Verse 4

यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीलाईः जो हुनुहुन्छ, हुनुहुन्थ्यो अनि हुन आउनुहुनेछ उहाँबाट अनुग्रह र शान्ति, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्मा,

Referenced Verses

  • Rev 3:1 : 1 ¶ “सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘सातवटा तारा र परमेश्‍वरका सात आत्मा पक्रिनुहुनेका वचनहरू यिनै हुन् । तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित भएको ख्याति भए तापनि तिमी मरेका छौ ।
  • Rev 4:5 : 5 सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।
  • Isa 11:2 : 2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
  • Rev 5:6 : 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।
  • Zech 4:10 : 10 साना कुराहरूका दिनलाई कसले तुच्छ ठानेको छ? यी मानिसहरूले रमाहट गर्नेछन् र यरुबाबेलको हातमा तिनीहरूले साहुल देख्‍नेछन् । (यी सात बत्तीहरू परमप्रभुका आँखा हुन् जुन सारा पृथ्वीभरि घुमिरहन्छन् ।)
  • Rev 1:8 : 8 सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।
  • Heb 1:10-13 : 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् । 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू लगाइने कपडाका टुक्राझैँ झुत्रा हुनेछन् । 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ परिवर्तन हुनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुँदैन ।” 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?”
  • Heb 13:8 : 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।
  • Rom 1:7 : 7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
  • Isa 41:4 : 4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
  • Zech 3:9 : 9 अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।
  • Rev 4:8 : 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
  • Rev 3:7 : 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
  • Rev 1:20-2:1 : 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।” 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
  • Ps 90:2 : 2 पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।
  • Ps 102:25-27 : 25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । 26 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् । 27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।
  • 1 Cor 1:3 : 3 हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
  • 1 Cor 12:4-9 : 4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ । 5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ । 6 कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ । 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ । 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ । 9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ । 10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ । 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ । 12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ । 13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्‍त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
  • 2 Cor 1:2 : 2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
  • 1 Pet 1:1-2 : 1 ¶ पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट । 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
  • John 1:1 : 1 ¶ सुरुमा वचन हुनुहुन्‍थ्‍यो । वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो । अनि वचन नै परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।
  • Acts 19:10 : 10 यो प्रक्रिया दुई वर्षसम्म चल्यो र यसरी एसियामा भएका यहूदी र ग्रीकहरू दुवैले प्रभुको वचन सुने ।
  • Exod 3:14 : 14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्‍नुभयो, “ तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, 'म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।”
  • Isa 57:15 : 15 उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु ।
  • Mic 5:2 : 2 तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।
  • Rev 2:8 : 8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
  • Rev 2:18 : 18 “थिआटीराको मण्डलीका दूतलाई लेखः ‘यी वचनहरू परमेश्‍वरका पुत्रका हुन्, जसका आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता छन् ।
  • Rev 1:11 : 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”