Verse 22
वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूको धुन तँमा फेरि कहिल्यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन ।
Referenced Verses
- Jer 25:10 : 10 म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु ।
- Ezek 26:13 : 13 तेरो गीतको हल्ला म बन्द गर्नेछु । तेरा वीणाहरूका आवाज फेरि कहिल्यै सुनिनेछैन ।
- Jer 33:11 : 11 आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्नुहुन्छ ।
- Eccl 12:4 : 4 त्यो यस्तो समय हुने छ, जुन बेला सडकहरूमा ढोकाहरू बन्द गरिन्छन्, र जाँतो पिँध्नेहरू आवाज बन्द हुने छ, र चराचुरुङ्गीको चिरबिरे आवाजमा मानिसहरू उठ्छन्, र केटीहरूका गीतहरू हराएर जान्छन् ।
- Isa 24:8-9 : 8 खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ । 9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्यो तीतो हुन्छ ।
- Jer 7:34 : 34 यहूदाका सहरहरू र यरूशलेमका सडकहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोरलाई म अन्त्य गरिदिनेछु, किनकि यो देश उजाड हुनेछ ।”
- Jer 16:9 : 9 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर, खुसीको सोर, दुलहीको सोर र दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु ।'