भजनसंग्रह 44:2

अनलक शाब्दिक बाइबल

तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्‍ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 15:17 : 17 तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।
  • भजन 78:55 : 55 तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।
  • भजन 135:10-12 : 10 उहाँले धेरै जातिलाई आक्रमण गर्नुभयो र शक्तिशाली राजाहरूलाई मार्नुभयो, 11 एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओग, अनि कनानका सबै राज्यलाई । 12 तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।
  • भजन 136:17-22 : 17 उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 18 उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 19 एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 20 र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 21 उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ । 22 उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
  • भजन 80:8-9 : 8 तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो । 9 तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो । 10 त्‍यसको छायाले पहाडहरूलाई, त्‍यसका हाँगाहरूले परमेश्‍वरका देवदारुहरूलाई ढाक्यो । 11 यसले आफ्‍ना हाँगाहरू समुद्रसम्म र आफ्‍ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
  • भजन 105:44 : 44 उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,
  • निर्ग 15:19 : 19 किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।
  • निर्ग 23:28 : 28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
  • निर्ग 34:11 : 11 आज मैले आज्ञा गरेको कुरा पालन गर् । तेरो सामु मैले एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउन लाग्दै छु ।
  • गिन 13:32 : 32 यसैले तिनीहरूले जाँचबुझ गरेका मुलुकबारे इस्राएलका मानिसहरू माझ निरुत्साहित पार्ने खबर फिँजाए । तिनीहरूले भने, “हामीले हेरेका मुलकले त आफ्नै बासिन्दाहरूलाई निल्दोरहेछ ।
  • व्यव 7:1 : 1 ¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।
  • यहो 3:10 : 10 परमेश्‍वर तिमीहरूमाझ हुनुहुन्छ र कनानीहरू, हित्तीहरू, हिव्वीहरू, परिज्‍जीहरू, गिर्गाशीहरू, एमोरीहरू र यबूसीहरूलाई तिमीहरूको अगिबाट धपाउनु हुनेछ भनी तिमीहरूले थाहा पाउने छौ ।
  • यहो 10:11 : 11 जब तिनीहरू इस्राएलबाट बेथ-होरोनको डाँडाको ओरालोमा झरे, परमप्रभुले स्वर्गबाट ठुला-ठुला असिनाहरू बर्साउनुभयो र उनीहरू मरे । इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा असिनाको कारण मरेकाहरू धैरै थिए । त्यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो,
  • यहो 10:42 : 42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।
  • यहो 11:23 : 23 त्यसैले परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार यहोशूले सारा भूमि कब्जा गरे । यहोशूले यसलाई इस्राएललाई उत्तराधिकारको रूपमा दिए अर्थात् उनीहरूका हरेक कुललाई भाग लगाइदिए । त्यसपछि मुलुकले युद्धबाट विश्राम लियो ।
  • यहो 21:43 : 43 यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
  • यहो 24:12 : 12 मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।
  • १ शमू 5:6-7 : 6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्‍यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो । 7 जे भइरहेको थियो त्‍यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”
  • २ शमू 7:10 : 10 म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।
  • नहे 9:22-27 : 22 तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे । 23 तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो । 24 त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो । 25 तिनीहरूले किल्लाबन्दी गरिएका सहरहरू र उर्बरायुक्त देश कब्जा गरे । तिनीहरूले सबै असल थोकहरूले भरिएका घरहरू, पहिले नै खनेका कुवाहरू, दाखबारीहरू, जैतूनका बगैँचाहरू र प्रचुर मात्रामा फल दिने रुखहरू कब्जा गरे । यसरी तिनीहरूले खाएर तृप्‍त भए, अनि मोटाएर तपाईंको महान् भलाइमा तिनीहरूले आनन्द मनाए । 26 तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे । 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 80:8-9
    2 पदहरू
    81%

    8तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्‍यसलाई रोप्‍नुभयो ।

    9तपाईंले त्‍यसको निम्ति देशलाई सफा पार्नुभयो । त्‍यसले जरा हाल्यो र देशमा भरियो ।

  • भजन 44:3-5
    3 पदहरू
    76%

    3किनकि तिनीहरूले आफ्‍नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्‍त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्‍योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।

    4हे परमेश्‍वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।

    5तपाईंद्वारा नै हामी आफ्‍ना शत्रुहरूलाई धकेल्‍नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।

  • भजन 78:54-55
    2 पदहरू
    76%

    54त्‍यसपछि उहाँले तिनीहरूलाई आफ्‍नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्‍त गरेको यो पर्वतमा ल्याउनुभयो ।

    55तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्‍नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्‍ना पालहरूमा बसाल्नुभयो ।

  • 1¶ हे परमेश्‍वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।

  • 17तपाईंले तिनीहरूलाई ल्याउनुहुनेछ, र तिनीहरूलाई तपाईंको उत्तराधिकारको पर्वतमा रोप्‍नुहुनेछ । हे परमप्रभु, यो त्यो ठाउँ हो जहाँ तपाईंले आफ्नो बासस्थान बनाउनुभयो, हे हाम्रा प्रभु जुन पवित्रस्थानलाई तपाईंका हातले बनाएका छन् ।

  • 38उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा शक्तिशाली र महान् जातिलाई धपाइदिनुभयो ताकि तिमीहरूलाई भित्र ल्याई सम्पत्तिको रूपमा तिनीहरूको देश दिन सकून् जस्तो आज उहाँले गर्नुभएको छ ।

  • नहे 9:22-24
    3 पदहरू
    74%

    22तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू दिनुभयो, अनि देशका हरेक कुनामा पुर्‍याउनुभयो । तब तिनीहरूले हेश्बोनका राजा सीहोन र बाशानका राजा ओगको देश अधिकार गरे ।

    23तपाईंले तिनीहरूका सन्तानहरूलाई आकाशका ताराजत्तिकै अनगिन्ती बनाउनुभयो, र तपाईंले तिनीहरूका पिता-पुर्खाहरूलाई अधिकार गर्न दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा तिनीहरूलाई ल्याउनुभयो ।

    24त्यसैले मानिसहरू देशभित्र प्रवेश गरी यसको अधिकार गरे, र तिनीहरूकै सामु त्यस देशका बासिन्दाहरू अर्थात् कनानीहरूलाई तपाईंले अधीनमा ल्याउनुभयो । इस्राएलले इच्छा लागेअनुसार कनानीहरूलाई व्यवहार गरून् भनेर तपाईंले कनानीहरू, तिनीहरूका राजाहरू, देशका जनताहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।

  • व्यव 9:4-5
    2 पदहरू
    74%

    4तिमीहरूकै सामु परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई निकाल्नुभएपछि आफ्नो ह्रदयमा यसो नभन, 'मेरो धार्मिकताको कारणले गर्दा परमप्रभुले मलाई यो देश अधिकार गर्न ल्याउनुभएको छ ।' बरु यी जातिहरूको दुष्‍टताको कारणले परमप्रभुले तिनीहरूलाई तिमीहरूकै सामु धपाउँदै हुनुहुन्छ ।

    5तिमीहरूको धार्मिकता वा तिमीहरूको ह्रदयको सोझोपनको कारणले गर्दा तिमीहरूले तिनीहरूको देश अधिकार गर्न लागेका होइनौ, तर यी जातिहरूको दुष्‍टताको कारणले गर्दा तिमीहरूका परमेश्‍वरले तिमीहरूकै सामुन्‍ने तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ताकि उहाँले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित शपथ खानुभएको वचनलाई सत्य साबित गर्न सकून् ।

  • 21किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो ।

  • 15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।

  • 9मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।

  • 44उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,

  • 29तथापि तिनीहरू तपाईंका मानिसहरू र तपाईंको सम्पत्ति हुन् जसलाई तपाईंले आफ्नो महाशक्ति र तपाईंको शक्तिको प्रदर्शनीद्वारा बाहिर ल्याउनुभयो ।'

  • 28परमप्रभुले आफ्नो रिस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको छ, जस्तो आज छ ।'

  • 12तपाईं पृथ्वीमाथि क्रोधमा हिँड्नुभएको छ । क्रोधमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभएको छ ।

  • 7महान् गौरवमा तपाईंले तपाईंको विरुद्धमा उठ्नेहरूलाई तल झारिदिनुभयो । तपाईंले आफ्नो क्रोध पठाउनुभयो । यसले तिनीहरूलाई ठोसालाई झैँ भस्म पार्‍यो ।

  • निर्ग 15:12-13
    2 पदहरू
    72%

    12तपाईंले आफ्नो दाहिले बाहुली पसार्नुभयो, र पृथ्वीले तिनीहरूलाई निल्यो ।

    13तपाईंको करारको बफादारीमा तपाईंले आफूले छुटकारा दिनुभएका मानिसहरूलाई डोर्‍याउनुभएको छ । तपाईंको शक्तिमा तपाईंले तिनीहरूलाई तपाईंको पवित्र वासस्थानमा डोर्‍याउनुभएको छ ।

  • 29परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सामु ती जातिहरूलाई निष्कासन गर्नुहँदा तिमीहरू त्यहाँ गई तिनीहरूलाई पराजित गर्ने छौ र तिनीहरूको देशमा बस्‍ने छौ ।

  • 5परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई धपाउनुहुने छ । उहाँले तिनीहरूलाई तिमीहरूका खातिर फ्याँक्‍नुहुने छ । उहाँले तिनीहरूको भू-भाग कब्जा गर्नुहुने छ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको भूमि अधीन गर्ने छौ ।

  • 11हेर्नुहोस्, यिनीहरूले हामीलाई कस्तो प्रतिफल दिइरहेका छन् । तपाईंले हामीलाई अधिकार गर्न दिनुभएको ठाउँदेखि हामीलाई धपाउन तिनीहरू आउँदै छन्‌ ।

  • २ शमू 22:43-44
    2 पदहरू
    71%

    43मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।

    44मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको छ । मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन् ।

  • 34वा मिश्रमा तिमीहरूका आँखाकै सामुन्‍ने परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएझैँ परीक्षा, चिन्ह, आश्‍चार्य, लडाइँ, शक्तिशाली हात, पसारिएको पाखुरा र महान् त्रासहरूद्वारा अर्को जातिको बिचबाट आफ्नो लागि एउटा जातिलाई लिएर आउन के परमेश्‍वरले कहिल्यै कोसिस गर्नुभएको छ?

  • 53किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”

  • 2तपाईंले तिनीहरूलाई रोप्नुभयो, र तिनीहरूले जरा हाले । तिनीहरूले निरन्‍तर फल फलाउँछन् । तिनीहरूका मुखमा तपाईं तिनीहरूको नजिक हुनुहुन्छ, तर तिनीहरूका हृदयबाट धेरै टाढा हुनुहुन्छ ।

  • 9तर अहिले तपाईंले हामीलाई फाल्‍नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्‍न ।

  • 7हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र?

  • 8परमप्रभुले हामीलाई शक्तिशाली हात, फैलिएको पाखुरा, ठुलो आतङ्क, चिन्ह र आश्‍चर्यहरूद्वारा मिश्रबाट ल्याउनुभयो ।

  • 30बरु, तिमीहरूको वृद्धि भई तिमीहरू देशमा नभरिएसम्म म तिनीहरूलाई तिमीहरूकै सामु अलिअलि गरेर धपाउनेछु ।

  • 11आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।

  • 11त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।

  • 20तर परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै निज सम्पत्ति (जस्तो आज तिमीहरू छौ) बनाउन आगोको भट्टी अर्थात् मिश्रबाट निकालेर ल्याउनुभएको छ ।

  • 23परमप्रभुले तिमीहरूकै सामु यी सबै जातिलाई धपाइदिनुहुने छ, र तिमीहरूले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई पराजित गर्ने छौ ।

  • 45हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,

  • 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ ।

  • 19अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।

  • 52तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ ।

  • 15हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।

  • यहो 24:12-13
    2 पदहरू
    69%

    12मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।

    13मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'

  • 42हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।