रोमीहरू 7:3

अनलक शाब्दिक बाइबल

त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 5:32 : 32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
  • मर 10:6-9 : 6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍त्री बनाउनुभयो ।’ 7 यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्‍नीसँग लागिरहन्छ, 8 र दुई जना एउटै शरीर हुन्छन् ।’ त्यसैले, तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन् । 9 त्यसकारण, जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।” 10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।” 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ । 12 र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
  • यूह 8:3-5 : 3 शास्‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे । 4 [नोटः यूहन्‍ना ७:५३-८:११ को टिप्‍णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे । 5 व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्‍नुहुन्छ?”
  • १ तिमो 5:11-14 : 11 तर जवान बिधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् । 12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् । 13 तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् । तिनीहरूल भन्‍न नहुने कुरा भन्छन् । 14 यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।
  • निर्ग 20:14 : 14 कसैसित व्यभिचार नगर्नू ।
  • लैव्य 20:10 : 10 अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
  • गिन 5:13-31 : 13 त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे । 14 त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्‍नी अशुद्ध भएकी छे भन्‍ने डाहको आत्माले थाहा देला । तथापि पत्‍नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला । 15 यस अवस्थामा त्यो मानिसले आफ्नी पत्‍नीलाई पुजारीकहाँ ल्याउनुपर्छ । पतिले त्यसको तर्फबाट आवश्यक पर्ने बलिदान अर्थात् आधा पाथी जौको पिठो ल्याउनुपर्छ । उसले यसमा तेल हाल्नुहुँदैन र कुनै सुगन्धित मसला हाल्नुहुँदैन, किनभने यो डाहको अन्‍नबलि अर्थात् अपराध याद दिलाउनेको चढाइएको अन्‍नबलि हो । 16 पुजारीले त्यस स्‍त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्‍नुपर्छ । 17 पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ । 18 पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्‍नबलिलाई त्यसको हातमा राख्‍नेछ, जुन सन्देहको अन्‍नबलि हो । 19 पुजारीले श्राप ल्याउन सक्‍ने तितो पानीलाई त्यसको हातमा राख्‍नेछ । पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्‍त हुनेछस् । 20 तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने, 21 (पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्‍ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परप्रभुले तेरो जाँघ सुक्‍ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् । 22 श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्‍ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ । 23 पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ । 24 पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ । 25 पुजारीले महिलाको हातबाट डाहको अन्‍नबलि लिनुपर्छ । उसले परप्रभुको सामु अन्‍नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ । 26 पुजारीले अन्‍नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ । 27 त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ । त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्‍नेछ । त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ । 28 तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्‍ने छे । 29 डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो । 30 आफ्नी पत्‍नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ । 31 पुरुष आफ्‍नी पत्‍नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्‍त हुनेछ । महिलाले त्यसको कुनै पनि दोष भोग्‍नुपर्छ ।”
  • व्यव 22:22-24 : 22 कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन् । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू । 23 कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने 24 दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू । सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू । आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू । यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू ।
  • रूत 2:13 : 13 तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”
  • १ शमू 25:39-42 : 39 जब नाबाल मर्‍यो भन्‍ने दाऊदले सुने, तिनले भने, “परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्‍ट कामलाई उसैको आफ्‍नै शिरमा खन्‍याउनुभएको छ ।” तब दाऊदले अबीगेललाई आफ्‍नी पत्‍नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए । 40 जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्‍नो पत्‍नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।” 41 उनी उठिन्, आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।” 42 अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्‍ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्‍नी भइन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 7:1-2
    2 पदहरू
    93%

    1¶ भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्‍नेहरूसित बोल्दै छु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍त्रण गर्छ?

    2किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।

  • १ कोरि 7:38-40
    3 पदहरू
    87%

    38त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।

    39स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।

    40तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म विचार गर्दछु ।

  • रोमी 7:4-7
    4 पदहरू
    84%

    4त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।

    5किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।

    6तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो ।

    7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

  • १ कोरि 7:8-16
    9 पदहरू
    79%

    8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।

    9तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।

    10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

    12तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।

    13यदि पत्‍नीसँग अविश्‍वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्‍ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् ।

    14किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।

    15तर यदि अविश्‍वासी जीवन साथी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन । परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको छ ।

    16स्‍त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि?

  • मर 10:11-12
    2 पदहरू
    78%

    11उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ, उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।

    12र यदि तिनले आफ्नो पतीसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”

  • १ कोरि 7:27-29
    3 पदहरू
    78%

    27के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्‍नीको खोजी नगर ।

    28तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।

    29तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् ।

  • व्यव 24:1-3
    3 पदहरू
    77%

    1¶ आफूले बिहे गरेर ल्याएकी पत्‍नीमा कुनै खोट पाएकोले पुरुषले त्यसलाई त्याग्‍न चाह्यो भने त्यसले त्यागपत्र लेखेर उसको हातमा थमाइदिएर उसलाई आफ्नो घरबाट पठाओस् ।

    2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।

    3दोस्रो पतिले पनि त्यसलाई घृणा गरी त्यागपत्र लेखी त्यसको हातमा थमाइदिएर उसलाई घरबाट पठाइदियो वा दोस्रो पतिको पनि मृत्यु भयो भने

  • 18प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ र जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।

  • 2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।

  • मत्त 22:25-26
    2 पदहरू
    74%

    25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।

    26त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौँ भाइसम्म यस्तै हुँदै गयो ।

  • 4आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्छ ।

  • 6तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।

  • 33यसकारण, मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”

  • १ कोरि 7:33-34
    2 पदहरू
    73%

    33तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।

    34ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।

  • 9म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ । र जुन मानिसले त्यस त्यागिएकी स्‍त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ ।”

  • 36कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।

  • 23पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्‍नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्‍नीको रूपमा लिए ।

  • मत्त 5:31-32
    2 पदहरू
    73%

    31यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, उसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’

    32तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।

  • 28अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍त्री कुन चाहिँको पत्‍नी हुन्छे? किनकि तिनीहरू सबैले ऊसँग विवाह गरिसकेका छन् ।”

  • 9तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।

  • 7तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?”

  • 13त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।

  • 20तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,

  • 29सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो

  • 29डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।

  • 7जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिन्छ ।

  • 16वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुन्‍छन् ।”

  • 11तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।