जकरिया 4:2

अनलक शाब्दिक बाइबल

तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 4:5 : 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।
  • प्रका 1:12 : 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
  • यिर्मि 52:19 : 19 राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।
  • जक 5:2 : 2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”
  • मत्त 5:14-16 : 14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन । 15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ । 16 मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
  • प्रका 1:20-2:1 : 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।” 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
  • निर्ग 25:31-38 : 31 पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ । 32 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् । 33 पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् । 34 सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् । 35 एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् । 36 तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् । 37 तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू । 38 चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ ।
  • निर्ग 37:17-24 : 17 तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए । 18 यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी छवटा हाँगा बाहिरतिर निस्केका थिए । 19 पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए । सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए । 20 सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए । 21 सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए । 22 तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए । 23 बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए । 24 तिनले सामदान र यसका सबै सामान करिब चौँतिस किलोग्राम सुनबाट बनाए ।
  • निर्ग 40:24-25 : 24 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे । 25 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।
  • १ राजा 7:49-50 : 49 निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू । 50 सोलोमनले गिलासहरू, सलेदाका चिम्टाहरू, बाटाहरू, चम्चाहरू र धुपोराहरू पनि बनाए र यी सबै निखुर सुनका थिए । तिनले भित्री कोठा (अर्थात् महा-पवित्रस्थान) का ढोकाहरू र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका निम्ति सुनका खोपिल्टाहरू पनि बनाए ।
  • १ इति 28:15 : 15 सबै सुनका सामानहरूको निम्ति सुनको तौल, सामदान र तिनका दियाहरूका निम्‍ति, हरेक सामदानका निम्ति सुनको तौल, चाँदीका सामदान र तिनका दियाहरूका निम्‍ति सेवामा प्रयोग गरेअनुरूप चाहिंदो तौल तोकिदिए ।
  • २ इति 4:7 : 7 दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।
  • २ इति 4:20-22 : 20 सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्‍थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए । 21 र फूलहरू, बत्तीहरू र असल सुनका चिम्‍टाहरू पनि निखुर सुनले बनाइएका थिए । 22 सलेदाका चिम्‍टाहरू, बाटाहरू, चम्‍चाहरू र धुपौराहरू पनि निखुर सुनले बनाइएका थिए । मन्‍दिरका सुनका ढोकाहरू र महा-पवित्रस्‍थानमा पस्‍ने भित्रका ढोकाहरू र मन्‍दिरको मुख्‍य ढोकाहरू सुनले बनाइएका थिए ।
  • २ इति 13:11 : 11 तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।
  • यिर्मि 1:11-13 : 11 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।” 12 परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले राम्ररी देखेको छस्, किनकि आफ्‍नो वचन पुरा गर्नलाई म त्‍यसलाई नियालेर हेर्दैछु ।” 13 परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • जक 4:3-5
    3 पदहरू
    87%

    3बटुकोको दाहिनेपट्टि एउटा जैतूनको रूख र देब्रेपट्टि अर्को जैतूनको रूख रहेका छन् ।”

    4अनि मसँग कुरा गरिरहेका स्वर्गदूतसँग मैले फेरि भनें, “मेरा मालिक, यी कुराहरूको अर्थ के हो?”

    5मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”

  • 1¶ त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए ।

  • जक 4:11-14
    4 पदहरू
    83%

    11त्यसपछि मैले स्वर्गदूतलाई सोधें, “सामदानको दाहिने र देब्रेपट्टि रहेका जैतूनका यी दुइ रूखहरू के हुन्?”

    12मैले फेरि तिनलाई सोधें, “सुनको तेल बगरहने यी दुइ सुनका नलीहरूका छेउमा भएका जैतूनका यी दुइ हाँगाहरू के हुन्?”

    13अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्‍ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”

    14अनि तिनले भने, “यी दुइ नयाँ जैतूनकोतेलका छोराहरू हुन् जो सारा पृथ्वीका परमप्रभुको अगि खडा हुन्छन् ।”

  • प्रका 1:12-13
    2 पदहरू
    81%

    12कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।

    13सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।

  • निर्ग 37:17-23
    7 पदहरू
    77%

    17तिनले यी सबै निखुर सुनले बनाए । तिनले पिटेको निखुर सुनबाट सामदान बनाए । तिनले यसको आधार र डन्डा हुने गरी सामदानलाई बनाए । यसका कचौरा, कोपिला र फुलहरू सबै एउटै टुक्राबाट बनाइएका थिए ।

    18यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी छवटा हाँगा बाहिरतिर निस्केका थिए ।

    19पहिलो हाँगामा हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए, अनि अर्को हाँगामा पनि हाडे-बदामका फुलजस्ता तिनवटा कचौरा, कोपिला र फुलहरू थिए । सामदानबाट बाहिरतिर निस्केका छवटै हाँगा उस्तै थिए ।

    20सामदानको बिचको डन्डामा हाडे-बदाममा चारवटा कचौरा, आ-आफ्ना कोपिला र फुलहरू थिए ।

    21सामदानबाट निस्केका छवटा हाँगामध्ये पहिलो जोडी हाँगामुनि एउटा कोपिला, दोस्रो जोडी हाँगामुनि दोस्रो कोपिला र तेस्रो जोडी हाँगामुनि तेस्रो कोपिला थियो । सामदानबाट बाहिरतिर निस्केका सबै छवटै हाँगामा उस्तै थिए ।

    22तिनीहरूका कोपिला र हाँगाहरू सबै एउटै निखुर सुनको टुक्रा पिटेर बनाइएका थिए ।

    23बजलेलले सामदान, यसका सातवटा दिया, यसको चिम्टा र मोसोदानी निखुर सुनबाट बनाए ।

  • 4यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा परमेश्‍वरको अगि उभिएका थिए ।

  • निर्ग 25:31-37
    7 पदहरू
    76%

    31पिटेको निखुर सुनबाट एउटा सामदान बनाउनू । आधार र बिँडसहित यसलाई बनाउनू । यसका कचौराहरू, कोपिला र फुलहरू सबै नै एउटै टुक्राबाट बनाइनुपर्छ ।

    32यसको एकापट्टिबाट तिनवटा हाँगा र अर्कोपट्टिबाट तिनवटा हाँगा गरी जम्मा छवटा हाँगा बाहिरतिर निस्केका होऊन् ।

    33पहिलो हाँगामा हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । त्यस्तै अर्को हाँगामा पनि हाडेबदामका फुलजस्ता तिनवटा कचौरासाथै कोपिला र फुल होऊन् । सामदानबाट बाहिर निस्कने सबै छवटा हाँगामा उस्तै होऊन् ।

    34सामदान र बिचको बिँडमा हाडेबदामका फुलजस्ता चारवटा कचौरा आ-आफ्नै कोपिला र फूलसमेत होऊन् ।

    35एउटै टुक्राको रूपमा पहिलो जोडी हाँगामुनि एउटा कोपिला र एउटै टुक्राको रूपमा दोस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । त्यसै गरी, एउटै टुक्राको रूपमा तेस्रो जोडी हाँगामुनि एउटा कोपिला होस् । सामदानबाट बाहिर निस्केका सबै छवटै हाँगा उस्तै होस् ।

    36तिनीहरूका कोपिला र हाँगाहरू सबै पिटेको निखुर सुनको एउटा टुक्राबाट बनेका होऊन् ।

    37तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्‍नू ।

  • 20मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।”

  • 4सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्‍पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो ।

  • जक 5:5-6
    2 पदहरू
    74%

    5त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”

    6मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।”

  • 37निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,

  • 2“हारूनलाई भन् । 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ ।'

  • 20सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्‍थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।

  • 9मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”

  • 27मैले उहाँको कम्‍मरदेखि मास्‍तिर जल्‍दो धातुजस्‍तै भएको एउटा आकृति देखें । उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालोले घेरिराखेको थियो ।

  • 2तब मैले हेरें, र हेर, त्यहाँ मानिसको रूप भएको आकार थियो। तिनको कम्‍मरमुनि आगोजस्‍तो थियो । अनि तिनको कम्‍मरदेखि माथिचाहिं चम्किरहेको धातुजस्‍तो देखिन्‍थ्‍यो ।

  • 5मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।

  • 7दिइएको ढाँचाबमोजिम तिनले दश वटा सुनका सामदान बनाए । ती तिनले मन्‍दिरमा, पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि राखे ।

  • 5सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।

  • 1¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।

  • 49निखुर सुनका सामदानहरू जसलाई भित्री कोठाको दाहिनेपट्टि पाँचवटा र देब्रेपट्टि पाँचवटा गरी राखिन्थ्यो; फुलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्टाहरू ।

  • 14बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,

  • 2स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।”

  • 6मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।

  • 4तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्‍यहाँ इस्राएलका परमेश्‍वरको महिमा थियो ।

  • 9तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ ।

  • 3अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्‍थे । तिनको हातमा सूतीको डोरी र नाप्‍ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए ।

  • 2त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।

  • 4यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?”

  • 11परमप्रभुको वचन मकहाँ यसो भनेर आयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “हाडे-बदामको एउटा हाँगा म देख्छु ।”

  • 13परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्‍किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”