20अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।
21तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।”
22अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्टिमा जे असल छ सो त्यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् ।
23यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”
24राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्नमा नै जोड दिन्छु । मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्कामा किने ।
25दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।