Verse 3

अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।

Referenced Verses

  • Luke 11:28 : 28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि, ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् र त्यसलाई पालन गर्दछन् ।”
  • Rom 13:11 : 11 यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।
  • Rev 22:10 : 10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
  • Prov 8:34 : 34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
  • Rev 22:12 : 12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
  • Jas 5:8-9 : 8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ । 9 भाइहरू हो, तिमीहरूको इन्साफ नहोस् भनेर एक अर्काको विरुद्धमा गनगन नगर । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
  • 1 Pet 4:7 : 7 सबै कुराको अन्त्य आउँदै छ । त्यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
  • 2 Pet 3:8 : 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
  • Rev 22:6-7 : 6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । अगमवक्‍ताहरूका आत्माका परमप्रभु परमेश्‍वर छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।” 7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
  • Rev 22:20 : 20 यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू ।
  • Dan 12:12-13 : 12 त्‍यो मानिस धन्यको जो १,३३५ दिनहरूका अन्त्यसम्म पर्खकन्‍छ । 13 अन्तसम्म तिमी आफ्नै बाटो लाग, र तिमीले विश्राम पाउनेछौ । दिनहरूका अन्तमा तिमीलाई दिइएको ठाउँमा तिमी खडा हुनेछौ ।”