प्रकाशको पुस्तक 1:10
प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
9म तिमीहरूका दाजु यूहन्ना र जसले राज्य र कष्टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
11“त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”
12कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
13सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
15उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।
16उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
17जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।
18म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
19त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
1¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
2एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
1¶ परमेश्वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्नालाई प्रकट गराउनुभयो ।
2परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्टको बारेमा यूहन्नाले गवाही दिएका छन् ।
3अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।
4यूहन्नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,
5अनि येशू ख्रीष्टबाट, जो विश्वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।
8म यूहन्ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।
9तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर ।”
10तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
1¶ त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
2तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
3त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
4जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनेँ, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख । यसलाई नलेख ।”
5तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।
8तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
10अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्लो पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
10उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्नुभयो, किनभने म येशूको बारेमा गवाही राख्ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्मा हुनुहुन्छ ।”
11तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
1¶ मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
2मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
1¶ तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।
2“यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।
3त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
1¶ जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।
1¶ त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए ।
1¶ अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बितिगए, र समुद्र त छँदै थिएन ।
13मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”
29जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”
8“स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
1¶ मलाई नाप्ने निगालोको एउटा टाँगो दिइयो । “उठ र परमेश्वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्दछन् तिनीहरूको नाप लेऊ भनी मलाई भनियो ।
14मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
10तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ । मृत्युसम्मै विश्वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
12तब आत्माले मलाई माथि उठाउनुभयो, र मैले आफ्नो पछिल्तिर ठुलो भुकम्पको आवाज सुनेंः “परमप्रभुको महिमा उहाँको वासस्थानमा धन्यको होस्!”
1¶ परमप्रभुको हात ममाथि थियो, र उहाँले मलाई परमप्रभुको आत्माले बाहिर ल्याउनुभयो र एउटा बेसीको बिचमा मलाई राख्नुभयो । त्यो हाडहरूले भरिएको थियो ।
6आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”
2त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
1¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”
11तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।
20हेर, म ढोकामा उभिरहन्छु र ढकढक्याइरहन्छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म उसको घरभित्र आउनेछु र उसँग खानेछु अनि उसले मसँग खानेछ ।