Verse 3
मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ ।
Referenced Verses
- 2 Cor 6:16 : 16 र परमेश्वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्वरका मन्दिर हौँ, जसरी उहाँले भन्नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
- Lev 26:11-12 : 11 म मेरो वेदी तिमीहरूकै बिचमा राख्ने छु, र म तिमीहरूलाई घृणा गर्ने छैनँ । 12 म तिमीहरूका बिचमा हिँड्डुल गर्ने छु, र म तिमीहरूका परमेश्वर हुने छु, र तिमीहरू मेरा मानिसहरू हुने छौ ।
- Zech 8:8 : 8 किनभने म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरू यरूशलेममा वास गर्नेछन्, अनि तिनीहरू फेरि मेरा मानिसहरू हुनेछन्, र सत्यता र धार्मिकतामा म तिनीहरूका परमेश्वर हुनेछु ।
- Rev 7:15 : 15 यसैकारणले गर्दा, तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
- Ezek 37:27 : 27 मेरो बासस्थान तिनीहरूसँगै हुनेछ । म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
- John 14:23 : 23 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्थान बनाउनेछौँ ।”
- Heb 11:16 : 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्वर तिनीहरूका परमेश्वर हुन लजाउनुहुन्न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
- Zech 13:9 : 9 म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्नेछन्, ‘परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ!’”
- Jer 31:33 : 33 इस्राएलको घरानासित मैले बाँध्ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्नो व्यवस्था तिनीहरूभित्र हाल्नेछु, र तिनीहरूका हृदयमा यो लेख्नेछु, किनकि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
- Jer 32:38 : 38 त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु ।
- Rev 12:10 : 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्ति, शक्ति, हाम्रा परमेश्वरको राज्य, ख्रीष्टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
- Rev 21:7 : 7 जसले विजय प्राप्त गर्छ, त्यसले यी कुराहरूमाथि उत्तराधिकार गर्नेछ, र म त्यसको परमेश्वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
- 1 Kgs 8:27 : 27 तर के परमेश्वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ र? सारा विश्व र आकाशमा पनि तपाईं अटाउनुहुन्न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!
- 2 Chr 6:18 : 18 तर के परमेश्वर साँच्चै नै मानिससित पृथ्वीमा बस्नुहुन्छ र? हेर्नुहोस्, सारा संसार र स्वर्गमा पनि तपाईं अटाउनुहुन्न भने—मैले निर्माण गरेको यो मन्दिरमा त झन् कति साँगुरो हुन्छ होला?
- Isa 12:6 : 6 ए सियोनका बासिन्दाहरू हो, उच्च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
- John 1:14 : 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
- Heb 8:10 : 10 परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु । म मेरो व्यवस्था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
- 2 Cor 6:18 : 18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ ।
- Gen 17:7-8 : 7 तँ र तँपछिका तेरा सन्तानका परमेश्वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु । 8 तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु ।”
- Ezek 43:7 : 7 उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यो मेरो सिंहासनको ठाउँ र मेरो पाउका पैताला रहने ठाउँ हो, जहाँ म इस्राएलका मानिसहरूका बिचमा सदासर्वदाको निम्ति रहनेछु । इस्राएलको घराना, अर्थात् तिनीहरू र तिनीहरूका राजाहरूले आफ्ना विश्वासहीनता वा उच्च ठाउँहरूमा तिनीहरूका राजाहरूका लाशद्वारा अबदेखि मेरो पवित्र नाउँलाई अशुद्ध पार्नेछैनन् ।
- Rev 10:8 : 8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”