रोमीहरू 16:20

अनलक शाब्दिक बाइबल

शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 3:15 : 15 तेरो र स्‍त्रीबिच, अनि तेरो सन्तान र स्‍त्रीको सन्तानबिच म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुल्चनेछ, र तैँले त्यसको कुर्कुच्‍चा डस्‍नेछस् ।”
  • रोमी 15:33 : 33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!
  • लू 10:19 : 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन ।
  • १ थेस 5:28 : 28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।
  • २ थेस 3:18 : 18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।
  • २ कोरि 13:14 : 14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
  • जक 10:5 : 5 युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।
  • १ यूह 3:8 : 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
  • प्रका 22:21 : 21 प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।
  • १ कोरि 16:23 : 23 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
  • प्रका 20:1-3 : 1 ¶ तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे । 3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।
  • मल 4:3 : 3 त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • रोमी 8:37 : 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
  • अय्यू 40:12 : 12 हरेक अहङ्कारीलाई हेर अनि उसलाई तल झार् । दुष्‍ट मानिसहरू खडा भएकै ठाउँमा तिनीहरूलाई कुल्‍ची ।
  • गलाती 6:18 : 18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।
  • फिलि 4:23 : 23 प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।
  • २ तिमो 4:22 : 22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।
  • फिले 1:25 : 25 हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।
  • इब्रा 2:14-15 : 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
  • रोमी 16:23 : 23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
  • १ कोरि 16:2-4 : 2 हप्‍ताको पहिलो दिन तिमीहरूको दक्षताअनुसार हरेकले केही जम्मा गरेर एक ठाउँमा भेला गर, ताकि म आउँदा भेटी उठाउन नपरोस् । 3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका व्यक्‍तिको हातमा पत्र लेखेर तिमीहरूको भेटीलाई यरूशलेममा पठाइदिनेछु । 4 र म पनि जानको निम्ति उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
  • यशा 25:8-9 : 8 उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ । 9 त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं । 10 किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ 11 पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ । 12 तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।
  • यशा 63:3 : 3 मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ ।
  • प्रका 12:10 : 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 19किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु ।

  • 21मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

  • रोमी 16:24-25
    2 पदहरू
    73%

    24[नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।

    25अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ,

  • रोमी 15:32-33
    2 पदहरू
    73%

    32प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।

    33शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!

  • २ थेस 3:16-18
    3 पदहरू
    73%

    16शान्तिका परमेश्‍वर आफैँले तिमीहरूलाई सदासर्वदाका लागि शान्ति प्रदान गरून् ।

    17यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्‍ने चिन्ह हो ।

    18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।

  • 25हाम्रा येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।

  • 23प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।

  • 22प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।

  • १ कोरि 16:23-24
    2 पदहरू
    72%

    23हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।

    24ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ ।

  • 18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।

  • 25तिमीहरू सबैसँग अनुग्रह रहोस् ।

  • 13अब भरोसाका परमेश्‍वरले विश्‍वास गर्नको निम्ति तिमीहरूलाई आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू भरोसामा प्रशस्त होऊन् ।

  • 21प्रभु येशूको अनुग्रह हरेकसँग रहोस् । आमेन ।

  • 28हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।

  • 2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।

  • 12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • 11अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।

  • 15आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर ।

  • एफिसी 6:23-24
    2 पदहरू
    69%

    23परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।

    24कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।

  • २ कोरि 13:13-14
    2 पदहरू
    69%

    13सबै विश्‍वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

    14प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।

  • 2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।

  • 14प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।

  • 15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।

  • 3परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

  • 14तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ ।

  • 2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 3हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 1¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।

  • 28र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।

  • १ कोरि 16:20-21
    2 पदहरू
    67%

    20सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।

    21म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।

  • 21ख्रीष्‍ट येशूमा भएका हरेक विश्‍वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

  • 3परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,

  • रोमी 1:7-8
    2 पदहरू
    67%

    7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।

    8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ ।

  • 9जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्‍त गर्‍यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ ।

  • 2हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 16अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,

  • 19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

  • 27एक मात्र बुद्धिमान्‌ परमेश्‍वरलाई, येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् । आमेन!

  • 30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।

  • 16एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।

  • 21उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।