अय्यूब 42:15

अनलक शाब्दिक बाइबल

सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्‍त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्‍ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 27:7 : 7 “सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।
  • यहो 15:18-19 : 18 त्यपछि चाँडै अक्सा ओत्‍निएलकहाँ आइन् र उनले तिनलाई आफ्‍नो बुबासँग खेत माग्‍न आग्रह गरिन् । जब तिनी आफ्‍नो गधाबाट ओर्लिन्, कालेबले तिनलाई भने, “तिमी के चाहन्छ्यौ?” 19 अक्साले जवाफ दिइन्, “मलाई विशेष कृपा गर्नुहोस्, किनभने तपाईंले मलाई नेगेवको भू-भाग दिनुभएको छ, मलाई पानीका मुहानहरू पनि दिनुहोस् ।” अनि कालेबले तिनलाई पानीका माथिल्लो र तल्‍लो मुहानहरू दिए ।
  • यहो 18:4 : 4 हरेक कुलको निम्ति तिन-तिन जना मानिस चुन र म तिनीहरूलाई पठाउने छु । तिनीहरूले गएर भू-भागहरूको सबै कुराको सर्वेक्षण गर्ने छन् । तिनीहरूले यसको विवरण तिनीहरूको उत्तराधिकारको दृष्‍टिकोणबाट तयार पार्ने छन् र त्यसपछि तिनीहरू मकहाँ फर्केर आउने छन् ।
  • भजन 144:12 : 12 हाम्रा छोराहरू आफ्‍नो जवान अवस्‍थाको पूर्ण आकारमा वृद्धि भएका रूखहरूजस्ता र हाम्रा छोरीहरू कुँदिएका कुनामा खम्बाहरूजस्ता, दरबारका जस्तै रूपवती होऊन् ।
  • प्रेरि 7:20 : 20 त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 42:12-14
    3 पदहरू
    81%

    12परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।

    13तिनका सात छोरा र तिन छोरी पनि थिए ।

    14तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।

  • 2तिनका सात जना छोरा र तीन जना छोरी जन्‍मिएका थिए ।

  • 16यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।

  • 8आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

  • गिन 36:10-12
    3 पदहरू
    70%

    10त्यसैले सलोफादका छोरीहरूले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे ।

    11सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे ।

    12तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो ।

  • गिन 27:7-9
    3 पदहरू
    70%

    7“सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।

    8तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।

    9यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।

  • 4हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्‍थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।

  • उत्प 6:1-2
    2 पदहरू
    69%

    1¶ मानिसहरूको संख्या पृथ्वीमा वृद्धि हुँदैजाँदा र तिनीहरूका छोरीहरू जन्‍मे,

    2परमेश्‍वरका छोराहरूले मानव-जातिका छोरीहरूलाई आकर्षक (राम्री) देखे । तिनीहरूले तिनीहरूमध्ये कसैलाई आफैले चुनेको पत्‍नी ल्याए ।

  • 13कुनै एक दिनमा यस्‍तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्‍ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।

  • 3मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।

  • यिर्मि 16:2-3
    2 पदहरू
    68%

    2“यो ठाउँमा आफ्नो लागि पत्‍नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।

    3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 29“धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”

  • 22एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।

  • 9मालिकले त्यसलाई आफ्नो छोरोकी पत्‍नी हुन दियो भने त्यसलाई आफ्नी छोरीलाई जस्तै व्यवहार गरोस् ।

  • 6सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।'

  • 1¶ योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।

  • 7बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?”

  • 22जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’”

  • 9राजाकी छोरीहरू तपाईंका आदरनिय स्‍त्रीहरूका माझमा हुन्‍छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्‍छिन् ।

  • 33हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए ।

  • 2उनका बुबाले भने, “तपाईंले उनलाई घृणा गर्नुहुन्छ भनी मैले सोचेको थिएँ, यसैले मैले त्यसलाई तपाईंको साथमा बसेको मित्रलाई दिएँ । उनकी कान्छी बहिनी उनीन्दा सुन्दरी छिन् । तिनैलाई लैजानुहोस् ।”

  • 6किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो ।

  • 9सहरेम आफ्‍नी पत्‍नी होदेशबाट योबाब, सिबिअ, मेशा, मल्‍काम,

  • 16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो ।

  • 16त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।”

  • 8हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”

  • 2मोशा र इस्राएलका मानिसहरूका पुर्खाहरूका परिवारहरूको प्रमुखहरूको सामु भने, “परमप्रभुले हाम्रा मालिक तपाईंलाई इस्राएलका मानिसहरूलाई चिट्ठाद्वारा भूमिको हिस्सा दिने आज्ञा दिनुभयो । हाम्रो भाइ सलोफादको हिस्सा तिनका छोरीहरूलाई दिन परमप्रभुले तपाईंलाई आज्ञा गर्नुभएको थियो ।

  • 31जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्‍ने कहीँ पनि कोही मानिस छैन ।

  • 14घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाट आउँछ ।

  • 12त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”

  • 21“यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्‍नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ ।

  • 36यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।

  • 34अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।