Verse 20
हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
Referenced Verses
- Rev 6:14 : 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
- Rev 20:11 : 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
- Isa 2:14-17 : 14 सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा, 15 र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्नै नसक्ने हरेक पर्खालका विरुद्धमा, 16 र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ । 17 मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्च पारिनुहुनेछ ।
- Jer 4:23-25 : 23 मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन । 24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए । 25 मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए ।