प्रकाशको पुस्तक 9:12

अनलक शाब्दिक बाइबल

पहिलो विपत्ति बितिहाल्यो । हेर, यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 11:14 : 14 दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।
  • प्रका 8:13-9:2 : 13 अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।” 1 ¶ त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो । 2 त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।
  • प्रका 9:13-21 : 13 छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने । 14 तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।” 15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए । 16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ । 17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे । 18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो । 19 किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए । 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्‍न, सुन्‍न वा हिँड्न नसक्‍ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्; 21 न त तिनीहरूले गरेको हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14दोस्रो विपत्ति बितिगयो । हेर, तेस्रो विपत्ति चाँडै आउँदै छ ।

  • प्रका 9:9-11
    3 पदहरू
    79%

    9तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।

    10तिनीहरूका पुच्‍छर र खिल बिच्छीका जस्तै थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मनिसहरूलाई हानि गर्ने शक्‍ति थियो ।

    11गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रिक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो ।

  • प्रका 8:12-13
    2 पदहरू
    77%

    12चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।

    13अनि मैले हेरेँ, र आकाशको बिचमा उडिरहेको एउटा गरुड ठुलो सोरमा यसो भन्दै कराइरहेको सुनेँ, “बाँकी रहेका तिन स्वर्गदूतले फुक्‍नै आँटेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍ने मानिसहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”

  • प्रका 9:13-16
    4 पदहरू
    76%

    13छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुने ।

    14तुरही बोक्‍ने छैठौँ स्वर्गदूतलाई आवाजले यसो भन्यो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”

    15मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।

    16घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ ।

  • प्रका 9:1-3
    3 पदहरू
    70%

    1¶ त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो ।

    2त्यसले अतल कुण्ड खोल्यो, अनि त्यस कुण्‍डबाट धुवाँको मुस्लोजस्तो माथि गइरहेको थियो । त्यसले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।

    3धुवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए । अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो ।

  • 5तिनीहरूलाई पाँच महिना मात्र यातना दिनू, तर ती मानिसहरूलाई नमार्नू भन्‍ने अनुमति दिइयो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।

  • 12त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।

  • प्रका 17:10-11
    2 पदहरू
    69%

    10तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।

    11त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्‍ये त्यो एक हो, तर त्यो नष्‍ट हुन गइरहेको छ ।

  • 1¶ तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।

  • प्रका 14:8-9
    2 पदहरू
    68%

    8अर्को दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले त्यसको अनैतिक कुवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”

    9अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,

  • प्रका 18:1-2
    2 पदहरू
    68%

    1¶ यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्‍ति थियो, र उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो ।

    2उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे ।

  • 7जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।

  • प्रका 17:7-8
    2 पदहरू
    68%

    7तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।

    8तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।

  • प्रका 16:1-2
    2 पदहरू
    68%

    1¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्‍वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”

    2पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।

  • 3त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।

  • प्रका 9:18-19
    2 पदहरू
    67%

    18तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको यी विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भागलाई मारियो ।

    19किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए ।

  • प्रका 13:11-12
    2 पदहरू
    67%

    11तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।

    12त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।

  • 10तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”

  • 7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

  • 1¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।

  • 2जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,

  • 2“ए मानिसको छोरो, यो अगमवाणी गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विलाप गर्, “आउने दिनको निम्ति हाय।”

  • 10पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्‍टमा आ-आफ्नो जिब्रो चपाए ।

  • प्रका 6:7-8
    2 पदहरू
    66%

    7जब थुमाले चौथो छापलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनेँ ।

    8तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो ।

  • 9अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”

  • 10उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्‍यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्‍यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।

  • 8त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”

  • यहे 7:5-6
    2 पदहरू
    65%

    5परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः विपत्ति! विशेष विपत्ति! हेर्, त्‍यो आउँदैछ ।

    6अन्‍त्‍यचाहिं साँच्‍चै नै आउँदैछ । अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ!

  • 2त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखेँ, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।

  • 6डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।

  • 11तर साँढे तिन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछ ।

  • 9यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”

  • 6तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।