जकरिया 9:7

अनलक शाब्दिक बाइबल

किनकि म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु । तिनीहरू हाम्रा परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू, यहूदाको एउटा कुलझैँ हुनेछन्, र एक्रोन यबूसीजस्तै हुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 17:34-36 : 34 तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो, 35 म त्यसलाई लखेट्थें र त्यसलाई आक्रमण गर्थें र त्यसको मुखबाट यसलाई छुटकारा दिन्थें । जब त्यो मेरो विरुद्ध आइलाग्थ्यो, मैले त्यसको दाह्रीमा समातेर त्यसलाई प्रहार गर्थें र मार्थें । 36 तपाईंको दासले सिंह र भालु दुवै मारेको छ । यो पलिश्ती पनि तिनीहरूमध्ये एउटाझैं हुनेछ, किनभने यसले जीवित परमेश्‍वरको फौजलाई चुनौती दिएको छ ।”
  • २ शमू 24:16-23 : 16 जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए । 17 अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।” 18 अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् ।” 19 जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो, त्‍यसरी नै दाऊद माथि गए । 20 अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे । 21 तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्‍नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।” 22 अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्‍यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् । 23 यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”
  • १ इति 11:4-6 : 4 दाऊद र सारा इस्राएल यरूशलेममा (अर्थात् यबूसमा) गए । यति बेला त्‍यस देशका बसिन्‍दा यबूसीहरू त्‍यहाँ थिए । 5 यबूसका बसिन्‍दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्‍यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्‍ला अर्थात् दाऊदको सहरलाई लिए । 6 दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्‍दा पहिले आक्रमण गर्छ त्‍यो नै मुखिया र कमान्‍डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्‍दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
  • १ इति 21:15-22:1 : 15 परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो । तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो । ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए । 16 दाऊदले मास्‍तिर हेरे र परमप्रभुका स्‍वर्गदूतले आफ्‍नो हातमा नाङ्गो तरवार लिएर यरूशलेममाथि ताकेर आकाश र पृथ्‍वीका बीचमा खडा भएको देखे । तब भाङ्‌ग्रा लागाएका दाऊद र धर्म-गुरुहरू भूइँमा घोप्‍टो परे । 17 दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।” 18 यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने । 19 यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए । 20 अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए । 21 दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके । 22 तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।” 23 अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।” 24 दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु । तिम्रो जे छ त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन ।” 25 यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का तिरे । 26 दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो । 27 तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो र स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे । 28 जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए । 29 त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए । 30 तापनि परमप्रभुको अगुवाइ माग्‍न दाऊद त्‍यहाँ जान सकेनन्, किनकि ती स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए । 1 ¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”
  • भजन 3:7 : 7 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।
  • भजन 58:6 : 6 हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
  • यशा 11:12-14 : 12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ । 13 उहाँ एफ्राइमको ईर्ष्यालाई उल्टाउनुहुनेछ र यहूदाको शत्रुताहरू नाश पार्नुहुनेछ । एफ्राइमले यहूदाको इर्ष्या गर्नेछैन र यहूदा एफ्राइमको शत्रु हुनेछैन । 14 बरु, तिनीहरूले पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्‍मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन् ।
  • यशा 19:23-25 : 23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् । 24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्‌मा तेस्रो हुनेछ । 25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्‍नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”
  • यशा 49:22-23 : 22 परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्छ, “हेर्, जातिहरूतिर म आफ्‍नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्‍नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा र तेरी छोरीहरूलाई आफ्‍ना काँधमा बोकेर ल्याउनेछन् । 23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्‍ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् ।”
  • यशा 60:14-16 : 14 तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् । 15 तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु । 16 तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।
  • यिर्मि 48:47 : 47 तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो । मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ ।
  • यिर्मि 49:6 : 6 तर यसपछि म अम्मोनका मानिसहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”
  • यिर्मि 49:39 : 39 र यस्‍तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु— यो परमप्रभुको घोषणा हो ।”
  • यहे 16:57-61 : 57 तेरो दुष्‍टता प्रकट हुनुअघि । तर अहिले तँ एदोमका छोरीहरू र त्‍यसका वरिपरिका पलिश्‍तीहरूका छोरीहरूका बिचमा गिल्लाको पात्र बनेको छस् । मानिसहरूले तँलाई घृणा गर्छन् । 58 तैंले आफ्नो निर्लज्‍जता र घृणित व्यवहार देखाउनेछस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 59 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ । 60 तर तेरो जवानीको दिनमा मैले तँसित बाँधेको करारलाई म सम्झनेछु, र तँसँग म सदासर्वदाको करार गर्नेछु । 61 तब तैंले आफ्‍ना चालहरू सम्‍झनेछस्‌ र दिदी-बहिनीहरू दुवैलाई तैंले ग्रहण गर्दा लज्‍जित हुनेछस् । ती म तँलाई छोरीहरूका रूपमा दिनेछु, तर तेरो करारको कारणले चाहिं होइन ।
  • आमो 3:12 : 12 परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”
  • जक 8:23 : 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • गलाती 3:28 : 28 अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्‍का, न पुरुष छ न स्‍त्री, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • जक 9:5-6
    2 पदहरू
    80%

    5अश्कलोनले त्यो देख्‍नेछ र डराउनेछ! गाजा पनि थर-थर काँप्नेछ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन!

    6अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु ।

  • 8अश्‍दोदमा बस्‍ने मानिस, र अश्‍कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।

  • 8शत्रुका सेनाहरूको विरुद्ध म मेरो भूमिवरिपरि छाउनी लगाउनेछु, ताकि त्यहाँबाट न त कोही छिरोस् वा निस्कोस्, किनकि कोही अत्याचारीले पनि तिनीहरूलाई कुल्चनेछैन, किनभने म मेरै आँखाले नजर लगाउनेछु!

  • 7मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।

  • 32त्यसै दिन त्यो नोबमा रोकिनेछ र सियोनका छोरीको पर्वत र यरूशलेमका पहाडहरूतिर आफ्नो मुक्‍का हल्‍लाउनेछ ।

  • 4किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ ।

  • जक 12:5-7
    3 पदहरू
    69%

    5अनि यहूदाका अगुवाहरूले आफ्ना हृदयमा यस्तो भन्‍नेछन्, ‘सेनाहरूका परमप्रभु, तिनीहरूका परमेश्‍वरको कारण यरूशलेमका वासिन्दाहरू हाम्रो बल भएका छन् ।’

    6त्यस दिन म यहूदाका अगुवाहरूलाई दाउराको बिचको आगोको मकलझैँ र बिटाहरूको बिचमा बलिरहेको राँकोझैँ तुल्याउनेछु, किनकि तिनीहरूले वरिपरिका सबै मानिसहरूलाई आफ्नो दाहिने र देब्रेपट्टि सखाप पार्नेछन् । यरूशलेम फेरि आफ्नै ठाउँमा बस्‍नेछ ।”

    7दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।

  • 4किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।

  • 11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 14मैले आफ्‍ना मानिस इस्राएललाई उत्तराधिकारको रूपमा दिएको कुरामा प्रहार गर्ने मेरा सबै दुष्‍ट छिमेकीका विरुद्धमा परमप्रभु यसो भन्‍नुहुन्छ, “हेर, तिनीहरूको आफ्नै भूमिबाट जरैदेखि तिनीहरूलाई उखेल्ने लागेको मैले नै हो र यहूदाको घरानालाई म तिनीहरूका बिचबाट माथि तान्‍नेछु ।

  • 7म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।

  • 31किनकि यरूशलेमबाट बाँकी रहेको एउटा भाग आउनेछ, सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोसले यो गर्नेछ ।

  • नहू 1:14-15
    2 पदहरू
    68%

    14निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।”

    15हेर, असल समाचार ल्याउनुहुने, र शान्ति घोषणा गर्नुहुनेका पाउ पर्वतहरूमा छन् । यहूदा, आफ्ना चाडहरू मनाओ, र आफ्ना प्रतिज्ञाहरू पुरा गर, किनकि दुष्‍टले अब तँलाई आक्रमण गर्नेछैन, त्यो पूर्णरूपमा नाश भएको छ ।

  • 7तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।

  • 3त्यसको न्यायकर्तालाई म नष्‍ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 7यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'

  • 21मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ ।”

  • 20तब मैले तिनीहरूलाई दिएको मेरो देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु । मेरो नाउँ रहनलाई मैले अलग गरेको यस मन्‍दिरलाई म त्‍याग्‍नेछु, र सबै मानिसका बिचमा म त्‍यसलाई एउटा उखान र गिल्‍लाको पात्र बनाउनेछु ।

  • 1¶ मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्‍नुभयो, “स्तम्भहरूका टुप्‍पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्‍ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्‍ये एक जना पनि निस्‍कनेछैनन्, तीमध्‍ये एक जना पनि भाग्‍नेछैन ।

  • 9“त्यसदिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई म सर्वनाश गर्न थाल्नेछु ।

  • 8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

  • 9अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।

  • 16यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर्, पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।

  • 18तब तिनीहरू त्‍यहाँ जानेछन्‌ र त्‍यो ठाउँबाट हरेक घृणित र घिनलाग्‍दा कुराहरू हटाउनेछन्‌ ।

  • 6किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।

  • 19याकूबबाट एउटा राजा आउने छ जसले शासन गर्ने छ र तिनले तिनीहरूका सहरहरूका बाँचेकाहरूलाई नष्‍ट पार्ने छन् ।”

  • 7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।

  • 32किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।”

  • 8याकूबका बाँकी रहेकाहरू राष्‍ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।

  • 10त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।

  • 7सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।

  • 30गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ ।

  • 11त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, तिमीहरूमाथि विपत्ति ल्याउन र सारा यहूदालाई नष्‍ट गर्न मैले आफ्‍नो अनुहारलाई तिमीहरूबाट हटाउनै लागेको छु ।

  • 14मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्,

  • 22किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।

  • 10म आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु र तिनीहरूलाई म त्यहाँ राख्‍ने छु, ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् र फेरि समस्‍या नपरुन् । दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन् ।

  • 3सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।

  • 10अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!

  • 23त्‍यसपछि आफ्ना मूर्तिहरू, घिनलाग्दा कुराहरू, वा तिनीहरूका अरू कुनै पापहरूले तिनीहरूले आफूलाई अशुद्ध पार्नेछैनन् । किनकि तिनीहरूले पाप गरेका सबै विश्‍वासहीन कामहरूबाट म तिनीहरूलाई बचाउनेछु, र तिनीहरूलाई म शुद्ध पार्नेछु, ताकि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्‍वर हुनेछु ।

  • 24यसैले म सबैभन्‍दा दुष्‍ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌ ।

  • 4यहूदा र यरूशलेमका सबै वासिन्दाहरूमाथि म मेरो हात पसार्नेछु । यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई र पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु,

  • 9त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”

  • 16किनभने हेर्, म भूमिमा एउटा गोठालो नियुक्त गर्दैछु । त्यसले हराउँदै गरेको भेडाको वास्ता गर्नेछैन । हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।

  • 9“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।

  • 38त्यसपछि एलाममा म आफ्‍नो सिंहासन स्थापित गर्नेछु, र त्‍यहाँबाट त्‍यसका राजाहरू र अगुवाहरूलाई नष्‍ट पार्नेछु— यो परमप्रभुको घोषणा हो—