१ कोरिन्थीहरू 1:23
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17किनकि येशूले मलाई बप्तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । ख्रीष्टको क्रुस शक्तिहीन नबनाइयोस् भनेर उहाँले मलाई मानवीय बुद्धिका वचनहरूद्वारा प्रचार गर्न पठाउनुभएन ।
18किनकि क्रुसको सन्देश मरिरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्ति हो ।
19किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्हरूको बुद्धि नष्ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
20बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र?
21संसारले आफ्नो बुद्धिले परमेश्वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्न नसकेको हुनाले विश्वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्वरलाई उचित लाग्यो ।
22किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
24तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्टलाई परमेश्वरको शक्ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
25किनकि परमेश्वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्वरको दुर्बलता मानिसभन्दा शक्तिशाली छ ।
26भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
27तर परमेश्वरले बुद्धिमान्हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्वरले दुर्बल कुरालाई छान्नुभयो ।
28परमेश्वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्नुभयो ।
29उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
30परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो ।
1¶ भाइहरू हो, गुप्तमा रहेका परमेश्वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्ता र बुद्धिका साथमा आइनँ ।
2तिमीहरूका माझमा हुँदा येशू ख्रीष्ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्ने निर्णय गरे ।
3अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।
4र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए ।
5तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् ।
6अब, परिपक्वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् ।
7बरु, लुकाइएका सत्यतामा हामी परमेश्वरको बुद्धिको प्रचार गर्छौं, लुकेको बुद्धि जो परमेश्वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्त गर्नुभयो ।
8यस युगका कुनै पनि शासकहरूले यो ज्ञानलाई जानेनन्, तर तिनीहरूले त्यस समयमा यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्ने थिएनन् ।
1¶ हे मूर्ख गलातीहरू! कसको दुष्ट आँखाले तिमीहरूलाई नोक्सानी गर्यो? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र?
18कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
19किनकि संसारको ज्ञान परमेश्वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
14हाम्रा प्रभु येशू ख्रीष्टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।
10हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
3यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ ।
4तिनीहरूको विषयमा भन्ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्दैनन्, जो परमेश्वरको स्वरूप हुनुहुन्छ ।
5किनकि हामी आफैँलाई होइन, तर ख्रीष्टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।
12मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्टको हुँ” भन्छौ ।
13के ख्रीष्ट बाँडिनुभएको छ र? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए र? के तिमीहरूले पावलको नाउँमा बप्तिस्मा लियौ र?
8र “एउटा ठक्कर लाग्ने ढुङ्गा र एउटा ठक्कर लाग्ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
16म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
32किन पाएनन् त? किनकि तिनीहरूले विश्वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठेस खाए,
33जस्तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्ने ढुङ्गा र चोट लाग्ने चट्टान राख्दै छु । जसले यसमा विश्वास गर्छ त्यो लज्जित हुनेछैन ।”
22तिनीहरूले बुद्धिमान् भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
23तिनीहरूले अविनाशी परमेश्वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गी, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमासँग साटे ।
9त्यसो भए के त? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।
15कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावले पनि ख्रीष्टको प्रचार गरेका छन् ।
16प्रेमले ख्रीष्टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्ने कुरा जान्दछन् ।
11मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्ट हुने थियो ।
32तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर ।
27यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो ।
28उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
14परमेश्वरका आत्माका कुराहरू अनात्मिक व्यक्तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्न सकिन्छ ।
15किनकि हामी परमेश्वरको निम्ति उद्धार पाएकाहरू र नष्ट भइरहेकाहरूका निम्ति ख्रीष्टका सुबास्ना हौँ ।
17त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।
15जसले प्रभु येशू र अगमवक्ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
13किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।
11किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्ट हुनुहुन्छ ।