१ कोरिन्थीहरू 3:2

अनलक शाब्दिक बाइबल

मैले तिमीहरूलाई दूध खुवाएँ, मासु होइन, किनकि तिमीहरू मासु खानको लागि तयार थिएनौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 16:12 : 12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।
  • १ पत्रु 2:2 : 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,
  • इब्रा 5:11-14 : 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ । 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ । 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ । 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैँ बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैँ बोलेँ ।

  • इब्रा 5:11-14
    4 पदहरू
    81%

    11हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।

    12किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।

    13किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।

    14तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्‍वताको बुझाइको तालिमले तिनीहरू दुष्‍टबाट असल छुट्‌ट्याउन सक्‍ने भएका हुन्छन् ।

  • १ कोरि 3:3-4
    2 पदहरू
    80%

    3किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?

    4किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?

  • १ पत्रु 2:2-3
    2 पदहरू
    77%

    2नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,

    3यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,

  • 20भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।

  • १ थेस 2:7-8
    2 पदहरू
    73%

    7यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौँ ।

    8यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौँ किनभने तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ ।

  • 9त्यसले कसलाई ज्ञान सिकाउनेछ र त्यसले कसलाई सन्देश बताउनेछ? जसलाई दूध छोडाइएका छन् वा जसलाई बरखरै दूधबाट अलग गरिका छन्?

  • 11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।

  • 12मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।

  • 13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।

  • १ कोरि 4:14-15
    2 पदहरू
    69%

    14तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई सुधार गर्नको निम्ति लेख्छु ।

    15किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍टमा तिमीहरूका पिता बनेँ ।

  • 3के तिमीहरू यति धेरै मूर्ख भएका छौ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ?

  • 3अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।

  • १ कोरि 2:13-14
    2 पदहरू
    68%

    13हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।

    14परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ ।

  • 6यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।

  • 1¶ मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!

  • 20तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ ।

  • 14हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ ।

  • 3र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।

  • 3यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्‌का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।

  • 9विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।

  • 3र सबैले एउटै आत्मिक भोजन खाए ।

  • 3तिमीहरूलाई म यो भन्छु, किनकि तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्छौ । उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न । तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ ।

  • 9तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?

  • २ थेस 3:8-9
    2 पदहरू
    67%

    8न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ ।

    9यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।

  • 19मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।

  • 15तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।

  • 14हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन इच्छुक छु । तिमीहरूका निम्ति म बोझ बन्‍न चाहन्‍नँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ । म तिमीहरूलाई चाहन्छु । किनकि छोराछोरीहरूले आमा बाबुको निम्ति बचत गर्दैनन् । बरु, आमा बाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ ।

  • १ कोरि 12:1-2
    2 पदहरू
    66%

    1¶ भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ ।

    2तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्‍ने मूर्तितिर बहकाइएका थियौ ।

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 6तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।

  • 11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?

  • 1¶ अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।

  • 16येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?

  • 3तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ ।

  • 15यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।

  • 5यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्‍वासबारे जान्‍न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।

  • 15त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।

  • 13मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।

  • 13त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।