१ इतिहास 21:23

अनलक शाब्दिक बाइबल

अरौनाले दाऊदलाई भने, “त्‍यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्‍यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्‍ति गोरुहरू, दाउराको निम्‍ति काठहरू र अन्‍नबलिको निम्‍ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 23:4-6 : 4 “म तपाईंहरूका बिचमा एक प्रवासी हुँ । मसँग भएको लाशलाई गाड्‌न चिहानको लागि तपाईंहरूसँग भएको कुनै जमिन मलाई दिनुहोस् ।” 5 हेतका छोराहरूले अब्राहामलाई भने, 6 “मालिक, हाम्रा कुरा सुन्‍नुहोस् । तपाईं हाम्रो बिचमा परमेश्‍वरका राजकुमार हुनुहुन्छ । हाम्रा चिहानमध्‍ये सबैभन्‍दा असलचाहिँ छानेर लाश गाड्‌नुहोस्‌ । तपाईंले लाशलाई गाड्नुहोस्, हामीमध्‍ये कसैले पनि आफ्‍नो चिहान तपाईंलाई दिन इन्‍कार गर्नेछैन ।”
  • १ शमू 6:14 : 14 बेथ-शेमेशको नगरबाट त्‍यो गाडा यहोशूको खेतमा आयो र त्यहाँ नै रोकियो । त्यहाँ एउटा ठुलो ढुङ्गा थियो, र तिनीहरूले गाडाको काठ चिरे र ती गाईहरूलाई परमप्रभुको निम्ति होमबलि चढाए ।
  • २ शमू 24:22-23 : 22 अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्‍यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् । 23 यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”
  • १ राजा 19:21 : 21 त्यसैले एलीशा एलियाबाट गए, र एक हल गोरु लिए । तिनले हलोका काठहरू जलाएर मासु पकाए । तिनले त्यो मानिसहरूलाई दिए, र तिनले पनि खाए । तब तिनी उठेर एलियाको पछि लागे, र तिनको सेवा गरे ।
  • यशा 28:27-28 : 27 अनि सूँपलाई हथौडाले झारिंदैन, न जीरालाई झार्न गाडा नै गुडाइन्छ । तर सूँपलाई लट्ठीले कुटिन्छ र जीरालाई लुहुरोले कुटिन्छ । 28 रोटी बनाउन अन्‍नलाई पिसिन्छ, तर अति मिहिन पारिंदैन, र त्‍यसको गाडाका पाङ्ग्राहरू र त्यसका घोडाहरूले यसलाई छरे तापनि त्यसका घोडाहरूले यसलाई चूरचूर पार्दैनन् ।
  • यिर्मि 32:8 : 8 परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्‍यो, 'बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्‍यो किन्‍ने हक पनि तपाईंकै हो । आफ्नो लागि त्‍यो किन्‍नुहोस् ।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 24:20-25
    6 पदहरू
    88%

    20अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।

    21तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्‍नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।”

    22अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्‍यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्‍टिमा जे असल छ सो त्‍यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् ।

    23यी सबै म अरौनाले मेरो महाराजालाई दिने छु ।” तब तिनले राजालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् ।”

    24राजाले अरौनालाई भने, “होइन, मैले मूल्य दिएर किन्‍नमा नै जोड दिन्छु । मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा म परमप्रभुलाई होमबलि चढाउँदिनँ ।” त्यसैले दाऊदले खला र गोरुहरूलाई चाँदीका पचास सिक्‍कामा किने ।

    25दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्‍यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्‍ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।

  • १ इति 21:24-29
    6 पदहरू
    87%

    24दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु । तिम्रो जे छ त्‍यो लिने अनि मेरो दाम नपरी त्‍यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन ।”

    25यसैले त्‍यस जग्‍गाको निम्‍ति दाऊदले अरौनालाई छ सय सुनका सिक्‍का तिरे ।

    26दाऊदले त्‍यहाँ परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र त्‍यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्‍वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।

    27तब परमप्रभुले त्‍यो स्‍वर्गदूतलाई आज्ञा दिनुभयो र स्‍वर्गदूतले आफ्नो तरवारलाई त्‍यसको म्‍यानमा राखे ।

    28जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए ।

    29त्यस बेला, मोशाले उजाड-स्‍थानमा बनाएको परमप्रभुको पवित्र वासस्‍थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्‍च स्‍थानमा नै थिए ।

  • १ इति 21:17-22
    6 पदहरू
    85%

    17दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”

    18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।

    19यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्‍यहाँ उक्‍लेर गए ।

    20अरौनाले आफ्‍नो गहूँ चुट्दै गरेका समयमा, तिनी पछि फर्के, र स्‍वर्गदूतलाई देखे । तिनी र तिनका चार जना छोराहरू आफूलाई लुकाए ।

    21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्‍नो अनुहार भुइँमा घोप्‍टो पारेर दाऊदको अघि घुँडा टेके ।

    22तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।”

  • 1¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।”

  • २ शमू 24:17-18
    2 पदहरू
    73%

    17अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”

    18अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् ।”

  • 19तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्‍पूर्ण होमबलिमा प्रशन्‍न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।

  • 3त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ?”

  • 8तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”

  • 10“गएर दाऊदलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छः तँलाई म तिनवटा कुरा रोज्‍न दिन्‍छु । तिमध्ये एउटा रोज ।’”

  • 23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।

  • 11के मैले आफ्‍ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ?”

  • 12मानिसहरूले मलाई दिने तेल, नयाँ दाखमद्य र अन्‍नको उत्तम भाग, पहिलो फल यी सबै मैले तँलाई दिएको छु ।

  • 20दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे ।

  • 20दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”

  • 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन । त्‍यो मलाई दिनुहोस् ।”

  • 15परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो । तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो । ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए ।

  • 15अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌ ।

  • 2दाऊदले होमबल र मेलबलि चढाइसकेपछि, तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए ।

  • 9यी स्‍वइच्‍छा भेटीका कारणले मानिसहरूले आनन्‍द मनाए, किनभने तिनीहरूले सम्‍पूर्ण हृदयले परमप्रभुको निम्‍ति दिएका थिए । दाऊद राजा पनि साह्रै आनन्‍दित भए ।

  • 63सोलोमनले परमप्रभुको निम्ति बाइस हजार गाईवस्तु र एक लाख बिस हजार भेडा-बाख्रा मेलबलिको रूपमा चढाए । यसरी राजा र इस्राएलका सारा समुदायले परमप्रभुको मन्दिर समर्पण गरे ।

  • 11राजा दाऊदले यी सामानहरू साथै तिनले कब्जा गरेका सबै जातिबाट लिएका चाँदी र सुनलाई परमप्रभुको निम्ति अलग गरे,

  • १ शमू 23:1-2
    2 पदहरू
    69%

    1¶ तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन् ।”

    2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

  • 22त्यसपछि मैले खामो बनाएको यो ढुङ्गाचाहिँ पवित्र ढुङ्गा हुनेछ । तपाईंले मलाई दिनुभए जति सबै थोकको दशांश म तपाईंलाई अवश्‍य चढाउनेछु ।”

  • 33तिनले आगो लगाउन दाउराको बन्दोवस्त गरे, साँढेलाई टुक्राटुक्रा पारे, र ती टुक्राहरूलाई दाउरामाथि राखे । तिनले भने, “चार गाग्रा पानी भरेर यो बलि र दाउरामाथि खन्याइदेओ ।”

  • 12“जा र दाऊदलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छ, “म तँलाई तीन वटा विकल्प रोज्‍न दिन्छु । तिमध्ये एउटा रोज ।”

  • 10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”

  • 23परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।

  • 2तब दाऊद राजा खडा भए र यसो भने, “ए मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरा कुरा सुन्‍नुहोस् । परमप्रभुको करारका सन्‍दूकको निम्‍ति एउटा मन्‍दिर, हाम्रा परमेश्‍वरको निम्‍ति एउटा पाउदान बनाउने मेरो इच्‍छा थियो, अनि मैले त्‍यो निर्माण गर्नलाई तयारी पनि गरें ।

  • 5सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्‍वरको मन्‍दिरको समर्पण गरे ।

  • 17हे मेरा परमेश्‍वर, म यो पनि जान्‍दछु कि तपाईंले हृदयको जाँच गर्नुहुन्‍छ, र सोझोपनामा खुशी हुनुहुन्‍छ । मेरो बारेमा,मेरो हृदयको सोझोपनामा मैले स्‍वइच्‍छाले यी सबै कुराहरू तपाईंमा चढाएको छु, र यहाँ उपस्‍थित तपाईंका मानिसहरूले स्‍वइच्‍छाले चढाएको कुरा देखेर म आनन्दित भएको छु ।

  • 3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।

  • 23तिनीहरूले हामीलाई दुईवटा साँढे देऊन् । तिनीहरू आफैले एउटा साँढेको छनोट गरी त्यसलाई टुक्राटुक्रा पारून्, अनि त्यसलाई दाउरामाथि राखून्, तर त्यसको मुनि आगो भने नलगाऊन् । त्यसपछि म अर्को साँढेलाई तयार पार्ने छु, र त्यसलाई दाउरामाथि राख्ने छु, तर त्यसको मुनि आगो भने लगाउँदिनँ ।

  • 3अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।”