भजनसंग्रह 66:18
मैले आफ्नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्नुहुनेथिएन ।
मैले आफ्नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्नुहुनेथिएन ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19तर परमेश्वरले साँच्चै सुन्नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।
20परमेश्वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्वस्ततालाई मबाट हटाउनुभएको छैन ।
2हे परमप्रभु, मेरो सोर सुन्नुहोस् । दयाको निम्ति मेरो बिन्ती सुन्नलाई तपाईंका कानहरू सचेत होऊन् ।
3हे परमप्रभु, तपाईंले अधर्महरू उल्लेख गर्नुभयो भने, हे पमरप्रभु, को खडा हुन सक्थ्यो र?
2तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।
3अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
6हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्तीको सोर सुन्नुहोस् ।
6हे परमेश्वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्नुहोस् ।
16हे सबै परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।
17मैले आफ्नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्यो ।
3हे परमप्रभु मेरो परमेश्वर, मैले नै यो गरेको हुँ, र मेरा हातहरूमा दोष छन् भने,
1¶ हे परमप्रभु, न्यायको निम्ति मेरो बिन्ती सुन्नुहोस् । मदतको निम्ति मेरो पुकारामा ध्यान दिनुहोस् । मेरो छलरहित ओठको मेरो प्रार्थनामा कान थाप्नुहोस् ।
11तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
8ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्नुभएको छ ।
9दयाको निम्ति मैले गरेको निवेदन परमप्रभुले सुन्नुभएको छ । परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुभएको छ ।
14मैले पाप गरें भने तपाईंले त्यो ख्याल गर्नुहुन्छ । तपाईंले मलाई मेरो अधर्मबाट छोड्नुहुन्न ।
18म आफ्नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।
1¶ खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्यसका आँखामा परमेश्वरको भय नै हुँदैन ।
13परमेश्वरले निश्चय नै दुष्टको पुकारा सुन्नुहुन्न । सर्वशक्तिमान्ले त्यसलाई ध्यानै दिनुहुन्न ।
1¶ हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।
1¶ हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्ती सुन्नुहोस् । तपाईंको विश्वस्तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।
9कसैले व्यवस्था सुन्नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।
14मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्यसलाई तपाईंले आफूबाट टाढा पुर्याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्न नदिएको भए ।
32मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
6मेरो कष्टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।
17जबकि मेरा हातमा कुनै हिंसा छैन र मेरो प्रार्थना शुद्ध छ ।
14त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्नेछैन्नँ ।
27तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।
29दुष्ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नुहुन्छ ।
9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।
8तपाईंले निश्चय पनि मैले सुन्ने गरी बोल्नुभएको छ । तपाईंका वचनहरूका आवाजले यसो भनेको मैले सुनेको छु,
2हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस् । मेरो मुखका शब्दहरूमा कान थाप्नुहोस् ।
3तपाईंले मेरो हृदय जाँच्नुहुन्छ भने, राति तपाईं मकहाँ आउनुहुन्छ भने, तपाईंले मलाई शुद्ध पार्नुहुनेछ र कुनै दुष्ट योजनाहरू पाउनुहुनेछैन । मेरो मुखले अपराध गर्नेछैन ।
3किनकि म आफ्ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।
5तब मैले आफ्नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
14म त्यो मानिसजस्तो भएको छु, जसले सुन्दैन, अनि जवाफ फर्काउँदैन ।
15हे परमप्रभु, निश्चय नै, म तपाईंको आसा गर्छु । हे परमप्रभु मेरो परमेश्वर, तपाईंले जवाफ दिनुहुनेछ ।
6परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
1¶ हे परमप्रभु, मेरो प्रार्थन सुन्नुहोस् । तपाईंलाई मेरो पुकारा सुन्नुहोस् ।
18नत्रता परमप्रभुले देख्नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
1¶ हे परमेश्वर, मेरो प्रार्थनामा कान थाप्नुहोस् । मेरो बिन्तीबाट आफूलाई नलुकाउनुहोस् ।
2मलाई ध्यान दिनुहोस् र मलाई जवाफ दिनुहोस् । मेरो कष्टमा मलाई विश्रम हुँदैन ।
1¶ मेरो संकष्टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।
2त्यो मानिस धन्यको हो जसको दोषको लेखा परमप्रभुले लिनुहुन्न र जसको आत्मामा छल छैन ।
17हे परमेश्वर, मेरो कुरा ध्यानले सुन्नुहोस् । मेरो घोषणा तपाईंका कानमा पुगोस् ।
1¶ म परमप्रभुलाई प्रेम गर्छु किनभने उहाँले दायको निम्ति मेरो सोर र बिन्ती सुन्नुहुन्छ ।
18मेरो कष्ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।
23हे परमेश्वर, मलाई जाँच्नुहोस् र मेरो हृदय जान्नुहोस् । मलाई जाँच्नुहोस् र मेरा विचारहरू जान्नुहोस् ।
6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,
2मेरो प्रार्थना सुन्नहोस् । मेरो पुकरामा ध्यान दिनुहोस् ।