Verse 9
तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यस विपत्तिहरूमाथि शक्ति भएका परमेश्वरको नाउँको निन्दा गरे । तिनीहरूले पश्चात्ताप गरेनन् वा उहाँलाई महिमा दिएनन् ।
Referenced Verses
- Rev 2:21 : 21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन ।
- Rev 11:13 : 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्प जानेछ, र सहरको दसौँ भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूकम्पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरूले डराउँदै स्वर्गका परमेश्वरलाई महिमा दिनेछन् ।
- Rev 16:21 : 21 आकाशबाट ठुला-ठुला असिनाहरू मानिसहरूमाथि बर्सेन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनकि त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
- Dan 5:22-23 : 22 हजुर, बेलसजर, उहाँका छोराले यी सबै थाहा भएर पनि आफ्नो हृदयलाई नम्र बनाउनुभएको छैन । 23 हजुरले आफैंलाई स्वर्गका परमप्रभुको विरुद्ध खडा गर्नुभएको छ । उहाँको भवनबाट तिनीहरूले ती भाँडाहरू ल्याए, जसबाट हजुर, हजुरका भारदारहरू, हजुरका पत्नीहरू, र उप-पत्नीहरूले दाखमद्य पिउनुभयो र हजुरले चादी र सुन, काँसा, फलाम, काठ र ढुङ्गाका मूर्तिहरूलाई पुज्नुभयो, ती मूर्तिहरू जसले देख्दैनन्, सुन्दैनन्, र केही पनि जान्दैनन् । हजुरको सास आफ्नो हातमा लिनुहुने र हजुरका सबै मार्ग जान्नुहुने परमेश्वरलाई हजुरले आदर गर्नुभएको छैन ।
- Amos 4:6-9 : 6 मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें । तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।” 7 फसल काट्नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें । एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ । जमिनको एक भागमा पानी पर्यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्यो । 8 दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्त भएनन् । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 9 डढुवा र ओसले मैले तिमीहरूलाई कष्ट दिएँ । तिमीहरूका असङ्ख्य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 10 मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ । तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 11 मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो । 12 त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्वरलाई भेट्न तयार हो!
- Luke 13:3 : 3 होइन, म तिमीहरूलाई भन्छु । तर यदि तिमीहरूले पनि पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
- Luke 13:5 : 5 म भन्छु, होइन । तर यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू पनि यसरी नै नष्ट हुनेछौ ।
- 2 Cor 12:21 : 21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ । त्यस्ता धेरै मानिसहरू जसले अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाबाट पश्चात्ताप गरेका छैनन्, तिनीहरूको कारण मैले शोक पर्नुपर्ला कि भनेर मलाई डर लाग्छ ।
- Rev 14:7 : 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
- Rev 16:10-11 : 10 पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले कष्टमा आ-आफ्नो जिब्रो चपाए । 11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
- Rev 9:20 : 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् । तिनीहरूको सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरू अनि देख्न, सुन्न वा हिँड्न नसक्ने थोकहरूका मूर्तिहरू र भूतहरूलाई पुज्न छोडेनन्;
- Josh 7:19 : 19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।”
- 2 Kgs 6:33 : 33 तिनीहरूसित तिनले बोल्दाबोल्दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने?”
- 2 Chr 28:22 : 22 तिनै राजा आहाजले आफ्नो कष्टको समयमा परमप्रभुको विरुद्ध झन् धेरै पाप गरे ।
- Isa 1:5 : 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ ।
- Isa 8:21 : 21 तिनीहरू अति व्याकूल भएर र भोकाएर देशमा हिंड्नेछन् । जब तिनीहरू भोकाउँछन्, तब तिनीहरू रिसाउनेछन्, र तिनीहरूले आफ्नो अनुहार माथि उचाल्दा, आफ्ना राजा र आफ्ना परमेश्वरलाई सराप्नेछन् ।
- Jer 5:3 : 3 हे परमप्रभु, के तपाईंका आँखाले विश्वसनीयताको खोजी गर्दैनन् र? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्चात्ताप गर्न इन्कार गर्छन् ।
- Jer 6:29-30 : 29 आगोले भस्म गर्ने पदार्थलाई भस्म गर्न खलाँतीलाई जोडसित फुकिन्छ । आगोको रापमा फलाम पग्लन्छ । तिनीहरूका बिचमा शुद्देइँ जारी छ, तर यो अर्थहीन छ, किनकि दुष्ट्याइँलाई हटाइएको छैन । 30 तिनीहरू तिरस्कृत भएको चाँदी भनिनेछन् किनकि परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।”
- Jer 13:6 : 6 धेरै दिनपछि परमप्रभुले मलाई भन्नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।”
- Ezek 24:13 : 13 तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्म म आफ्नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्तुष्ट हुन्नँ, तबसम्म तँ फेरि शुद्ध हुनेछैनस् ।