१ इतिहास 24:2

अनलक शाब्दिक बाइबल

नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 10:2 : 2 यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।
  • गिन 3:4 : 4 तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।
  • गिन 26:61 : 61 नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।
  • गिन 16:39-40 : 39 पुजारी एलाजारले आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका काँसाका धुपौराहरू लिए र 40 इस्राएलका मानिसहरूलाई याद दिलाउने कुरा हुनलाई तिनीहरूलाई पिटेर वेदी मोहर्ने बनाइयो, परमप्रभुको सामु धूप बाल्न ताकि हारूनका सन्तान बाहिर कोही पनि नआओस् र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरू कोरह र तिनका समूहजस्ता नहोऊन् ।
  • गिन 18:7 : 7 तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”
  • लैव्य 10:12 : 12 मोशाले हारून र तिनका बाँकी छोराहरू एलाजार र ईतामारलाई भने, “परमप्रभुको सामु आगोद्वारा गरिएको बलिदानबाट बाँकी अन्‍नबलि लिएर वेदीको छेउमा खमिर नराखी खाओ, किनभने यो अति पवित्र छ ।
  • निर्ग 24:1 : 1 ¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ उक्लेर आओ र केही दूरी राखेर मेरो आराधना गर ।
  • निर्ग 24:9 : 9 तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।
  • निर्ग 29:9 : 9 हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 3:2-5
    4 पदहरू
    91%

    2हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए ।

    3हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए ।

    4तर नादाब र अबीहूले सीनै पर्वतमा अस्वीकार्य आगो परमप्रभुलाई चढाउँदा तिनीहरू उहाँको सामु मरे । नादाब र अबीहूका कुनै छोराछोरी थिएन । यसैले एलाजार र ईतामारले तिनीहरूका बुबा हारूनसँग पुजारीको रूपमा सेवा गरे ।

    5परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 1¶ हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।

  • गिन 26:60-61
    2 पदहरू
    82%

    60हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे ।

    61नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे ।

  • लैव्य 10:1-2
    2 पदहरू
    76%

    1¶ हारूनका छोराहरू नादाब र अबीहू दुवैले हारूनको धुपौरो लिए र त्यसमा आगो र धूप राखे । अनि तिनीहरूले परमप्रभुले आज्ञा नगर्नुभएको आगो उहाँको सामु अर्पण गरे ।

    2यसैकारण परमप्रभुको सामुबाट आगो निस्‍कियो र तिनीहरूलाई भष्‍म गरिदियो, र तिनीहरू परमप्रभुको सामु मरे ।

  • १ इति 24:3-6
    4 पदहरू
    75%

    3दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।

    4ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।

    5तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।

    6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।

  • 1¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।

  • 6(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।

  • 1¶ हारूनका दुई छोरा परमप्रभुको अगि गएका कारण तिनीहरूको मृत्‍यु भएपछि परमप्रभु मोशासँग बोल्‍नुभयो ।

  • १ इति 23:21-22
    2 पदहरू
    72%

    21मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।

    22एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।

  • १ इति 6:49-50
    2 पदहरू
    71%

    49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।

    50हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।

  • 19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

  • १ इति 6:3-4
    2 पदहरू
    71%

    3अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।

    4एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।

  • 28महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।

  • 7तर वेदी र पर्दाभित्र भएका सबै थोकसित सम्बन्धि पुजारीको काम तँ र तेरा छोराहरूले मात्र गर्न सक्छस् । ती दायित्वहरू तँ आफैले पुरा गर्नुपर्छ । पुजारीको पद मैले तँलाई उपहारको रूपमा दिइरहेको छु । नजिक आउने कुनै पनि परदेशीलाई मार्नुपर्छ ।”

  • निर्ग 6:23-24
    2 पदहरू
    70%

    23हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।

    24कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।

  • 26हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।”

  • 31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।

  • गिन 3:10-11
    2 पदहरू
    70%

    10तैँले हारून र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्नुपर्छ र नजिक आउने कुनै पनि मानिसलाई मार्नुपर्छ ।”

    11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 28मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।

  • 30नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।

  • 22त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।

  • 9तब मोशा, हारून, नादाब, अबीहू र इस्राएलका सत्तरी जना धर्म-गुरु पर्वतमाथि उक्लेर गए ।

  • 11तर कोरहका वंश मरेनन् ।

  • गिन 18:1-3
    3 पदहरू
    69%

    1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

    2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

    3तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,

  • 3तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।

  • 33हारूनका छोरा एलाजार पनि मरे । तिनीहरूले तिनलाई गिबा अर्थात् तिनका छोरा पीनहासको सहरमा गाडे, जुन तिनलाई दिइएको थियो । यो एफ्राइमको पहाडी देशमा थियो ।

  • 34तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।

  • 32तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।

  • 19परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो ।

  • 15पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”

  • 28तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।

  • 5अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।

  • 16त्यसपछि मोशाले पापबलिको बोकोको बारेमा सोधे, र त्यो जलाइएको रहेछ भनेर उनले थाहा पाए । यसैकारण हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसँग उनी रिसाएर यसो भने,

  • 43हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्‍नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो ।