भजनसंग्रह 84:1

अनलक शाब्दिक बाइबल

¶ हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 27:4 : 4 मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ ।
  • भजन 43:3 : 3 ओहो, तपाईंको प्रकाश र तपाईंको सत्यता पठाउनुहोस् । तिनीहरूले मलाई डोर्‍याऊन् । तिनीहरूले मलाई तपाईंको पवित्र पहाड र तपाईंको वासस्थानमा ल्याऊन् ।
  • भजन 132:5 : 5 जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”
  • भजन 8:1 : 1 ¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
  • भजन 36:8 : 8 तपाईंको मन्‍दिरको प्रशस्‍ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ ।
  • १ राजा 22:19 : 19 तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
  • नहे 9:6 : 6 तपाईं मात्र परमप्रभु हुनुहुन्छ । तपाईंले स्वर्ग, सर्वोच्‍च आकाश, त्यहाँका सबै आकाशीय पिण्ड अनि पृथ्वी र यसमा भएका थोक थोक, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभयो । तपाईंले नै ती सबैलाई जीवन दिनुहुन्छ, र स्वर्गका समुदायले तपाईंको आराधना गर्छन् ।
  • भजन 103:20-21 : 20 ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर । 21 ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर ।
  • भजन 122:1 : 1 ¶ तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।
  • यशा 6:2-3 : 2 उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्‍येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्‍येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्‍ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे । 3 प्रत्‍येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
  • इब्रा 9:23-24 : 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई जनावरहरूको बलिदानद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैँलाई झन् कति धेरै उत्तम बलिदानद्वारा शुद्ध पार्न आवश्यक पर्‍यो । 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्‍कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्‍वरको सामु उपस्थित हुनुहुन्छ ।
  • प्रका 21:2-3 : 2 तब परमेश्‍वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ । 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
  • प्रका 21:22-23 : 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनभने सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ । 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन । किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चमक थियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
  • भजन 48:1-2 : 1 ¶ परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ । 2 महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
  • भजन 81:1 : 1 ¶ हाम्रो बल परमेश्‍वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्‍वरको निम्ति जयजयकार गर ।
  • भजन 87:2-3 : 2 याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ । 3 हे परमेश्‍वरको सहर, तेरो बारेमा महिमित कुराहरू भनिएको छ । सेला

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 84:2-5
    4 पदहरू
    79%

    2परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।

    3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।

    4तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला

    5त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।

  • 8हे परमप्रभु, तपाईं बस्‍नुहुने मन्‍दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।

  • 5हे याकूब, तिम्रा पालहरू र तिमी बस्‍ने ठाउँ कति सुन्दर छन्!

  • 1¶ हे परमप्रभु, तपाईंको पवित्रस्थानमा को बस्‍न सक्छ? तपाईंको पवित्र पर्वतमा को वास गर्न सक्छ?

  • भजन 84:8-10
    3 पदहरू
    75%

    8हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस् । सेला

    9हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्‍त जनको निम्ति चासो देखाउनुहोस् ।

    10किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु ।

  • भजन 87:1-2
    2 पदहरू
    74%

    1¶ उहाँले स्थापित गर्नुभएको सहर पवित्र पर्वतमा खडा छ ।

    2याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्‍वरको स्‍तुति गाउनु असल कुरा हो । यो सुखद हुन्‍छ र प्रशंसा उचित छ ।

  • 1¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।

  • 19परमप्रभुको मन्‍दिरका चोकहरूमा, यरूशलेमको बिचमा म पुरा गर्नेछु । परमप्रभुको प्रशंसा गर ।

  • भजन 135:1-3
    3 पदहरू
    72%

    1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर ।

    2तिमीहरू जो परमप्रभुको मन्‍दिरमा, हाम्रा परमेश्‍वरको मन्‍दिरको चोकहरूमा खडा हुन्‍छौ ।

    3परमप्रभुको प्रशंसा गर, किनकि उहाँ असल हुनुहुन्छ । उहाँको नाउँको स्‍तुति गाओ, किनकि यसो गर्नु सुखाद कुरा हो ।

  • 4मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्‍नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्‍दिरमा बस्‍न सकूँ ।

  • भजन 122:1-2
    2 पदहरू
    72%

    1¶ तिनीहरूले मलाई, “हामी परमप्रभुको मन्‍दिरमा जाऔं” भन्दा म खुसी हुन्थें ।

    2ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।

  • 4तपाईंले आफ्नो नजिक ल्याउन चुन्‍नुभएको मानिस धन्यको हो, ताकि त्‍यो तपाईंको आँगनहरूमा बस्‍न सक्‍छ । तपाईंको घरको अर्थात् तपाईंको पवित्र मन्दिरको भलाईले हामी तृप्‍त हुनेछौं ।

  • 2उहाँको पाल शालेममा छ । उहाँको बासस्‍थान सियोनमा छ ।

  • 12हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।

  • 7हामी परमेश्‍वरको वासस्थानमा जानेछौं । हामीले उहाँको पाउदानमा आरधना गर्नेछौं ।

  • 5जबसम्म परमप्रभुको निम्ति एउटा ठाउँ, याकूबको सर्वशक्तिमान्‌को निम्ति एउटा वासस्थान म पाउँदिन ।”

  • 1¶ हेर, दाजुभाइका निम्‍ति एकसाथ मिलेर बस्‍नु कति असल र सुखद कुरा हो ।

  • 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्‍छ ।

  • 16हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ ।

  • 6हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!

  • 21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 1¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

  • 1¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।

  • 9हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!

  • भजन 132:13-14
    2 पदहरू
    70%

    13निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

    14“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।

  • 5हे परमप्रभु, स्वर्गले तपाईंका आश्‍चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ ।

  • 11हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।

  • 12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

  • 1¶ मेरो सारा जीवनले म परमप्रभुको प्रशंसा गर्नेछु । हे परमप्रभु मेरो परमेश्‍वर, तपाई अति महान् हुनुहुन्छ । तपाईं वैभव र ऐश्‍वर्यले विभूषित हुनुहुन्छ ।

  • 1¶ जसरी हरिणले खोलाको पानीको तृष्णा गर्छ, त्यसरी नै, हे परमेश्‍वर, म तपाईंको तृष्णा गर्छु ।

  • भजन 63:1-2
    2 पदहरू
    69%

    1¶ हे परमेश्‍वर, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । उत्‍सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्‍खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्‍छ ।

    2त्यसैले तपाईंको शक्ति र महिमा देख्‍नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।

  • 3पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।

  • 9हे परमेश्‍वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्‍वस्‍तताका बारेमा विचार गरेका छौं ।

  • 54म अस्थयी रूपमा बसोबास गर्ने घरमा तपाईंका विधिहरू नै मेरा गीतहरू भएका छन् ।

  • 9परमप्रभु हाम्रा परमेश्‍वरको मन्‍दिरको खातिर, म तेरो भलाइ खोज्‍नेछु ।

  • 7हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्तता कति मूल्यवान छ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ ।

  • 6निश्‍चय नै, मेरो जीवनका सारा दिन भलाइ र करारको विश्‍वस्‍तता मेरो पछि आउनेछ । र परमप्रभुको मन्‍दिरमा म सधैंभरि वास गर्नेछु ।

  • 5तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन् । हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ ।