भजनसंग्रह 68:1

अनलक शाब्दिक बाइबल

¶ परमेश्‍वर उठ्नुभएको होस् । उहाँका शत्रुहरू तितरबितर होऊन् । उहाँलाई घृणा गर्नेहरू उहाँको सामुबाट भागून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 10:35 : 35 जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।”
  • यशा 33:3 : 3 ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।
  • भजन 89:10 : 10 तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो ।
  • निर्ग 20:5 : 5 तिनीहरूको अगि ननिहरनू वा तिनीहरूको पूजा नगर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्‍टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिनेछु ।
  • भजन 132:8-9 : 8 हे परमप्रभु, तपाईंको विश्राम गर्ने ठाउँ, तपाईं र तपाईंको शक्तिको सन्दुकतिर जाग्‍नुहोस् । 9 तपाईंका पुजारीहरूले इमानदारीताको वस्‍त्र लगाऊन् । तपाईंका विश्‍वासयोग्य जनहरू आनन्दले कराऊन् ।
  • यशा 41:15-16 : 15 हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् । 16 तैंले तिनीहरूलाई निफन्‍नेछस् र हावाले तिनीहरूलाई उडाएर लानेछ । हावाले तिनीहरूलाई तितरबितर पार्नेछ । तँ परमप्रभुमा रमाउनेछस्, इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस् ।
  • यशा 42:13-14 : 13 परमप्रभु एउटा युद्धाझैं बाहिर निस्कनुहुनेछ । एक जना योद्धाले झैं उहाँले आफ्नो जोश जगाउनुहुनेछ । उहाँ करानुहुनेछ, हो, उहाँले युद्धाको ध्वनि निकाल्नुहुनेछ । उहाँले आफ्ना शत्रुहरूलाई आफ्नो शक्ति देखाउनुहुनेछ । 14 म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।
  • यशा 51:9-9 : 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो? 10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
  • यहे 5:2 : 2 घेराबन्‍दीका दिन समाप्‍त हुन्‍छन्, तब रौंको एक तिहाइलाई सहरभित्र आगोमा जलाइदे, र अर्को एक तिहाइलाई चाहिं सहरका चारैतिर तरवारले टुक्रा-टुक्रा पारिदे । अनि बाँकी एक तिहाइचाहिं हावामा उडाइदे, र मानिसहरूलाई केद्‍न म तरवार थुत्‍नेछु ।
  • यहे 12:14-15 : 14 त्‍यसका वरिपरि हुनेहरू जसले त्‍यसलाई मदत गर्छन् र त्‍यसका सम्‍पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु । 15 जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्‍ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।
  • दानी 2:35 : 35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्‍न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्‍पूर्ण पृथ्वीलाई ढाक्यो ।
  • यूह 14:23-24 : 23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौँ ।” 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
  • व्यव 7:10 : 10 तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्‍ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्‍न । उहाँले त्यसको बदला लिनुहुने छ ।
  • २ इति 6:41 : 41 हे परमप्रभु परमेश्‍वर, अब आफ्‍नो विश्रामको ठाउँमा, तपाईं र तपाईंका शक्तिको सन्‍दूकमा उठ्‌नुहोस् । हे परमप्रभु परमेश्‍वर, तपाईंका पुजारीहरू उद्धारको वस्‍त्रले पहिराइऊन्, र तपाईंका सन्‍तहरू तपाईंको भलाइमा आनन्‍दित होऊन्‌ ।
  • भजन 7:6-7 : 6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस् 7 देशहरू तपाईंको वरिपरि भेला हुन्‍छन् । तिनीहरूमाथि फेरि पनि आफ्‍नो उचित स्थान लिनुहोस् ।
  • भजन 21:8 : 8 तपाईंका हातले तपाईंका सबै शत्रुलाई समात्‍नेछन् । तपाईंका दाहिले हातले तपाईंलाई घृणा गर्नेहरूलाई समात्‍नेछ ।
  • भजन 44:26 : 26 हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्‍नो करारको विश्‍वस्‍तताको निम्‍ति हाम्रो उद्धार गर्नुहोस् ।
  • भजन 59:11 : 11 तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।
  • भजन 68:14 : 14 सर्वशक्तिमान्‌ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्‍यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो ।
  • भजन 68:30 : 30 नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
  • भजन 78:65-68 : 65 अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो । 66 उहाँले आफ्‍ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो । 67 उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्‍नुभएन । 68 उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्‍नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 68:2-4
    3 पदहरू
    81%

    2जसरी धुवाँ उडेर जान्‍छन्, त्‍यसरी नै तिनीहरूलाई उडाउनुहोस् । जसरी आगोको नजिक मैनबत्ति पग्लिन्‍छ, त्‍यसरी नै दुष्‍टहरू परमेश्‍वरको उपस्थितिमा नाश होऊन् ।

    3तर धर्मीहरू खुसी होऊन् । तिनीहरू परमेश्‍वरको सामु ज्‍यादै खुसी होऊन् । तिनीहरू आनन्‍दित होऊन् र खुसी होऊन् ।

    4परमेश्‍वरको स्तुति गाओ । उहाँको नाउँको स्तुति गाओ । यर्दन नदीको बेसीको मैदानमा सवार हुनुहुनेको निम्‍ति स्तुति गाओ । उहाँको नाउँ परमप्रभु हो । उहाँको सामु आनन्‍दित होओ ।

  • 35जब-जब सन्दूक उठाइन्थ्यो मोशाले यसो भन्थे, “हे परमप्रभु, उठ्नुहोस् । तपाईंका शत्रुहरूलाई तितरबितर पार्नुहोस् । तपाईंलाई घृणा गर्नेहरूलाई तपाईंदेखि भाग्‍न लगाउनुहोस् ।”

  • 9वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।

  • भजन 7:5-6
    2 पदहरू
    74%

    5तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला

    6हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्

  • 2हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्‍ना शिरहरू उठाएका छन् ।

  • 3जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।

  • 19हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्‍न नपाऊन् । तपाईंको दृष्‍टिमा जातिहरूको न्याय गरियोस् ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 6बिजुलीका चमकहरू पठाउनुहोस् र मेरा शत्रुहरूलाई छरपष्‍ट पार्नुहोस् । तपाईंका काँडहरू हान्‍नुहोस् र तिनीहरूलाई गोलमालमा पछाडि फर्काउनुहोस् ।

  • 7पानी बगेर गएजस्तै तिनीहरू बिलेर जाऊन् । तिनीहरूले आफ्‍ना काँडाहरू हान्दा, तिनका चुच्‍चो नभएजस्तै ती होऊन् ।

  • भजन 59:10-11
    2 पदहरू
    71%

    10मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।

    11तिनीहरूलाई नमार्नुहोस्, नत्र मेरा मानिसहरूले बिर्सनेछन् । हे परमप्रभु, हाम्रो ढाल, तिनीहरूलाई तपाईंको शक्तिले तितरबितर पार्नुहोस् र तिनीहरूलाई ढाल्नुहोस् ।

  • 3आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्‍म पार्छ ।

  • 31यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।

  • 1¶ हे परमेश्‍वर, मलाई बचाउनुहोस्! हे परमप्रभु, चाँडो आउनुहोस् र मलाई सहायता गर्नुहोस् ।

  • 21तर परमेश्‍वरले आफ्‍नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्‍नेहरूका कपाल भएका खप्‍परमा हिर्काउनुहुनेछ ।

  • भजन 139:21-22
    2 पदहरू
    70%

    21हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?

    22म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।

  • 7हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।

  • 24तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

  • 7मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।

  • 7तिमीहरूको विरुद्धमा खडा हुने तिमीहरूका शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु पराजित गर्नुहुने छ । तिनीहरू तिमीहरूको विरुद्धमा एउटा बाटो भएर आउने छन्, तर तिमीहरूकै सामु सातवटा बाटो भएर भाग्‍ने छन् ।

  • 7हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो, सेला

  • 3ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

  • 19तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।

  • 3परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।

  • 7अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।

  • 5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।

  • 23त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।

  • 8तर उहाँले महान् बाढीले आफ्ना शत्रुहरूको अन्त गर्नुहुनेछ, र उहाँले तिनीहरूलाई अन्धकारमा लानुहुनेछ ।

  • 66हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ ।

  • 5परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन् ।

  • 15तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।

  • 10मेरा सबै वैरीहरू लाजमा पर्नेछन् र सह्रै कष्‍टमा पर्नेछन् । तिनीहरू पछि हट्नेछन् र अचानक अपमानित हुनेछन् ।

  • 9हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्‍नलाई म तपाईंकहाँ भागेर आउँछु ।

  • 17तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।

  • 4तपाईंको खोजी गर्नेहरू आनन्‍दित होऊन् र तपाईंमा खुसी होऊन् । तपाईंको उद्धार मन पराउनेहरूले सधैं भनून्, “परमेश्‍वरको स्तुति होस् ।”

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • 7परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।

  • 10तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।

  • 1¶ हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।

  • 9उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।

  • 10बलिरहेको भुङ्‍ग्रो तिनीहरूमाथि खसोस् । कहिल्यै नउठ्ने गरी तिनीहरूलाई आगोमा, अतलकुण्‍डमा फाल्नुहोस् ।

  • 13हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।

  • 19अनि परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।

  • 2जसरी आगोले अम्रिसो जलाउँछ वा आगोले पानी उमाल्छ । ओहो, तपाईंका विरोधीहरूले तपाईंको नाउँ जानेको भए त, तपाईंको उपस्थितिमा जातिहरू काम्‍ने थिए ।