१ इतिहास 1:48

अनलक शाब्दिक बाइबल

सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 36:37 : 37 सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 36:32-39
    8 पदहरू
    93%

    32बओरका छोरा बेलाले एदोममा राज्य गरे, र उनको सहरको नाम दिन्हावा थियो ।

    33बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।

    34योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।

    35हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।

    36हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।

    37सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।

    38शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।

    39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।

  • १ इति 1:43-47
    5 पदहरू
    89%

    43इस्राएलमा कुनै पनि राजाले राज्‍य गर्नुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै थिएः बओरका छोरा बेला, र तिनको सहर दिन्‍हावा थियो ।

    44बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।

    45योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।

    46हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।

    47हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए ।

  • १ इति 1:49-50
    2 पदहरू
    89%

    49शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।

    50अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ ।

  • 1¶ त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।

  • 1¶ शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।

  • 1¶ शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्‍थानमा तल झरे ।

  • 37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।

  • 16रहबाम आफ्‍ना पुर्खाहरूसित सुते, र दाऊदको सहरमा गाडिए । तिनका छोरा अबिया तिनका ठाउँमा राजा भए ।

  • 43तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।

  • 24अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।

  • 5तर आहाब मरेपछि मोआबका राजाले इस्राएलको राजाको विरुद्धमा विद्रोह गरे ।

  • 28तिनी दिर्घ जीवन, धन-सम्‍पत्ति र मानमा आनन्द भई वृद्धावस्‍थामा मरे । तिनीपछि तिनका छोरा सोलोमन राजा भए ।

  • 7जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्‍ना सहरहरू छाडे र भागे, अनि पलिश्‍तीहरू आए र तिनीहरूमा बसोबास गरे ।

  • 3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।

  • 28त्यसैले शाऊल दाउदलाई खेद्‍न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए । यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो ।

  • 1¶ पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।

  • 1¶ जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो ।

  • 12ती आराम, मोआब, अम्‍मोनका मानिसहरू, पलिश्‍तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।

  • 31त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए

  • 5जब तिनका हतियार बोक्‍नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।

  • 11जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने,

  • १ इति 10:6-7
    2 पदहरू
    64%

    6यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे ।

    7जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।

  • 3त्‍यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्‍त गरे ।

  • 11जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,