Verse 6
उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्ति होस् । आमेन ।
Referenced Verses
- Rev 5:10 : 10 परमेश्वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
- Rev 20:6 : 6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन । तिनीहरूले परमेश्वर र ख्रीष्टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
- 1 Pet 2:5-9 : 5 तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ । 6 धर्मशास्त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।” 7 त्यसैले, तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्यो ढुङ्गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्यो नै कुनाको शिर-ढुङ्गा भयो ।” 8 र “एउटा ठक्कर लाग्ने ढुङ्गा र एउटा ठक्कर लाग्ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए । 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्चर्यकर्महरूको घोषणा गर्न सक ।
- 1 Pet 4:11 : 11 यदि कोही बोल्छ भने उसले परमेश्वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने शक्तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस् । महिमा र शक्ति सदासर्वदा उहाँकै हुन् । आमेन ।
- Jude 1:25 : 25 हाम्रा उद्धारक एक मात्र परमेश्वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्टबाट महिमा, गरिमा, प्रभुत्व र शक्ति रहिहोस् । आमेन ।
- Exod 19:6 : 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
- Ps 72:18-19 : 18 परमप्रभु परमेश्वर, इस्राएलको परमेश्वर धन्यको होऊन्, जसले मात्र अचम्मका कामहरू गर्नुहुन्छ । 19 उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
- Dan 4:34 : 34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्च परमेश्वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ ।
- Rom 15:6 : 6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टको पिताको प्रशंसा गर्न सक ।
- Phil 2:11 : 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
- 1 Tim 6:16 : 16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्न सक्दछ । उहाँलाई नै आदर र अनन्त शक्ति होस् । आमिन ।
- Heb 13:21 : 21 उहाँको इच्छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्वरको दृष्टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
- Isa 61:6 : 6 तिमीहरूलाई परमप्रभुको पुजारीहरू भनिनेछ । तिनीहरूले तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरू भन्नेछन् । तिमीहरूले जातिहरूकि सम्पत्ति खानेछौ र तिनीहरूका धनहरूमा तिमीहरूले गर्व गर्नेछौ ।
- Rev 4:11 : 11 “हाम्रा परमप्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए ।”
- John 5:23 : 23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
- Rom 11:36-12:1 : 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन । 1 ¶ यसकारण, भाइहरू हो, परमेश्वरको कृपाद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
- 1 Pet 5:11 : 11 सबै शक्ति सदा सर्वदा उहाँकै होस् । आमेन ।
- 2 Pet 3:18 : 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन ।
- Rev 5:12-14 : 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्ति सदासर्वदा होस् ।” 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
- Matt 6:13 : 13 र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’