प्रकाशको पुस्तक 1:9

अनलक शाब्दिक बाइबल

म तिमीहरूका दाजु यूहन्‍ना र जसले राज्य र कष्‍टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • फिलि 4:14 : 14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ ।
  • प्रका 1:2 : 2 परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।
  • यूह 16:33 : 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।
  • प्रका 3:10 : 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।
  • प्रका 12:11 : 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
  • प्रका 13:10 : 10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्‍वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
  • प्रका 14:12 : 12 पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्‍वास राख्छन् ।”
  • प्रका 6:9 : 9 जब थुमाले पाँचौ छापलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
  • प्रका 7:14 : 14 अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
  • प्रका 11:7 : 7 जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।
  • प्रका 2:9-9 : 9 मलाई तिम्रा कष्‍टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् । 10 तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
  • २ तिमो 1:8 : 8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,
  • इब्रा 10:36 : 36 तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्‍त गर्नेछौ ।
  • याक 5:7-8 : 7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ । 8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
  • २ थेस 1:4-5 : 4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ । 5 यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।
  • १ कोरि 4:9-9 : 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ । 10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ । 11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौँ; हाम्रा कपडाहरू फाटिएका छन्; हामी नराम्ररी कुटिएका छौँ; हामी घरवारविहीन भएका छौँ । 12 हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ । 13 मानिसले हामीलाई निन्‍दा गर्दा हामी दयापूर्वक बोल्‍छौँ । हामी संसारले इन्‍कार गरेको फोहोर कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरूजस्‍ता भएका छौँ र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
  • फिलि 1:7 : 7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
  • रोमी 8:17 : 17 यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्‍ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
  • रोमी 8:25 : 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
  • रोमी 2:7-8 : 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ । 8 तर आफ्नै मात्र भलाइ खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकताप्रति आज्ञाकारी हुनेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
  • रोमी 5:3-4 : 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । 4 सहनशीलताले सहमति उत्पन्‍न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्‍न गराउँछ ।
  • २ थेस 3:5 : 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम, ख्रीष्‍टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।
  • २ तिमो 2:3-9 : 3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग । 4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् । 5 कोही खेलमा भाग लिन्छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन । 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ । 7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ । 8 मैले सुसमाचारको सन्देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर । 9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन । 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् । 11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ । 12 हामीले सह्‍यौँ भने, हामीले उहाँसँगै राज्य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ ।
  • प्रका 1:4 : 4 यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,
  • प्रका 12:17 : 17 त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
  • प्रका 19:10 : 10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 1:10-13
    4 पदहरू
    84%

    10प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।

    11“त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”

    12कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।

    13सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।

  • प्रका 1:1-5
    5 पदहरू
    79%

    1¶ परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।

    2परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।

    3अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।

    4यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,

    5अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।

  • प्रका 1:7-8
    2 पदहरू
    78%

    7हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ । हरेक आँखाले उहाँलाई देख्‍नेछ, उहाँलाई घोच्‍नेहरूले पनि । अनि उहाँको कारण पृथ्वीका सबै कुलले बिलौना गर्नेछन् । यसै होस्, आमेन ।

    8सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।

  • प्रका 1:16-19
    4 पदहरू
    72%

    16उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।

    17जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।

    18म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।

    19त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।

  • प्रका 19:9-11
    3 पदहरू
    72%

    9स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्‍त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्‍वरका सत्य वचन हुन् ।’

    10उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”

    11तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्‍वासयोग्य भनिन्थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।

  • १ यूह 1:1-3
    3 पदहरू
    71%

    1¶ सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्

    2(अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्छौँ, अनि तिमीहरूलाई अनन्त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);

    3जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ ।

  • २ थेस 1:4-5
    2 पदहरू
    71%

    4त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।

    5यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।

  • 10तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।

  • प्रका 22:8-9
    2 पदहरू
    70%

    8म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।

    9तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”

  • 12पवित्रहरूको धैर्यका निम्ति यहाँ एउटा बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्दछन् र येशूमा विश्‍वास राख्छन् ।”

  • 10तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।

  • 1¶ अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन ।

  • 13अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, सुरु र अन्‍त म नै हुँ ।

  • १ पत्रु 1:6-7
    2 पदहरू
    68%

    6अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।

    7तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।

  • 3किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।

  • 14किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।

  • 8“स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।

  • प्रका 4:1-2
    2 पदहरू
    68%

    1¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”

    2एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।

  • 19मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।

  • 9त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।

  • 3मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।

  • 8तब हाम्रा प्रभुको बारेमा गवाही दिन नसर्माऊ, र मेरो बारेमा पनि । म पावल उहाँका एक कैदी हुँ, तर परमेश्‍वरको शक्‍तिद्वारा कष्‍टमा पनि सुसमाचार प्रचार गर,

  • 34मैले देखेको, र उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनेर गवाही दिएको छु ।”

  • 2तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।

  • 24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौँ, कि तिनको गवाही सत्य छ ।

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • 3परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।

  • 13तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्द मनाउन सक्‍नेछौँ ।

  • 9परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।

  • 1¶ सुरुमा वचन हुनुहुन्‍थ्‍यो । वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।

  • 16म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”