Verse 17
स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हँसिया थियो ।
Referenced Verses
- Rev 14:14-15 : 14 मैले हेरेँ र त्यहाँ एउटा सेतो बादल थियो, बादलमाथि बस्नुभएको एक जना मानिसका पुत्रजस्तैलाई देखेँ । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हँसिया थियो । 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।”
- Rev 14:18 : 18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट आए, जोसँग आगोमाथि अधिकार थियो । जोसित धारिलो हँसिया थियो, उनलाई उहाँले चर्को सोरले बोलाउनुभयो, “तिम्रो धारिलो हँसिया चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनभने तिनीहरूका अङ्गुरहरू पाकिसकेका छन् ।”
- Rev 15:5-6 : 5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो । 6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
- Rev 16:1 : 1 ¶ मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतलाई यसो भनेर बोलाएको मैले सुनेँ, “जाऊ र परमेश्वरको क्रोधका सातवटा कचौरा पृथ्वीमा खन्याओ ।”