प्रकाशको पुस्तक 11:5

अनलक शाब्दिक बाइबल

यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट निस्केर आउने आगोले तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई पनि यसरी नै मारिनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 5:14 : 14 त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तैंले यसो भनेको हुनाले हेर, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगोजस्तो हुनेछ, र यी मानिसहरू दाउराजस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्ने छ ।
  • २ राजा 1:10-12 : 10 एलियाले कप्‍तानलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” तब स्वर्गबाट आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो । 11 फेरि राजा अहज्याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्‍तानले पनि एलियालाई भने, “हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।” 12 एलियाले तिनीहरूलाई भने, “म परमेश्‍वरका मानिस हुँ भने स्वर्गबाट आगो झरोस् र तपाईं र तपाईंका पचास जना मानिसलाई भस्म पारोस् ।” फेरि स्वर्गबाट परमेश्‍वरको आगो झर्‍यो र तिनलाई र तिनका पचास जना मानिसलाई भस्म पार्‍यो ।
  • भजन 18:8 : 8 उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्‍यो ।
  • यशा 11:4 : 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।
  • यिर्मि 1:10 : 10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
  • यहे 43:3 : 3 त्योचाहिं मैले देखेको दर्शनअनुसार थियो, उहाँ सहरलाई नाश गर्न आउनुभएको बेलामा मैले देखेको दर्शनअनुसार थियो, र ती दर्शनहरू मैले कबार नदीको किनारमा देखेको दर्शनजस्‍तो थियो, र मैले आफ्‍नो शिर घोप्टो पारें ।
  • हो 6:5 : 5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
  • जक 1:6 : 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
  • जक 2:8 : 8 किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो,
  • प्रेरि 9:4-5 : 4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।
  • गिन 16:28-35 : 28 मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्‍ने तिमीहरूले जान्‍नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन । 29 यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन । 30 तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।” 31 मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो । 32 धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो । 33 यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्‍ट भए । 34 तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्‍च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्‍दै चिच्‍च्याए । 35 अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 11:6-7
    2 पदहरू
    80%

    6यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार थियो । यी साक्षीहरूले पानी पार्न सक्‍ने सम्मको अधिकार उनीहरूको अगमवाणीको समयमा पाएका थिए । पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति तिनीहरूसित थियो ।

    7जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।

  • प्रका 9:17-19
    3 पदहरू
    77%

    17यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे ।

    18तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो ।

    19किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए ।

  • 4यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।

  • प्रका 9:3-5
    3 पदहरू
    74%

    3धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो ।

    4पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।

    5तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।

  • प्रका 20:9-10
    2 पदहरू
    73%

    9तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।

    10तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।

  • प्रका 19:20-21
    2 पदहरू
    73%

    20उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।

    21तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।

  • 10तिनीहरूका पुच्‍छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो ।

  • प्रका 13:9-15
    7 पदहरू
    72%

    9कसैको कान छ भने, त्यसले सुनोस् ।

    10कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्‍वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।

    11तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।

    12त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।

    13त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो ।

    14शक्‍तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्‍यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।

    15त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् ।

  • 15जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । सर्वशक्‍तिमान् परमेश्‍वरको क्रोधले दाखको कोललाई कुल्चन्छ ।

  • 3“हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”

  • प्रका 11:9-11
    3 पदहरू
    70%

    9किनकि साँढे तिन दिनसम्म हरेक राष्‍ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।

    10पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।

    11तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।

  • 10पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।

  • 12यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले यस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछः तिनीहरू आफ्ना खुट्टा उभिरहँदा पनि तिनीहरूको मासु कुहेर जानेछ । तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहुनेछन्, र तिनीहरूका जिब्रा तिनीहरूकै मुखमा कुहुनेछन् ।

  • प्रका 14:9-11
    3 पदहरू
    70%

    9अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,

    10उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।

    11तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्‍नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।

  • 7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

  • 16तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।

  • 19यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ ।

  • 18संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”

  • 14त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तैंले यसो भनेको हुनाले हेर, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगोजस्तो हुनेछ, र यी मानिसहरू दाउराजस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्ने छ ।

  • 9तपाईंको क्रोधको दिनमा, आगोको भट्टीमा झैं तपाईंले तिनीहरूलाई जलाउनुहुन्छ । परमप्रभुले आफ्‍नो क्रोधमा तिनीहरूलाई भस्मा पार्नुहुनेछ र आगोले तिनीहरूलाई सखाप पार्नेछ ।

  • 8चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।

  • 9उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो र उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो । यसले कोइलाहरू सल्किए ।

  • 11त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्‍तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्‍ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें ।

  • 21त्यसको सासले कोइलालाई बालिदिन्छ । त्यसको मुखबाट आगो निस्कन्छ ।

  • 5सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।

  • 16उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।

  • 3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।

  • 27त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ ।

  • 8उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्‍यो ।

  • 15जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।

  • 4तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।

  • 2मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।

  • 11आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्‍याइनेछैन’ ।”