१ कोरिन्थीहरू 11:2

अनलक शाब्दिक बाइबल

म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ थेस 2:15 : 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
  • १ कोरि 4:17 : 17 यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
  • १ कोरि 11:17 : 17 यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।
  • १ कोरि 11:22 : 22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनूँ? के तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
  • १ कोरि 15:2 : 2 मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।
  • २ थेस 3:6 : 6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।
  • १ थेस 4:1-2 : 1 ¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ । 2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।
  • १ थेस 3:6 : 6 जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
  • १ कोरि 7:17 : 17 प्रभुले खटाएबमोजिम र परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।
  • नीति 31:28-31 : 28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्, 29 “धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।” 30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ । 31 उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।
  • लू 1:6 : 6 परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।

  • 15यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।

  • १ कोरि 4:16-17
    2 पदहरू
    76%

    16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।

    17यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।

  • 3हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

  • 3म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।

  • 3मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।

  • १ थेस 4:1-2
    2 पदहरू
    72%

    1¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।

    2किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौँ ।

  • १ कोरि 15:1-2
    2 पदहरू
    72%

    1¶ भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र तिमीहरू त्यसैमा रहन्छौ ।

    2मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यही सुसमाचारद्वारा तिमीहरू बचाइन्छौ । नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।

  • 15मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।

  • 5म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ?

  • १ थेस 1:2-3
    2 पदहरू
    71%

    2तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।

    3हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो ।

  • 5र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।

  • 4तिमीलाई प्रार्थनामा सम्झना गर्दा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

  • 2र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।

  • २ तिमो 1:13-14
    2 पदहरू
    71%

    13ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर ।

    14जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।

  • 11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।

  • 17तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।

  • 6यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।

  • 7त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।

  • 70%

    12यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।

    13जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्‍नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ ।

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 16मैले तिमीहरूको लागि परमेश्‍वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैन ।

  • 8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

  • २ कोरि 7:15-16
    2 पदहरू
    70%

    15तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ ।

    16म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।

  • २ पत्रु 3:1-2
    2 पदहरू
    70%

    1¶ प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,

    2ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।

  • २ थेस 3:6-7
    2 पदहरू
    70%

    6अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।

    7तिमीहरू आफैलाई थाहा छ, कि कसरी तिमीहरूले हाम्रो अनुकरण गरेका छौ जसरी हामीले तिमीहरूका बिचमा अल्छीपना देखाएनौँ,

  • 9तिमीहरूलाई जाँच गर्न सकूँ र तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ भनी मैले बुझ्‍न सकूँ भनेर मैले तिमीहरूलाई लेखेँ ।

  • 9किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।

  • 17भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर ।

  • 4ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैँ धन्यवाद दिन्छु ।

  • 11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।

  • 10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

  • 9तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।

  • 12भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।

  • 7तिमीहरूलाई सिकाइएको जस्तै गरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।

  • 9जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्‍त गर्‍यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ ।

  • 15तर मलाई परमेश्‍वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।

  • 14किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।

  • 6यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार ।

  • 37यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।

  • 17यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।