Vers 2
परमेश्वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्टको बारेमा यूहन्नाले गवाही दिएका छन् ।
Refererte vers
- Rev 12:17 : 17 त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
- John 19:35 : 35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् छन्, र तिमीहरूले विश्वास गर ।
- 1 Cor 1:6 : 6 ख्रीष्टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्टि भएको छ,
- Rev 1:9 : 9 म तिमीहरूका दाजु यूहन्ना र जसले राज्य र कष्टहरूमा धैर्यसाथै सहनशीलता जुन येशूमा थिए, तिमीहरूसँगै परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
- Rev 1:19 : 19 त्यसकारण, जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
- Rev 6:9 : 9 जब थुमाले पाँचौ छापलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका आत्माहरूलाई मैले देखेँ ।
- 1 John 1:1 : 1 ¶ सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्
- 1 John 5:7-9 : 7 किनकि गवाही दिनेहरू तिन छन्, 8 आत्मा, पानी र रगत अनि यी तिनै सहमत हुन्छन् । 9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ । 10 जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्वरलाई विश्वास गर्दैन, त्यसले उहाँलाई झुटो बनाएको छ, किनभने परमेश्वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्वास गरेको छैन । 11 अनि गवाही यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
- John 21:24 : 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्ने यिनै चेला हुन्, र हामी जान्दछौँ, कि तिनको गवाही सत्य छ ।
- Acts 26:16 : 16 अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ l
- Acts 4:20 : 20 किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
- Acts 22:15 : 15 किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ ।
- 1 Cor 2:1 : 1 ¶ भाइहरू हो, गुप्तमा रहेका परमेश्वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्ता र बुद्धिका साथमा आइनँ ।
- John 1:32 : 32 यूहन्नाले यसरी गवाही दिए, “मैले पवित्र आत्मा स्वर्गबाट ढुकुरझैँ ओर्लिरहनुभएको र उहाँमाथि बस्नुभएको देखेँ ।
- John 3:11 : 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
- John 12:17 : 17 उहाँले अहिले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भिडले गवाही दियो ।
- 3 John 1:12 : 12 डेमेत्रियसको बारेमा सबैद्वारा र सत्यता आफैँद्वारा पनि गवाही दिइन्छ । हामी पनि गवाही दिन्छौँ, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।
- 1 John 4:14 : 14 अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
- Rev 12:11 : 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र वचनको साक्षीद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।