अय्यूब 1:4
हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।
हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13कुनै एक दिनमा यस्तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।
14एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।
5जब भोजका दिनहरू समाप्त हुन्थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।
6तब एक दिन परमेश्वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।
18जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।
2तिनका सात जना छोरा र तीन जना छोरी जन्मिएका थिए ।
3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्ये सबभन्दा महान् मानिस थिए ।
11तब अय्यूबका सबै दाजु-भाइ, दिदी-बहिनी र तिनले पहिले चिनेका सबै जना तिनीकहाँ आए, र तिनको घरमा भोज गरे । परमप्रभुले तिनीमाथि ल्याउनुभएका सबै विपत्तिको निम्ति तिनीहरूले तिनलाई सहानुभूति र सान्त्वना प्रकट गरे । हरेकले अय्यूबलाई चाँदीको टुक्रा र सुनको औँठी दिए ।
12परमप्रभुले अय्यूबको जीवनको अगिल्लो समयमा भन्दा पछिल्लो समयमा झन् धेरै आशिष् दिनुभयो । तिनका चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार गधैनी थिए ।
13तिनका सात छोरा र तिन छोरी पनि थिए ।
14तिनले जेठीको नाउँ यमीमा, माहिलीको नाउँ कसीआ र कान्छीको नाउँ केरेन-हप्पूक राखे ।
15सारा देशमा अय्यूबका छोरीहरूजत्तिकै सुन्दरी कुनै स्त्रीहरू पनि थिएनन् । तिनीहरूका पिताले तिनीहरूलाई आफ्ना दाजुभाइसरह नै पैतृक-अंश दिए ।
16यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।
4तिनका ससुरा, त्यस स्त्रीका बुबाले तिन दिन त्यहीं बस्न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।
5चौथो दिनमा तिनीहरू बिहानै उठे र तिनी जानलाई तयार भए, तर त्यस स्त्रीका बुबाले आफ्नो ज्वाँइलाई भने, “अलिकति रोटी खाएर आफूलाई बलियो बनाउनुहोस्, अनि जानुहोस् ।”
6त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्नुहोस् र रमाइलो गर्नुहोस् ।”
30त्यसैले इसहाकले तिनीहरूका निम्ति भोज तयार गरे, र तिनीहरूले खाए र पिए ।
10शिमशोनका बुबा तल त्यो स्त्री भएको ठाउँमा गए, र शिमशोनले त्यहाँ एउटा भोज दिए, किनकि त्यो दुलहाले गर्नैपर्ने प्रचलन थियो ।
34आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए । तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो । तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए ।
8तँ खान र पिउनलाई तिनीहरूसँगै बस्न भोजको घरमा तैंले जानुहुँदैन ।'
39तिनीहरूले त्यहाँ खाँदै र पिउँदै तिन दिनसम्म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेर पठाएका थिए ।
1¶ बेलसजर राजाले आफ्ना एक हजार भारदारहरूका निम्ति एउटा ठुलो भोजको आयोजना गरे, र ती सबै एक हजार मानिसहरूका सामु तिनले दाखमद्य पिए ।
22तब लाबानले त्यस ठाउँका सबै मानिसहरू जम्मा गरेर भोज दिए ।
21त्यसैले ती मानिसले ती लेवीलाई आफ्नो घरभित्र ल्याए र गधाहरूलाई केही खान दिए । तिनीहरूले आफ्ना खुट्टा धोए र खाए र पिए ।
8त्यसकारण अब आफ्नो निम्ति सातवटा साँढे र सातवटा भेडा लेओ, मेरो दास अय्यूबकहाँ जाओ, र आफ्नो लागि होमबलि चढाओ । मेरो दास अय्यूबले तिमीहरूका लागि प्रार्थना चढाउनेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु, जसको कारणले तिमीहरूको मूर्खताअनुरूपको व्यवहार मैले तिमीहरूसित गर्न नपरोस् । मेरो दास अय्यूबले भनेझैं तिमीहरूले मेरो विषयमा जे ठिक छ, सो बोलेका छैनौ ।”
3तर तिनले उनीहरूलाई ज्यादै आग्रह गरे, त्यसैकारण उनीहरू तिनीसँगै घरभित्र प्रवेश गरे । तिनले भोजनमा खमिर नराखेको रोटी तयार गरे, र उनीहरूले खाए ।
5यी दिन समाप्त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो ।
13तर त्यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्दैछन् ।
14तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ ।
4जब एल्कानाले हरेक वर्षझैं बलिदान गर्ने समय आयो, तिनले सदैव तिनकी पत्नी पनिन्नाह र तिनका सबै छोरा र छोरीलाई मासुको भागहरू दिन्थे ।
33यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्ने उनलाई पत्तो नै भएन ।
34अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।”
31जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्ने कहीँ पनि कोही मानिस छैन ।
23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।
54तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्यो रात त्यहीँ बिताए अनि बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस् ।”
12तब सारा मानिस खानपान गर्न, पिउन, भोजन बाँडचुँड गर्न र बडो आनन्दसाथ उत्सव मनाउन आ-आफ्नो बाटो लागे किनकि तिनीहरूलाई बताइएका वचनहरू तिनीहरूले बुझेका थिए ।
25किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’
25अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने ।
23त्यसपछि मोटो पशु मार । हामी खाऔँ र उत्सव मनाऔँ ।
8“जबरजस्ती गरिनुहुँदैन” भन्ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।
11जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले ।
6भोलिपल्ट मानिसहरू सबेरै उठे र तिनीहरूले होमबलि र मेलबलि चढाए । तब तिनीहरू खान र पिउनलाई बसे अनि मोजमा डुब्न लागे ।
4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’