Verse 11
तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
Referenced Verses
- Rev 16:9 : 9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।
- Rev 16:21 : 21 आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
- Rev 11:13 : 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूकम्पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्वरलाई महिमा दिनेछन् ।
- Rev 16:2 : 2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।
- Rev 2:21 : 21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन ।
- 2 Tim 3:13 : 13 दुष्ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्ट पारिन्छन् ।
- 2 Chr 36:23 : 23 “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्ना परमेश्वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्नो देशमा यरूशलेममा जाओस् ।”
- Ezra 1:2 : 2 “फारसका राजा कोरेस भन्नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो ।
- Ezra 5:11-12 : 11 तिनीहरूले जवाफ दिए र भने, 'हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौं, र हामीले यस मन्दिरलाई पुनर्निर्माण गरिरहेका छौं जसलाई धेरै वर्ष पहिले इस्राएलका महान् राजाले निर्माण गरेका र पुरा गरेका थिए । 12 तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्पनुभयो जसले यस मन्दिरलाई नष्ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।
- Ezra 6:10 : 10 यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।
- Ezra 7:12 : 12 “राजाहरूका राजा अर्तासास्तबाट स्वर्गका परमेश्वरको व्यवस्थाका अध्यापक पुजारी एज्रालाई,
- Ezra 7:21 : 21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
- Ezra 7:23 : 23 स्वर्गका परमेश्वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?
- Neh 1:4 : 4 मैले यी वचन सुन्ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।
- Neh 2:4 : 4 तब राजाले मलाई भन्नुभयो, “मैले के गरेको तिमी चाहन्छौ?” त्यसैले मैले स्वर्गका परमेश्वरलाई प्रार्थना चढाएँ ।
- Ps 136:26 : 26 स्वर्गका परमेश्वरलाई धन्यवाद देओ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
- Dan 2:18-19 : 18 यो रहस्यको विषयमा स्वर्गका परमेश्वरको कृपा खोज्न तिनले उनीहरूलाई अनुरोध गरे, ताकि उनीहरू र तिनी बेबिलोनका अन्य ख्यातिप्राप्त बुद्धिमान् मानिसहरूसँगै नमारिऊन् । 19 त्यो रात एउटा दर्शनमा दनिएललाई त्यो रहस्य प्रकट गरियो । तब दानिएलले स्वर्गका परमेश्वरको प्रशंसा गरे,
- Dan 2:44 : 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ ।
- Jonah 1:9 : 9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्वरको भय म मान्छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।”