Verse 5
जब थुमाले तेस्रो छापलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनेँ । मैले एउटा कालो घोडालाई देखेँ, र यसका घोडसवारले उनको हातमा एकजोर तराजुलाई समाइरहेका थिए ।
Referenced Verses
- Zech 6:2 : 2 पहिलो रथमा रातो रङ्गका घोडाहरू, दोस्रोमा कालो रङ्गका घोडाहरू,
- Zech 6:6 : 6 कालो रङ्गका घोडाहरू भएको रथचाहिँ उत्तरको देशमा जानेछ, सेतो रङ्गका घोडाहरू भएको रथचाहिँ पश्चिमको देशमा, र पाटे खरानी रङ्गका घोडाहरू भएको रथ चाहिँ दक्षिणको देशमा जानेछ ।”
- Ezek 4:16 : 16 उहाँले मलाई यो पनि भन्नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् ।
- Lev 26:26 : 26 जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्त हुने छैनौ ।
- Lam 5:10 : 10 भोकको रापले गर्दा हाम्रो छाला चुलोझैँ तातिएको छ ।
- Ezek 4:10 : 10 तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् ।
- Rev 4:6-7 : 6 सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए । 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
- Rev 5:5 : 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
- Rev 5:9 : 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्ट्रलाई तपाईंले परमेश्वरका निम्ति किन्नुभयो ।
- Rev 6:1 : 1 ¶ जब थुमाले सातवटा छापमध्ये एउटालाई खोल्नुभएको मैले देखेँ, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले गर्जनको आवज जस्तोमा “आऊ” भनेको मैले सुनेँ ।