प्रकाशको पुस्तक 7:13
त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”
त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
15यसैकारणले गर्दा, तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
9यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्न नसक्ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।
10अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको हो ।”
11अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे,
12“आमेन । हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”
10तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?”
11तब तिनीहरू हरेकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका दाजुभाइहरू र दिदी-बहिनीहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई पर्खनू भनियो ।
6सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
12कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
13सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
14उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखा आगोको ज्वालाजस्तै थिए ।
5तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
6मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् ।
7उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्नुभयो ।
8जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन् ।
13उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनुभएको थियो, र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्थ्यो ।”
14मलमलका सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेतो घोडामा उहाँलाई पछ्याइरहे ।
9मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
10ती असारे-फूलका रूखहरूबिचमा उभिरहेका मानिसले जवाफ दिए, “यी तिनै हुन् जसलाई परमप्रभुले पृथ्वीभरि घुमफिर गर्नको निम्ति पठाउनुभएको छ ।”
9जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्काहरू बलिरहने आगो थियो ।
13त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो ।
1¶ मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
2मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो ।
3धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो ।
4यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् ।
5तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
14ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
1¶ यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
4यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?”
7हामी आनन्दित होऔँ र खुसी मनाऔँ, र उहाँलाई महिमा दिऔँ किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, उहाँकी दुलहीले आफैँलाई तयार बनाएकी छन् ।”
8तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
9स्वर्गदूतले मलाई भने, “यो लेखः ‘थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।’ उनले मलाई यो पनि भने, ‘यी परमेश्वरका सत्य वचन हुन् ।’
16त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्वरको उपस्थितिमा घोप्टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्वरको आराधना गरे ।
9अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्नी दुलही देखाउनेछु ।”
11तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।
12तिनीहरूले चर्को सोरमा यसो भने, “शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”
13मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः प्रभुमा मर्नेहरू धन्यका हुन् ।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामले तिनीहरूलाई पछ्याउनेछन् ।”
14मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो ।
7वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
4त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरिएर बसेका थिए ।
16त्यहाँ खडा भएकामध्ये एक जनाको नजिक म गएँ र यी कुराहरूको अर्थ मलाई देखाउनलाई मैले तिनलाई बिन्ती गरें ।
10चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
4तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् ।
5जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
5अनि येशू ख्रीष्टबाट, जो विश्वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।
1¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
15ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
13अनि तिनले मलाई भने, “के तिमीलाई यी कुराहरू के हुन् भन्ने थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”