Verse 13
जसरी अञ्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
Referenced Verses
- Rev 9:1 : 1 ¶ त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । अनि मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खशिरहेको देखेँ । त्यो तारालाई अतल कुण्डको साँचो दिइयो ।
- Isa 34:4 : 4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्जिरका गलेका अञ्जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।
- Matt 24:29 : 29 तर ती दिनमा सङ्कष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ; चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; ताराहरू आकाशबाट खस्नेछन्, र स्वर्गका शक्तिहरू डगमगाउनेछन् ।
- Luke 21:25 : 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्ट्रहरू कष्टमा पर्नेछन् ।
- Rev 8:10-12 : 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो । 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे । 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, त्यसैले, सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । एक-तिहाइ भाग अन्धकारमा परिणत भयो, अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
- Isa 7:2 : 2 अरामले एफ्राइमसँग सन्धी गर्यो भनी दाऊदको घरानालाई बताइयो । तिनको हृदय काँप्यो, अनि तिनका मानिसहरूका हृदय जङ्गलका रुखहरू हावाले हल्लाएझैं काँप्यो ।
- Isa 33:9 : 9 देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्ना पातहरू हल्लाउँछन् ।
- Ezek 32:7 : 7 त्यसपछि जब तँलाई म नष्ट गर्नेछु, तब म आकाश ढाक्नेछु र त्यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन ।
- Dan 4:14 : 14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् ।
- Dan 8:10 : 10 त्यो यति विशाल भयो, कि त्यो स्वर्गको सेनासँग युद्ध गर्न तयार भयो । ती सेनामध्ये कोही र केही ताराहरू पृथ्वीमा फालिए, र त्यसले तीमाथि कुल्चियो ।
- Nah 3:12 : 12 तेरा सबै किल्लाहरू पहिले नै फल पाकेका अन्जिरका रूखहरूझैँ हुनेछन् । ती हल्लाइए भने, त्यसका सबै फल खानेवालाको मुखमा झर्नेछन् ।