Verse 10
अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्लो पर्वतमा लगे र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए ।
Referenced Verses
- Rev 1:10 : 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि चर्को स्वरमा तुरहीको जस्तै एउटा आवाज सुने ।
- Rev 17:3 : 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
- Rev 21:2 : 2 तब परमेश्वरबाट दुलहाका लागि दुलहीझैँ सिङ्गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तल झरिरहेको मैले देखेँ ।
- Rev 4:2 : 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
- Ezek 11:24 : 24 आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो ।
- Ezek 40:1-9 : 1 ¶ हाम्रो निर्वासनको पच्चीसौं वर्षमा, वर्षको सुरुमा, महिनाको दसौं दिनमा, सहर कब्जा भएको चौधौं वर्षमा, त्यो दिनमा परमप्रभुको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो । 2 परमेश्वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए । 3 अनि उहाँले मलाई त्यहाँ लानुभयो । हेर, एक जना मानिस । तिनी हेर्दा काँसाजस्ता देखिन्थे । तिनको हातमा सूतीको डोरी र नाप्ने लौरो थियो, र तिनी सहरको मूल ढोकामा खडा भए । 4 ती मानिसले मलाई भने, “ए मानिसको छोरो, आफ्नो आँखाले हेर् र आफ्नो कानले सुन्, र मैले तँलाई प्रकट गर्न लागेका सबै कुरालाई आफ्नो मन लगा, किनकि तँलाई यहाँ ल्याइयो ताकि तँलाई म यी कुरा प्रकट गर्न सकूँ। तैंले देख्ने हरेक कुरा इस्राएलको घरानालाई बताइदे ।” 5 त्यहाँ मन्दिरको क्षेत्रलाई घेर्ने एउटा पर्खाल थियो । ती मानिसको हातमा भएको नाप्ने लौरोको लमाइ छ हात लामो थियो । हरेक हातमा एक हात लमाइ र चार औंला चौडाइ थियो । तिनले त्यो पर्खालको नाप लिए, र त्यो एक नाप्ने लौरोजति चौडा र एक लौरो अग्लो थियो । 6 त्यसपछि तिनी पुर्व फर्किएको मन्दिरको ढोकामा गए । तिनी त्यसको खुट्किला चढेर माथि गए र ढोकाको सँघारलाई नापे, त्यो एक लौरो गहिरो थियो । 7 रक्षक कोठाहरू हरेक एक लौरो लामो र एक लौरो चौडा थिए । दुई कोठाहरू बिचमा पाँच हातको दुरी थियो, र मन्दिरको दलानको छेउमा रहेको सँघार एक लौरो गहिरो थियो । 8 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो लामो थियो । 9 तिनले ढोकाको दलानको नाप लिए, त्यो एक लौरो गहिरो थियो । ढोकाका चोकोसहरूचाहिं दुई हात चौडा थिए । योचाहिं मन्दिरतर्फ फर्किएको ढोकाको दलान थियो । 10 त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो । 11 त्यसपछि ती मानिसले ढोकाको चौडाइ नापे, त्यो दश हात थियो, र तिनले ढोकाको लमाइ नापे, त्यो तेह्र हात थियो । 12 ती कोठाहरूका अगाडिको भागलाई विभाजन गरेको भित्ता तिनले नापे, त्यो एक हात उच्च थियो । दुवैपट्टिका कोठाहरूका नाप छ हात थिए । 13 तिनले एउटा कोठाको छानोबाट अर्को कोठाको छानोसम्मको ढोकालाई नापे । पहिलो कोठाको ढोकादेखि दोस्रोसम्म पच्चीस हात थियो । 14 रक्षक कोठाहरूका बिचबाट गएको पर्खाललाई तिनले नापे, त्यो साठी हात लामो थियो । तिनले ढोकाको दलानसम्मै नापे । 15 ढोकाको अगाडिको भागदेखि दलानको अर्को छेउसम्म पचास हात थियो । 16 ढोकाभित्र चारैतिर कोठाहरूतर्फ र खम्बाहरूतर्फ बन्द झ्यालहरू थिए । अनि कौसीहरूमा पनि त्यस्तै थिए । त्यहाँ भित्र सबैतिर झ्यालहरू थिए, र हरेक चौखटमा खजूरका बोटका चित्रले सजाइएका थिए । 17 त्यसपछि ती मानिसले मलाई मन्दिरको बाहिरी चाकमा ल्याए । हेर, त्यहाँ कोठाहरू थिए, र चोकमा ढुङ्गाहरू छापिएको थियो, र ढुङ्गाहरू छापिएको ठाउँभन्दा उता त्यहाँ तिसवटा कोठा थिए । 18 ढोकाहरूको छेउसम्म ती ढुङ्गाहरू छापिएका थिए, त्यसको चौडाइ ढोकाको लमाइझैं थियो । त्यो ढुङ्गाहरू छापिएका तल्लो भुइँ थियो । 19 त्यसपछि ती मानिसले तल्लो ढोकाको अगाडिको भागदेखि भित्री ढोकाको अगाडिको भागसम्मको दुरी नापे । त्यो पूर्वपट्टि एक सय हात र उत्तरपट्टि पनि त्यति नै थियो । 20 त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे । 21 त्यस ढोकाको दुवैपट्टि तिनवटा कोठा थिए, र त्यो ढोकाको र त्यसको दलानको नाप मुख्य ढोकाको बराबर थियो, जुन लमाइमा पचास हात र चौडाइमा पच्चीस हात थियो । 22 त्यसका झ्यालहरू, दलान, कोठाहरू र त्यसका खजूरका रूखहरू पूर्वपट्टि फर्किएको ढोकासँग मिल्दो थियो । त्यहाँ र त्यसको दलानसम्म सात खुट्किला थिए । 23 उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो । 24 त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए । 25 ढोकामा बन्द झ्यालहरू थिए र दलानमा पनि ढोकामा झैं झ्यालहरू थिए । दक्षिणको ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 26 त्यो ढोकाको र दलानसम्म सात खुट्किला थिए, र दुवैपट्टि पर्खालहरूमा खजुरको रूखको चित्र खोपिएका थिए । 27 दक्षिण भागमा भित्री चोकमा एउटा ढोकाको थियो, र ती मानिसले त्यो ढोकादेखि दक्षिण ढोकासम्म नापे, त्यो एक सय हात थियो । 28 अनि ती मानिसले दक्षिणको ढोकाबाट मलाई भित्री चोकमा ल्याए, जसको नाप अरू ढोका बराबर थियो । 29 त्यसका कोठा, पर्खाल, र दलानहरू अरू ढोका बराबर थिए । दलानमा चारैतिर झ्यालहरू थिए । भित्री ढोकाको र दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 30 भित्री भित्ताका चारैतिर दलानहरू थिए । यी लमाइमा पच्चीस हात र चौडाइमा पाँच हात थिए । 31 यो दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका पर्खालहरूमा खजूरको रूखहरूका चित्र खोपिएका थियो र त्यहाँसम्म आठवटा खुट्किला थिए । 32 तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो । 33 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोकाको बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । भित्री ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो । त्यसको दुवैपट्टि खजुरको रूखहरूका चित्र थियो र त्यहाँसम्म आठ खुट्किला थिए । 35 त्यसपछि ती मानिसले मलाई उत्तरी ढोकामा ल्याए र त्यसको नाप लिए । त्यसको नाप अरू ढोका बराबर थियो । 36 त्यसका कोठाहरू, पर्खाल, र दलानको नाप अरू ढोका बराबर थियो, र त्यसको वरिपरि झ्यालहरू थिए । ढोकाको र त्यसको दलानको लमाइ पचास हात र चौडाइ पच्चीस हात थियो । 37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसको दुवै पट्टि खजूरको रूखहरूका चित्र थिए र त्यहाँसम्म आठ खुट्किला थिए । 38 सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे । 39 हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो । 40 चोकको पर्खालको छेउमा, उत्तरको ढोकातर्फ दुईवटा टेबल थिए । ढोकाको दलानको अर्कोपट्टि पनि दुईवटा टेबल थिए । 41 ढोकाको छेउमा दुवैपट्टि चार-चारवटा टेबल थिए । त्यहाँ तिनीहरूले आठवटा टेबलमा पशुहरूलाई मार्थे । 42 त्यहाँ होमबलिको निम्ति डेढ हात लामो, डेढ हात चौडा, र एक हात अग्लो काटिएका ढुङ्गाहरूले बनेका चारवटा टेबल थिए । त्यसमाथि तिनीहरूले ती सामानहरू राख्थे जसद्वारा तिनीहरूले बलिदानको निम्ति होमबलिलाई मार्थे । 43 दलानको चारैतिर चार-अङ्कुल चौडा दुईवटा चुच्चा भएका अङ्कुसेहरू बाँधिएका थिए, र बलिको मासु टेबलहरूमाथि राखिन्थे । 44 भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो । 45 तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्छन् । 46 उत्तरतिर फर्केको कोठाचाहिं वेदीको जिम्मा पाएका पुजारीहरूका निम्ति हो । यी सादोकका छोराहरू हुन् जो परमप्रभुको सेवा गर्न उहाँको नजिक आउँछन् । तिनीहरू लेवीहरूका छोराहरूमध्येका हुन् ।” 47 अनि तिनले चोकको नाप लिए । त्यो एक सय हात लामो र एक सय हात चौडा गरी वर्गाकार थियो, र वेदीचाहिं मन्दिरको अगाडि थियो । 48 अनि ती मानिसले मलाई मन्दिरको दलानमा लगे र दलानका थामहरू नापे । ती दुवैपट्टि पाँच हात चौडा थिए । ढोकाचाहिं चौध हात चौडा थियो, र त्यसको सबैतिरका भित्ता तिन हात चौडा थिए । 49 दलानको लमाइ बिस हात थियो, र त्यसको गहिराइ एघार हात थियो । त्यसमा जानलाई खुट्किलाहरू थिए र त्यसको दुवै पट्टि खम्बाहरू थिए ।
- Acts 8:39 : 39 तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे ।
- 2 Cor 12:2-4 : 2 म ख्रीष्टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ । 3 र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्वरलाई थाहा छ । 4 कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्चारण नै गर्न नसक्ने अति पवित्र कुराहरू सुन्यो ।
- 1 Kgs 18:12 : 12 म यहाँबाट जानेबित्तिकै परमप्रभुका आत्माले तपाईंलाई मैले नचिनेको ठाउँमा लैजानुहुने छ । तब मैले आहाबलाई गएर बताउँदा तिनले तपाईंलाई फेला नपारेपछि तिनले मलाई मार्ने छन् । तापनि म तपाईंका दासले त मेरो बाल्यकालदेखि नै परमप्रभुको आराधना गरेको छु ।
- 2 Kgs 2:16 : 16 तिनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईंका दासहरूका माझमा पचास जना बलिया मानिस छन् । हामी अनुरोध गर्छौं कि तिनीहरूलाई जान र तपाईंका मालिकको खोजी गर्न दिनुहोस्, कतै परमप्रभुका आत्माले तिनलाई माथि लानुभएको र तिनलाई कुनै पहाड वा उपत्यकामा फाल्नुभएको छ कि?” एलीशाले जवाफ दिए, “अहँ, तिनीहरूलाई नपठाओ ।”
- Ezek 3:14 : 14 आत्माले मलाई माथि उठाउनुभयो र मलाई टाढा लानुभयो, र म आफ्नो आत्माको क्रोधमा तीतोपन लिएर गएँ, किनकि परमप्रभुको बलिष्ठ बाहुलीले मलाई शक्तिसाथ थिचिरहेको थियो ।
- Ezek 8:3 : 3 तब तिनले हातजस्तै आकार पसारेर मेरो कपाल समातेर मलाई जुरुक्क उठाए । आत्माले मलाई पृथ्वी र स्वर्गको बिचमा उचाल्नुभयो, र परमेश्वरका दर्शनहरूमा यरूशलेममा मन्दिरको भित्री चोकमा प्रवेश गर्ने उत्तरपट्टिको मूल ढोकानेर उहाँले मलाई लग्नुभयो, जहाँ डाही बनाउने मूर्ति खडा थियो ।
- Ezek 11:1 : 1 ¶ तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें ।
- Ezek 48:15-22 : 15 बाँकी जग्गामा, पाँच हजार हात चौडा र पच्चीस हजार हात लामो भागचाहिं, सहर, घरहरू र खर्कको जमिनको रूपमा प्रयोग हुनेछ । सहरचाहिं त्यसको बिचमा हुनेछ । 16 सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्चिमतिर ४,५०० हात लामो हुनेछ । 17 सहरको निम्ति उत्तरतिर एउटा खर्क हुनेछ । त्यो उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात, र पश्चिमतिर २५० हात हुनेछ । 18 पवित्र रूपमा अलग गर्ने जमिनको बाँकी क्षेत्र पूर्वमा दश हजार हात र पश्चिममा दश हजार हात हुनेछ । त्यो अलग गरिएको पवित्र जमिनको सिमानसँग जोडिएर जानेछ, र त्यसको उब्जनी त्यस सहरमा काम गर्ने मानिसहरूका निम्ति भोजन हुनेछ । 19 त्यस सहरमा काम गर्ने मानिसहरू अर्थात् इस्राएलका सबै कुलका मानिसहरूले त्यो जमिनमा खेती गर्नेछन् । 20 पवित्र रूपमा अलग गरिएको सबै जमिनको नाप पच्चीस हजार लामो र पच्चीस हजार चौडा हुनेछ । यसरी सहरको लागि छुट्याइएको जमिनसँग जोडिएको जमिनलाई तिमीहरूले पवित्र रूपमा अलग गर्नेछौ । 21 पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्चीस हजार हात हुनेछ र पश्चिममा पश्चिमी सिमानासम्म पच्चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ । 22 लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्यो यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बिचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ ।