भजनसंग्रह 68:12

अनलक शाब्दिक बाइबल

फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्‍त्रीहरूले लुटको माल बाँड्छन्

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 10:16 : 16 अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए ।
  • न्या 5:19 : 19 राजाहरू आए, तिनीहरू युद्ध लडे । कनानका राजाहरू मगिद्दोका खोलाहारू नजिक तानाकमा युद्ध लडे । तर तिनीहरूले लुटको रूपमा कुनै चाँदी लगेनन् ।
  • १ शमू 30:24 : 24 तिमीहरूको यो कुरा कसले सुन्‍नेछ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ । तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् ।”
  • यहो 12:7-9 : 7 त्यस भूमिका राजाहरू यिनै हुन् जसलाई यहोशू र इस्राएलका मानिसहरूले लेबनान नजिकको बाल-गाददेखि एदोमको छेउको हालाक डाँडासम्म यर्दनको पश्‍चिमपट्टि पराजित गरेका थिए । यहोशूले त्यो भूमि अधीन गर्न इस्राएलका कुलहरूलाई दिए । 8 तिनले तिनीहरूलाई हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरूको भूमि पहाडी देशहरू, तराईहरू, अराबा, पहाडका पाटाहरू र नेगेव दिए । 9 राजाहरूमा यरीहोका राजा, ऐका राजा जुन बेथेलको छेउमा छ, 10 यरूशलेमका राजा, एनइमका राजा, 11 यार्मूतका राजा, लाकीशका राजा, 12 एग्लोनका राजा, गेजेरका राजा, 13 दबीरका राजा, गेदेरका राजा, 14 होर्माका राजा, आरादका राजा, 15 लिब्‍नाका राजा, अदुल्लामका राजा, 16 मक्‍केदाका राजा, बेथेलका राजा, 17 तप्पूहका राजा, हेपेरका राजा, 18 अपेकका राजा, लश्शारोनका राजा, 19 मादोनका राजा, हासोरका राजा, 20 शिम्रोनका राजा, अक्षापका राजा, 21 तानाकका राजा, मगिद्दोका राजा, 22 कादेशका राजा, कर्मेलको योक्‍नामका राजा, 23 नापोत डोरका राजा, गिलगालको गयीमका राजा, 24 र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।
  • प्रका 6:15 : 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍त्र हरेक व्यक्‍ति पहाडका चट्टानहरूका बिचमा र गुफाहरूमा लुके ।
  • प्रका 19:17-20 : 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखेँ । तिनले माथि उडिरहेका चराहरू सबैलाई ठुलो सोरले बोलाए, “आओ, सबै परमेश्‍वरको ठुलो भोजका निम्ति भेला होओ । 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, दास र स्वतन्त्र दुवै, कमजोर र शक्‍तिशाली सबैका मासु खानेछौ ।” 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए । 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।
  • न्या 5:30 : 30 ‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’
  • यहो 10:42 : 42 यहशूले यी सबै राजा र उनीहरूका भूमिलाई एकै पटकमा कब्जा गरे, किनभने परमप्रभु इस्राएलका परमश्‍वर इस्राएलको पक्षमा युद्ध गर्नुभयो ।
  • निर्ग 14:25 : 25 तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र घोडचढीहरूलाई अगाडि बढ्न मुश्किल भयो । त्यसैले मिश्रीहरूले भने, “हामी इस्राएलबाट भागौँ किनकि परमप्रभु नै तिनीहरूको पक्षमा रही हाम्रो विरुद्धमा लड्दै हुनुहुन्छ ।”
  • गिन 31:8-9 : 8 तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे । 9 इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए ।
  • गिन 31:27 : 27 दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् ।
  • गिन 31:54 : 54 मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 11परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।

  • 13चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्‍यौ?

  • 30‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’

  • 16त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्‍नेछन् — यो परमप्रभुको घोषणा हो ।”

  • 30नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्‍ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्‍याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।

  • यशा 33:3-4
    2 पदहरू
    69%

    3ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

    4तपाईंको लूट सलहरूले जस्तै बटुलिन्‍छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।

  • मीका 2:8-9
    2 पदहरू
    69%

    8अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ ।

    9तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।

  • 12लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’

  • 23तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्‍न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।

  • जक 14:1-2
    2 पदहरू
    69%

    1¶ हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।

    2किनभने म यरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नेछु र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् र स्‍त्रीहरूको इज्‍जत लुटिनेछ । आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरू सहरबाट बहिष्कृत हुनेछैनन् ।

  • 3तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए । तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए ।

  • 29घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन ।

  • 27दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् ।

  • 20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

  • 20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्‍जा गर्नेछन् ।

  • 14तर स्‍त्री, बालबच्‍चा, गाईवस्तु र सहरमा भएका हरेक थोक लुटको मालको रूपमा आफ्नो लागि लैजानू । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूका शत्रुहरूबाट दिनुभएको लुटको माल तिमीहरूले उपभोग गर्नू ।

  • 4ए विश्‍वासहीन छोरी, तँ किन तेरा ज्यादै फलवन्त बेँसीहरूको विषयमा घमण्ड गर्छेस्? आफ्नो धन-सम्पत्तिमा भरोसा गरी तँ भन्छस्, 'मेरो विरुद्धमा को आउनेछ?'

  • 15किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।

  • 10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।

  • 5साहसी हृदय भएकाहरू लुटिएका थिए । तिनीहरू मस्त निद्रमा परे । सबै योद्धाहरू असहाय थिए ।

  • 53हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए ।

  • 18अश्शूरको राजा, तेरा गोठालाहरू सुतेका छन्, तेरा शासकहरू विश्राम गर्दै पल्टेका छन् । तेरा मानिसहरू पर्वतहरूमा छरिएका छन्, र तिनीहरूलाई त्यहाँ भेला गर्ने कोही छैन ।

  • 7त्यसैले सिपाहीहरू उठे र साँझमा नै भागे । तिनीहरूले आफ्ना पालहरू, घोडाहरू, गधाहरू र छाउनीलाई जस्ताको तस्तै छाडे र आफ्‍नो ज्यान बचाउन भागे ।

  • 22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

  • यशा 3:25-26
    2 पदहरू
    67%

    25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।

    26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 14यसकारण योद्धाहरूले कैदीहरू र लुटेका मालहरू अगुवाहरू र सबै समुदायका उपस्‍थितिमा छोडिदिए ।

  • 10जब तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध गर्न जान्छौ र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई विजय दिई तिनीहरूलाई तिमीहरूको वशमा ल्याउनुहुन्छ अनि जब तिमीहरूले तिनीहरूलाई बन्दी बनाई ल्याउँछौ,

  • 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।

  • यशा 30:16-17
    2 पदहरू
    67%

    16तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।

    17एक जनाको धम्‍कीले एक हजार जना भाग्‍नेछन् । पाँच जनाको धम्‍कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्‍नेछौ ।

  • 25बाहिर खेतबाट नजाओ, र सडकहरूमा नहिंड, किनकि शत्रुका तरवार र त्रास चारैतिर छन् ।

  • 14तेज दौडने उम्केर जान सक्‍नेछैन, र बलियोले आफ्‍नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्‍नेछ ।

  • 14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

  • 24तिमीहरूको यो कुरा कसले सुन्‍नेछ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ । तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् ।”

  • 8तैँले धेरै जातिहरूलाई लुटेको हुनाले, जाति-जातिहरूमा बाँकी रहेकाहरू सबैले तँलाई लुट्नेछन् । किनभने तैँले मानिसहरूका रगत बगाएको छस्, र देश, शहरहरु, र त्यसमा बसोबास गर्ने सबैको विरुद्ध हिंसात्मक काम गरेको छस् ।

  • 30बेबिलोनका सिपाहीहरूले लडाइँ गर्न रोकेका छन् । तिनीहरू आ-आफ्ना किल्लाहरूमा बस्छन् । तिनीहरूको ताकत हराएर गएको छ । तिनीहरू स्‍त्रीझैं भएका छन् । त्यसका घरहरू आगो लगाइएका छन्, र त्यसका मूल ढोकाका गजबारहरू भाँचिएका छन् ।

  • 15तेरा शक्तिशाली मानिसहरू किन भुइँमा घोप्टो पर्छन्? तिनीहरू खडा हुने छैनन्, किनकि म परमप्रभुले तिनीहरूलाई भुइँमा धकेलेको हुँ ।

  • 16तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ ।

  • 10तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।

  • 22हेर्नुहोस्, यहूदाका राजा अर्थात् तपाईंको महलमा छाडिएका सबै स्‍त्रीहरूलाई बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछ । यी स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंका मित्रहरूद्वारा तपाईं छलमा पर्नुभएको छ । तिनीहरूले तपाईंलाई नष्‍ट पारेका छन् । अब तपाईंका खुट्टा हिलोमा डुबेका छन्, र तपाईंका मित्रहरू भाग्‍नेछन् ।'

  • 13हेर्, तेरा बिचमा भएका मानिसहरू स्‍त्रीहरू मात्र छन् । तेरो देशका प्रवेशद्धारहरु शत्रुहरूका निम्ति खुला भएका छन् । आगोले त्यसका गजबारहरू भस्म पारेको छ ।

  • 9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 5तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।

  • 5म यहाँ के देख्दैछु? तिनीहरू त्रासले भरिएका छन्, र टाढा भाग्दैछन्, किनकि तिनीहरूका सिपाहीहरू पराजित भएका छन् । सुरक्षाको लागि तिनीहरूको भाग्दैछन्, र पछाडि फर्केर हेरिरहेका छैनन् । त्रास चारैतिर छ, यो परमप्रभुको घोषणा हो—

  • 9मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन ।

  • 46यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु ।