Verse 12
कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले हेर्दा सातवटा सुनका सामदान देखेँ ।
Referenced Verses
- Zech 4:2 : 2 तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।
- Exod 25:37 : 37 तैँले सामदान र यसका सातवटा बत्ती बनाउनू, र यसबाट उज्यालो दिन ती बत्तीहरू बालिराख्नू ।
- Rev 1:20-2:1 : 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा तारा र सातवटा सामदानको बारेमा लुकेको रहस्यको अर्थ सातवटा तारा सातवटा मण्डलीका दुतहरू र सातवटा सामदान सातवटा मण्डली हुन् ।” 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् ।
- Rev 1:13 : 13 सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
- Ezek 43:5-6 : 5 तब आत्माले मलाई उचाल्नुभयो र मलाई भित्री चोकमा ल्याउनुभयो । हेर, परमप्रभुको महिमाले मन्दिरलाई भरिरहेको थियो । 6 ती मानिस मेरो छेउमा खडा थिए, र मैले मन्दिरबाट अर्को कोही मसँग बोलिरहेका सुनें ।
- Mic 6:9 : 9 परमप्रभुको आवाजले सहरलाई एउटा घोषणा गर्दै छ - विवेकले तपाईंको नाउँलाई स्वीकार्दछ: “छडीलाई र त्यो ठाउँमा राख्नेलाई ध्यान देओ ।