१ इतिहास 23:22

अनलक शाब्दिक बाइबल

एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 24:28 : 28 महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।
  • गिन 36:6-8 : 6 सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।' 7 इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन । इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ । 8 आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 21मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।

  • १ इति 24:28-29
    2 पदहरू
    76%

    28महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।

    29कीशबाट: कीशका छोराः यरहमेल ।

  • १ इति 24:1-2
    2 पदहरू
    72%

    1¶ हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।

    2नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।

  • 23मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।

  • 33हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।

  • गिन 36:10-12
    3 पदहरू
    71%

    10त्यसैले सलोफादका छोरीहरूले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।

    11सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे ।

    12तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो ।

  • यहो 17:3-4
    2 पदहरू
    70%

    3मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।

    4तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए ।

  • गिन 27:7-10
    4 पदहरू
    70%

    7“सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।

    8तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।

    9यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।

    10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।

  • निर्ग 6:22-25
    4 पदहरू
    70%

    22उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।

    23हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।

    24कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।

    25हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।

  • 25तिनीहरू सात जना दाजुभाइ थिए । पहिलोले विवाह गर्‍यो । कुनै पनि सन्तान नभईकन उसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोड्यो ।

  • 1¶ योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।

  • 17एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए ।

  • 61र पुजारीहरूबाट: होबायाहका, हक्‍कोसका र बर्जिल्‍लै (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरे र तिनीहरूका नाउँ राखे) परिवार ।

  • मर 12:20-21
    2 पदहरू
    68%

    20त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले आफ्नी पत्‍नी ल्याए र बच्‍चा नभई मरे ।

    21दोस्रोले दाजुकी पत्‍नी लगे र कुनै बालबच्‍चा नभई तिनी मरे । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।

  • लू 20:29-31
    3 पदहरू
    67%

    29सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निसन्तान मर्‍यो

    30अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो र निसन्तान मर्‍यो ।

    31साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे ।

  • 15माकीरले हुप्‍पीहरू र शुप्‍पीहरूबाट एउटी पत्‍नी ल्याए । माकीरकी बहिनीको नाउँ माका थियो । मनश्शेका अर्का सन्तानको नाउँ सलोफाद थियो, जसका छोरीहरू मात्र थिए ।

  • 15सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।

  • 34अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।

  • 33हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।

  • 8आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

  • 6तिनीहरूका छोरीहरूलाई उनीहरूले आफ्ना पत्‍नीहरू बनाएर ल्याए, र उनीहरूका आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई दिए र तिनीहरूका उनीहरूका देवताहरूका सेवा गरे ।

  • 32शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।

  • गिन 27:3-4
    2 पदहरू
    66%

    3तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।

    4तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।”

  • 2तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,

  • 4तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।

  • 6सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।'

  • 60हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।

  • 5सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।

  • 63पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) ।

  • न्या 21:22-23
    2 पदहरू
    65%

    22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”

    23बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।

  • 4एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।

  • 7बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”