१ इतिहास 1:49

अनलक शाब्दिक बाइबल

शौल मरेपछि तिनको ठाउँमा अक्‍बोरका छोरा बाल-हानानले तिनको ठाउँमा राज्य गरे ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 36:33-39
    7 पदहरू
    92%

    33बेलाको मृत्युपछि बोज्रामा बसोबास गर्ने जेरहका छोरा योबाबले उनको स्थानमा राज्य गरे ।

    34योबाबको मृत्युपछि तेमानीहरूको देशमा बसोबास गर्ने हुशामले उनको स्थानमा राज्य गरे ।

    35हुशामको मृत्युपछि बददका छोरा हददले उनको स्थानमा राज्य गरे जसले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरेका थिए । उनको सहरको नाम अवीत थियो ।

    36हददको मृत्युपछि मस्रेकामा बसोबास गर्ने सम्लाले उनको स्थानमा राज्य गरे ।

    37सम्लाको मृत्युपछि यूफ्रेटिस नदीको किनारमा रहेको रहोबोतमा बसोबास गर्ने शौलले उनको स्थानमा राज्य गरे ।

    38शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानानले उनको स्थानमा राज्य गरे ।

    39अक्बोरका छोरा बाल-हानानको मृत्युपछि हदरले उनको स्थानमा राज्य गरे । उनको सहरको नाम पाऊ थियो । उनकी पत्‍नीको नाम महेतबेल थियो । तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन् ।

  • १ इति 1:44-48
    5 पदहरू
    89%

    44बेला मरेपछि तिनको ठाउँमा बोज्राका जेरहका छोरा योबाब राजा भए ।

    45योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।

    46हूशाम मरेपछि तिनको ठाउँमा बददका छोरा हदद राजा भए, जसले मोआब देशमा मिद्यानीहरूलाई पराजित गरे । तिनको सहरको नाउँ अवीत थियो ।

    47हदद मरेपछि तिनको ठाउँमा मास्रेकाका सम्‍ला राजा भए ।

    48सम्‍ला मरेपछि तिनको ठाउँमा नदीको किनारमा भएको रहोबोतका शौल राजा भए ।

  • 50अक्‍बोरका छोरा बाल-हानान मरेपछि तिनको ठाउँमा हददले राज्य गरे । तिनको सहरको नाउँ पाऊ थियो । तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌ ।

  • 1¶ त्यसको केही समयपछि अम्‍मोनीहरूका राजा नाहाशको मृत्‍यु भयो, र तिनको सट्टामा तिनका छोरा राजा भए ।

  • २ शमू 4:1-2
    2 पदहरू
    69%

    1¶ जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो ।

    2शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ,

  • 2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्‍तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्कीशूअलाई मारे ।

  • २ शमू 2:7-8
    2 पदहरू
    68%

    7अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”

    8तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए र महनोममा ल्याए ।

  • १ शमू 31:5-8
    4 पदहरू
    67%

    5जब तिनका हतियार बोक्‍नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।

    6यसरी शाऊल, तिनका तिन जना छोरा र तिनका हतियार बोक्‍ने मरे— यी मानिसहरू सबै त्यसै दिन मरे ।

    7जब मैदानको पारीपट्टि भएका इस्राएलका मानिसहरू र यर्दनको पारिपट्टि भएकाहरूले इस्राएलका मानिसहरू भागेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरूले आफ्‍ना सहरहरू छाडे र भागे, अनि पलिश्‍तीहरू आए र तिनीहरूमा बसोबास गरे ।

    8भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।

  • 11जब याबेश-गिलादका बासिन्दाहरूले पलिश्‍तीहरूले शाऊललाई गरेका कुरा सुने,

  • 1¶ शाऊलले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए । तिनले इस्रालमाथि चालिस वर्ष राज्‍य गरेका थिए,

  • 1¶ पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।

  • १ इति 10:5-7
    3 पदहरू
    67%

    5जब तिनको हतियार बोक्‍नेले शाऊल मरेका देख्‍यो, तब ऊ पनि त्यसरी नै आफ्‍नो तरवारमा छेडिएर मर्‍यो ।

    6यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे, यसै गरी तिनका परिवारका सबै जना एकैपटक मरे ।

    7जब मैदानमा भएका सबै इस्राएलीले आ-आफ्‍ना सेना भागेका, अनि शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्‍ना सहरहरू छोडे र भागे । अनि पलिश्‍तीहरू त्‍यहाँ आए र बसोबास गरे ।

  • 11जब याबेश-गिलादमा भएका सबैले पलिश्‍तीहरूले शाऊललाई गरेका सबै कुरा सुने,

  • 30तिनका जेठा छोरा अब्‍दोन, तिनीपछि सूर, कीश, बाल, नेर, नादाब,

  • 3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।

  • 39नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

  • 1¶ शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।

  • 24अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।

  • 36तिनका जेठा छोरा अब्‍दोन, अनि तिनका छोराहरू सूर, कीश, बाल, नेर, नादाब,

  • 33नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

  • 14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।

  • 47जब शाऊलले इस्राएलमाथि राज्‍य गर्न सुरु गरे, तब तिनले सबैतिरका आफ्‍ना शत्रुहरूको विरुद्धमा युद्ध गरे । तिनले मोआब, अम्मोनीहरू, एदोम, सोबका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे । तिनी जता फर्किए, त्‍यतै तिनले उनीहरूलाई दण्ड दिए ।

  • 1¶ शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्‍थानमा तल झरे ।

  • 2पलिश्‍तीहरूले शाऊल र तिनका छोराहरूलाई नजिकैबाट खेदे । पलिश्तीहरूले तिनका छोराहरू जोनाथन, अबीनादाब र मल्‍कीशूअलाई मारे ।

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • 5तिनले हेर्मोन डाँडा, सलका, पूरै बाशानदेखि गशुरका मानिसहरू, माकाती गिलेदको आधा भागदेखि हेश्बोनका राजा सीहोनको सिमानासम्म शासन गर्थे ।