Verse 4
तब अर्को अग्निमय रातो घोडा निस्केर आयो । त्यसमा सवार गर्नेलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो । त्यसकारण, ती मानिसहरूले एक-अर्कालाई मार्नेछन् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
Referenced Verses
- Zech 6:2 : 2 पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू,
- Zech 1:8 : 8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
- Matt 10:34 : 34 म पृथ्वीमा शान्ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।
- John 19:11 : 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्ति छैन । यसकारण, जसले मलाई तपाईंको हातमा सुम्प्यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
- Rev 12:3 : 3 त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।
- Rev 13:10 : 10 कसैलाई कैदमा लैजानुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारसँगै मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । धैर्य, सहनशिलता, र विश्वासका निम्ति जो पवित्र छन् यसैका निम्ति यहाँ बोलावट छ ।
- Rev 17:3 : 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।
- Rev 17:6 : 6 मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ ।
- Exod 9:16-17 : 16 मेरो नाउँ सारा पृथ्वीभरि घोषणा हुन सकोस् भनेर मेरो शक्ति देखाउनलाई मैले तँलाई जीवित रहने अनुमति दिएँ । 17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।
- Ps 17:13 : 13 हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्टबाट बचाउनुहोस् ।
- Isa 10:5-6 : 5 अश्शूरलाई धिक्कार, जो मेरो रिसको लट्ठी हो, त्यो लहुरो जसद्वारा म आफ्नो क्रोध मच्चाउँछु! 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
- Isa 37:26-27 : 26 मैले यसलाई लामो समुअगि नै कसरी निश्चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्नावशेष बनाउनलाई छस् । 27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् ।
- Ezek 29:18-20 : 18 ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्नो फौजले तयार राख्यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्यसले गरेको परिश्रमको सट्टा त्यसले र त्यसको सेनाले केही इनाम पाउन सकेनन् । 19 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्यसले उसका धन-सम्पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्यो त्यसको फौजको ज्याला हुनेछ । 20 त्यसले मेरो निम्ति गरेको परिश्रमको ज्यालाको रूपमा मिश्रदेश मैले त्यसलाई दिएको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
- Ezek 30:24-25 : 24 म बेबिलोनको राजाका हात शक्तिशाली बनाउनेछु, र मेरो तरवार त्यसको हातमा दिनेछु ताकि म फारोको हात भाँच्न सकूँ । त्योचाहिं बेबिलोनको राजाको अगि मरणान्त चोट लागेको मानिसझैं पीडाले सुस्केरा हाल्नेछ । 25 किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्यसले मिश्रदेशको विरुद्धमा त्योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन् ।
- Dan 2:37-38 : 37 महाराजा, हजुर राजाहरूका महाराजा हुनुहुन्छ जसलाई स्वर्गका परमेश्वरले राज्य, शक्ति, बल र सम्मान दिनुभएको छ । 38 मानवजातिहरू बस्ने ठाउँ उहाँले हजुरका हातमा दिनुभएको छ । जमिनका पशुहरू र आकाशका चराहरू उहाँले हजुरका हातमा दिनुभएको छ, र ती माथि हजुरलाई शासन गर्ने बनाउनुभएको छ । हजुर नै त्यस सालिकको सुनको शिर हुनुहुन्छ ।
- Dan 5:19 : 19 परमेश्वरले उहाँलाई दिनुभएको महान्ताको कारणले, सबै मानिसहरू, जातिहरू र भाषा बोल्नेहरू थरथर भए र उहाँको भय माने । उहाँले जसको प्राण लिने इच्छा गर्नुभयो, त्यसको प्राण उहाँले लिनुभयो, र उहाँले जसलाई जीवित राख्ने इच्छा गर्नुभयो, त्यसलाई उहाँले जीवित राख्नुभयो । जसलाई उहाँले चाहनुभयो त्यसलाई उचाल्नुभयो, र जसलाई उहाँले इच्छा गर्नुभयो त्यसलाई उहाँले होच्याउनुभयो ।