि हामी तपाईंको विजयमा आनन्दित हुनेछौं र हाम्रा परमेश्वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्नुभएको होस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ हे परमप्रभु, तपाईंको बलमा राजा आनन्दित हुन्छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्दित हुन्छन्!
4तपाईंको हृदयको इच्छा उहाँले तपाईंलाई पुरा गरिदेऊन् र तपाईंका सबै योजनाहरू पुरा होऊन् ।
6परमप्रभुले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनी म जान्दछु । उहाँलाई बचाउन सक्ने आफ्नो दाहिने हातको बलले, आफ्नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ ।
7कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्वरमा पुकारा गर्छौं ।
21हाम्रा हृदयहरू उहाँमा आनन्दित हुन्छन्, किनकि उहाँको पवित्र नाउँमा हामी भरोसा गर्छौं ।
35तब यसो भन, “हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई एकसाथ भेला गर्नुहोस्, र अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस्, ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्यवाद दिन, र तपाईंको प्रशंसामा महिमा दिन सकौं ।”
13हे परमप्रभु, आफ्नो बलमा उच्च हुनुहोस् । तपाईंको शक्तिको गीत हामी गाउछौं र स्तुति गर्छौं ।
47हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।
9हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।
14परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
15धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
5तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
4धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला
5ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
8दिनभरि हामीले परमेश्वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु ।
5तर मैले तपाईंको करारको विश्वस्ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्दित हुन्छ ।
4तपाईंको खोजी गर्नेहरू आनन्दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्वरको स्तुति होस् ।”
16तर तपाईंको खोजी गर्नेहरू सबै जना आनन्दित होऊन् र खुसी होऊन् । तपाईंको उद्धारलाई प्रेम गर्ने हरेकले निरन्तर यसो भनोस्, “परमप्रभुको प्रशंसा होस् ।”
1¶ कष्टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्वरको नाउँले तपाईंको सुरक्षा देऊन्
9त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
16तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।
17तपाईं तिनीहरूका ऐश्वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
6तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्नेछु र गाउनेछु ।
9तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।
6परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
7परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
11तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।
18म अझै पनि परमप्रभुमा रमाहट गर्नेछु । मेरो मुक्तिको परमेश्वरको कारण म खुशी हुनेछु ।
25हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!
26परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं ।
27परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
7हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्वस्तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्ति दिनुहोस् ।
18तब तपाईंबाट हामी तर्केर जानेछैनौं । हामीलाई पुनर्जीवित पार्नुहोस् र हामीले तपाईंको नाउँ पुकार्नेछौं ।
19हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् । तपाईंको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाइनेछौं ।
5तपाईंको विजयको कारणले तिनको गौरव महान् छ । तपाईंले तिनलाई वैभव र ऐश्वर्य दिनुभएको छ ।
6ताकि तपाईंले प्रेम गर्नुभएकाहरूलाई बचाइयोस्, तपाईंको दाहिने बाहुलीले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।
20परमप्रभुले मलाई बचाउन लाग्नुभएको छ र हामीले परमप्रभुको मन्दिरमा हाम्रो सारा दिनहरूभरि भजन गाउँदै उत्सव मानउनेछौं।”
9हे हाम्रा उद्धारका परमेश्वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
2तपाईंमा म खुसी र आनन्दित हुनेछु । हे सर्वोच्च, तपाईंको नाउँमा म स्तुति गाउनेछु ।
2ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्ति सबै जातिहरूमा प्रकट होस् ।
41हे परमप्रभु परमेश्वर, अब आफ्नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्दूकमा उठ्नुहोस् । हे परमप्रभु परमेश्वर, तपाईंका पुजारीहरू उद्धारको वस्त्रले पहिराइऊन्, र तपाईंका सन्तहरू तपाईंको भलाइमा आनन्दित होऊन् ।
10परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्वरका कामहरू बताऔं ।'
22किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
50यसकराण, हे परमप्रभु, म तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु । म तपाईंको नाउँको प्रशंसा गाउने छु ।
7हे परमप्रभु मेरा परमेश्वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्नुहुन्छ ।
8उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
3हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।