उत्पत्ति 19:33

अनलक शाब्दिक बाइबल

यसैकारण त्यस रात तिनीहरूले आफ्ना बुबालाई मद्य पिउन लगाए । त्यसपछि जेठीचाहिँ भित्र गइन् र आफ्ना बुबासँग सुतिन्; तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 18:6-7 : 6 आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस् । म परमप्रभु हुँ । 7 आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू । त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर् ।
  • नीति 20:1 : 1 ¶ दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्‍चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
  • नीति 23:29-35 : 29 कोसित कष्‍ट छ? कोसित शोक छ? कोसित कलह छ? कोसित गुनासो छ? कोसित विनाकारण चोट छ? कसका आँखा राताराता छन्? 30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् । 31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् । 32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ । 33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् । 34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ । 35 तैँले भन्‍ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु ।”
  • हब 2:15-16 : 15 ‘धिक्‍कार त्यसलाई जसले आफ्नो छिमेकीलाई मद्य पियाउन जोड गर्छ । तैँले आफ्नो रिस पोख्‍नलाई, र तिनीहरूको नग्‍नता हेर्नको निम्ति तिनीहरूलाई मद्यले टिल्ल पार्छस् ।’ 16 तँ महिमाले होइन तर शर्मले भरिनेछस् । अब यो तेरो पालो हो! पिई र आफ्नो गुप्‍तांग देखा! परमप्रभुको दाहिने हातमा भएको कचौरा तँकहाँ आउँदै छ, र कलंकले तेरो महिमालाई ढाक्‍नेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 19:34-37
    4 पदहरू
    93%

    34अर्को दिन जेठीले कान्छीलाई भनिन्, “सुन, गएको रात म मेरो बुबासँग सुतेँ । आजको रातमा पनि उहाँलाई मद्य पिउन लगाऔँ, र हाम्रो बुबाको वंश विस्तार गर्नको निम्ति तिमी गएर उहाँसँग सुत ।”

    35यसैकारण, तिनीहरूले आफ्ना बुबालाई त्यस रात पनि मद्य पिउन लगाए, र कान्छीचाहिँ गएर उनीसँग सुतिन् । तिनी कहिले सुतिन् र कहिले उठिन् भन्‍ने उनलाई पत्तो नै भएन ।

    36यसरी लोतका दुवै छोरीहरू आफ्ना बुबाबाट गर्भवती भइन् ।

    37जेठीले एउटा छोरो जन्माइन्, र त्यसको नाउँ मोआब राखिन् । वर्तमान समयका मोआबीहरूका पुर्खा उनी नै हुन् ।

  • उत्प 19:30-32
    3 पदहरू
    91%

    30तर लोत आफ्ना दुई छोरीसँग सोअरबाट पहाडहरूमा बसोबास गर्न गए, किनभने तिनी सोअरमा बस्‍न डराए । यसैकारण, तिनी र तिनका दुई छोरीहरू एउटा गुफामा बसे ।

    31जेठीले कान्छीलाई भनिन्, “हाम्रा बुबा वृद्ध भएका छन्, र सारा संसारको रीतिअनुसार हामीसँग सुत्‍ने कहीँ पनि कोही मानिस छैन ।

    32आऊ, हाम्रो बुबालाई मद्य पिउन लगाऔँ, अनि हाम्रो बुबाको वंशलाई बिस्तार गर्न हामी उहाँसँग सुतौँ ।”

  • उत्प 9:21-24
    4 पदहरू
    78%

    21दाखमद्य पिएर तिनी मात्तिए । तिनी आफ्नो पालमा नाङ्गै पल्टिरहेका थिए ।

    22तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।

    23त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।

    24नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो ।

  • 16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • 11आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई । त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत् ।

  • 7याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्‍जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो ।

  • 25तर ती मानिसहरूले तिनको कुरा सुनेनन्, यसैले त्यस मानिसले आफ्‍नी उपपत्‍नीलाई समाते र उसलाई बाहिर लगे । तिनीहरूले त्यसलाई बलात्कार गरे र रातभरी त्यसलाई दुर्व्यवहार गरे, र झिसमिसेमा त्यसलाई छोडिदिए ।

  • 6त्यसैले तिनीहरू दुई जना सँगै बसेर खान र पिउन थाले । तब त्यस स्‍त्रीका बुबाले भने, “कृपया अझै एक रात बस्‍नुहोस् र रमाइलो गर्नुहोस् ।”

  • 18जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।

  • 11जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”

  • 23साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।

  • 11आफ्नो बुबाकी पत्‍नीसँग सुत्‍ने मानिसले आफ्नो बुबाको नग्‍नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्‍नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।

  • 27याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए ।

  • 14तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।

  • लैव्य 18:8-9
    2 पदहरू
    69%

    8आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत् । त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर् ।

    9आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।

  • 14तिनी बिहानसम्म नै तिनको खुट्टाको छेउमा सुतिरहिन् । तर तिनी एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि नै उठिन् । किनभने बोअजले भने, “कुनै महिला खलामा आइन् भनी कसैले थाहा नपाओस् ।”

  • 4बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।

  • 4तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिन दिन त्यहीं बस्‍न तिनलाई मनाए । तिनीहरूले खाए र पिए, र तिनीहरूले रात त्यहीं कटाए ।

  • 8हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”

  • 9त्यो बालक आफ्नो हुनेछैन भनेर ओनानलाई थाहा थियो । आफ्नो दाजुकी पत्‍नीसँग सहवास गर्दा दाजुको कुनै सन्तान नहोस् भनेर उसले आफ्नो वीर्य भुइँमा पतन गर्थ्यो ।

  • 22इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्‍ह जना छोरा थिए ।

  • 2त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।

  • 31तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?”

  • 19आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्‍ने छस् ।

  • 9जब ती लेवी, तिनकी उपपत्‍नी र तिनका सेवक जानलाई उठे, तब तिनका ससुरा, त्यस स्‍त्रीका बुबाले तिनलाई भने, “हेर्नुहोस्, दिन ढल्‍केर साँझ पर्न लागेको छ । कृपया अर्को एक रात यहीँ बस्‍नुहोस् र रमाइलो गर्नुहोस् । तपाईं भोलि बिहान सबेरै उठ्न र घर फर्कन सक्‍नुहुन्छ ।”

  • 7जब बोअजले खाए र पिए, तिनको हृदय खुसी भयो, तिनी अन्‍नको थुप्रोको छेउमा गएर सुते । त्यसपछि तिनी बिस्तारै आइन् र तिनको खुट्टाको ओढ्ने उठाएर सुतिन् ।

  • 20'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'

  • 10तेरो भित्र भएका मानिसहरूले आफ्‍ना पिताको नङ्नता प्रकट गर्छन्‌ । तेरो भित्र भएका मानिसहरूले रजस्‍वला भएकी स्‍त्रिसँग सम्‍भोग गरेर अशुद्ध भएका छन् ।

  • 22जब तिनीहरू खुशी मनाइरहेका थिए, सहरका केही काम नलाग्‍ने मानिसहरूले घरलाई घेरे र ढोकामा हिर्काउन थाले । घरका मालिक, ती वृद्ध मानिसलाई तिनीहरूले यसो भने, “तिम्रो घरमा आएको मानिसलाई यहाँ बाहिर निकाल, ताकि हामी त्यससँग सहवास गर्नेछौं ।”

  • 5तिनीहरूले लोतलाई बोलाएर भने, “साँझ तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई बाहिर हामीकहाँ ल्याऊ, ताकि हामी तिनीहरूसँग सुत्‍न सकौँ ।”

  • 18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।

  • 4तर जब तिनी सुत्छन् तिनी सुत्‍ने ठाउँ ख्याल गर, ताकि पछि तिमी तिनीकहाँ गएर तिनको खुट्टातिरको ओढ्ने उठाएर त्यहाँ सुत्‍न सक्छौ । अनि तिमीले के गर्नुपर्छ त्यो तिनले बताउनेछन् ।”

  • 38त्यसपछि तिनले बगालहरूको सामु रहेका ती ताछिएका हाँगाहरू पानी पिउन आउने डूँडको सामु राखे । पानी पिउन आउँदा तिनीहरू गर्भवती भए ।

  • 22त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।

  • 17कोही पुरुषले आफ्नी दिदी-बहिनी, वा आफ्नो बुबा वा आमाकी छोरीसँग सुतेर त्यसको नग्‍नता प्रकट गर्दछ, र त्यसले त्यस पुरुषको नग्‍नता देख्‍दछे भने, यो शर्मको कुरा हो । त्यो आफ्नी दिदी-बहिनीसँग सुतेको कारण तिनीहरू आफ्ना मानिसहरूको उपस्थितिबाट बहिष्‍कृत गरिनुपर्छ । त्यसले आफ्नो दोष बोकिरहने छ ।

  • 15लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्‍नेछन् ।”