प्रकाशको पुस्तक 2:1

अनलक शाब्दिक बाइबल

¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 1:16 : 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
  • प्रका 1:20 : 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”
  • प्रका 1:11-13 : 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।” 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ । 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
  • प्रका 3:1 : 1 ¶ “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
  • प्रका 3:7 : 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
  • प्रका 3:14 : 14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
  • मत्त 18:20 : 20 किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।”
  • प्रका 2:8 : 8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
  • प्रका 2:12 : 12 “पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।
  • प्रका 2:18 : 18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
  • मत्त 28:20 : 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु ।”
  • यूह 5:35 : 35 यूहन्‍ना बोलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
  • यहे 28:13-14 : 13 परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए । 14 मानिसहरूका सुरक्षा गर्न मैले तँलाई करूबलाई झैं अभिषेक गरेर मैले तँलाई परमेश्‍वरको पवित्र डाँडामा राखें । अग्‍निमय पत्‍थरहरूका बिचमा तँ थिइस्‌, जहाँ तँ हिंड्‍थिस् ।
  • प्रका 8:10-12 : 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे । 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
  • प्रका 12:1 : 1 ¶ स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 1:19-20
    2 पदहरू
    87%

    19त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।

    20मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”

  • प्रका 3:1-2
    2 पदहरू
    81%

    1¶ “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।

    2उठ र जाग अनि मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, तर यो मर्नै लागेको छ, किनकि मैले मेरा परमेश्‍वरको दृष्‍टिमा तिम्रा कामहरू पुरा भएको पाएको छैनँ ।

  • प्रका 2:2-8
    7 पदहरू
    79%

    2तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ ।

    3मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।

    4तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छः तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।

    5यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्‍चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्‍चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।

    6तर तिमीमा यो छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।

    7मण्डलीहरूलाई आत्माले के भन्‍नुहुन्छ, जसको कान छ त्यसले सुनोस् । जसले जित्छ, त्यसलाई म जीवनको रुखबाट खाने अनुमति दिनेछु जुनचाहिँ परमेश्‍वरको स्वर्गलोक हो’ ।”

    8“स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।

  • प्रका 1:16-17
    2 पदहरू
    78%

    16उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।

    17जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।

  • प्रका 2:17-20
    4 पदहरू
    77%

    17जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ । जसले जित्छ, उसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म उसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन’ ।”

    18“थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।

    19तिम्रो प्रेम, विश्‍वास, सेवा, तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्‍वका छन् ।

    20तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः जसले आफैँलाई अगमवादिनी भन्‍ने स्‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसका शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक पाप गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।

  • प्रका 1:11-13
    3 पदहरू
    77%

    11“त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”

    12कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।

    13सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।

  • प्रका 2:28-29
    2 पदहरू
    76%

    28मैले मेरा पिताबाट प्राप्‍त गरेजस्तै उसलाई म बिहानको तारा दिनेछु ।

    29जसको कान छ उसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ’ ।”

  • प्रका 2:11-13
    3 पदहरू
    75%

    11आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ त्यसले सुनोस् । विजय प्राप्‍त गर्नेलाई दोस्रो मृत्युद्वारा चोट पुर्‍याइनेछैन’ ।”

    12“पर्गाममको मण्डलीका दूतलाई लेखः ‘यो वचन दुई-धारे धारिलो तरवार साथमा हुनुहुनेको हो ।

    13मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिरखेका छौ । अनि शैतान बस्‍ने ठाउँमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको विश्‍वासलाई इन्कार गरेनौ ।

  • प्रका 3:6-8
    3 पदहरू
    74%

    6आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ, जसको कान छ, उसले सुनोस्’ ।”

    7“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।

    8तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अगि मैले खुला ढोका राखिदिएको छु र त्यसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्‍ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।

  • प्रका 3:13-15
    3 पदहरू
    72%

    13मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस्’ ।”

    14“लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।

    15मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न तातो न चिसो छौ । तिमी कि त तातो वा चिसो भएको म चाहन्थेँ ।

  • प्रका 1:1-4
    4 पदहरू
    72%

    1¶ परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनुभई उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।

    2परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।

    3अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।

    4यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,

  • 2तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।

  • 16म येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका यी कुराहरूबारे गवाहीको निम्ति पठाएको छु । म दाऊदको वंश र मुल, बिहानको चम्किलो तारा हुँ ।”

  • 2त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।

  • 2तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।

  • 22मण्डलीहरूलाई आत्माले के भन्दै हुनुहुन्छ, जसको कान छ उसले सुनोस् ।”

  • 25जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीले यसलाई दरिलोसँग पक्री राख ।

  • 2जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,

  • 6स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”

  • प्रका 5:1-2
    2 पदहरू
    69%

    1¶ तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ ।

    2“यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।

  • 19मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्‍चात्ताप गर र इमानदार होऊ ।

  • 7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

  • 5तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्‍वीमा उभिरहेको स्वर्गदूतलाई देखेँ ।

  • 4यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।

  • 10तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु ।