१ राजा 13:11

अनलक शाब्दिक बाइबल

बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे । त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए । परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 23:18 : 18 त्‍यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे ।
  • यहे 13:2 : 2 “ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।
  • यहे 13:16 : 16 यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
  • मत्त 7:22 : 22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेका थिएनौँ र? के तपाईंको नाउँमा भूतहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेका थिएनौँ र?’
  • १ तिमो 3:5 : 5 तर यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्दछ?
  • २ पत्रु 2:16 : 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
  • गिन 23:4-5 : 4 तिनी पहाडको टुप्पोमा हुँदा परमेश्‍वरले तिनलाई भेट्नुभयो र बालामले उहाँलाई भने, “मैले सातवटा वेदी बनाएको छु र मैले हरेक वेदीमा एउटा-एउटा साँढे र भेडा बलि चढाएको छु ।” 5 परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।”
  • गिन 24:2 : 2 तिनले आँखा खोलेर इस्राएल कुल-कुल गरी आ-आफ्नो छाउनीमा देखे र परमेश्‍वरका आत्मा तिनीमाथि आयो ।
  • १ शमू 10:11 : 11 जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”
  • १ राजा 13:20-21 : 20 तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र 21 तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी
  • १ राजा 13:25 : 25 मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको र लाशनेर सिंह उभिरहेको देखे । तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 13:12-15
    4 पदहरू
    86%

    12तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए ।

    13त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए ।

    14ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।”

    15तब ती वृद्ध अगमवक्ताले तिनलाई भने, “मसितै घरमा आउनुहोस् र खानपान गर्नुहोस् ।”

  • १ राजा 13:9-10
    2 पदहरू
    80%

    9किनकि परमप्रभुले आफ्नो वचनद्वारा मलाई आज्ञा दिनुभएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न त पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

    10त्यसैले परमेश्वरका जन अर्कै बाटो भएर गए, र तिनी जुन बाटो भएर आएका थिए त्यही बाटो भएर आफ्नो घरमा फर्केनन् ।

  • १ राजा 13:31-32
    2 पदहरू
    74%

    31तिनले लाशलाई गाडिसकेपछि वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “जब म मर्छु, मलाई परमेश्वरका जन गाडिएकै चिहानमा गाड्नू । मेरा हड्डीहरू तिनका हड्डीहरूको छेउमा रहून् ।

    32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”

  • 1¶ परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए ।

  • १ राजा 13:17-27
    11 पदहरू
    73%

    17किनकि परमप्रभुको वचनद्वारा मलाई आज्ञा दिइएको छ, 'तैँले त्यहाँ रोटी नखानू, न पानी पिउनू, न तँ आएको बाटो फर्केर जानू' ।”

    18त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए ।

    19त्यसैले परमेश्वरका जन ती वृद्ध अगमवक्तासँगै फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए ।

    20तिनीहरू टेबुलमा बस्दै गर्दा परमप्रभुको वचन तिनलाई फर्काएर ल्याउने अगमवक्ताकहाँ आयो, र

    21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

    22फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन किनकि तैँले परमप्रभुले मनाही गर्नुभएको ठाउँमा रोटी खाइस् र पानी पिइस्' ।”

    23जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे ।

    24परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो । सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्‍यो । तब गधा र सिंह लाशको छेउमा उभिएका थिए ।

    25मानिसहरू त्यो बाटो भएर जाँदा तिनीहरूले बाटोमा लाश छाडिएको र लाशनेर सिंह उभिरहेको देखे । तिनीहरू ती वृद्ध अगमवक्ता बस्ने सहरमा आएर यो कुरा बताइदिए ।

    26जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने, “तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन् । त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो ।”

    27त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे ।

  • 17तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।”

  • यहे 13:1-2
    2 पदहरू
    71%

    1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।

  • 13तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”

  • 29अगमवक्ताले परमेश्वरका जनको लाश उठाई गधामा राखे र फर्काएर ल्याए । तिनको निम्ति शोक गर्न र लाशलाई गाड्न तिनी आफ्नै सहरमा आए ।

  • २ राजा 6:12-13
    2 पदहरू
    71%

    12त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”

    13राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्‍यसलाई समात्‍न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।”

  • 3कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।

  • 11त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,

  • 27छाउनीमा भएका एक जना जवान दौडेर गएर मोशालाई भने, “एल्दाद र मेदादले छाउनीमा नै अगमवाणी गरिरहेका छन् ।”

  • २ इति 21:12-13
    2 पदहरू
    70%

    12एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,

    13तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —

  • 13एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”

  • 10त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो,

  • 3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,

  • 35तब योनादाबले राजालाई भने, “हे्र्नुहोस्, राजकुमारहरू आउँदै छन् । यो तपाईंको दासले भनेजस्तै हो ।”

  • 3बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”

  • 12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।

  • 18जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।

  • 11फेरि राजा अहज्याहले अर्का कप्‍तानलाई पचास जना सिपाहीसहित एलियाकहाँ पठाए । यी कप्‍तानले पनि एलियालाई भने, “हे परमेश्‍वरका मानिस, राजा भन्‍नुहुन्छ, 'झट्टै तल आउनुहोस्' ।”

  • 11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'

  • 32तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र?”

  • 17यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन्‌ तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”

  • 5(वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।)

  • 10इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्‍वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए ।

  • 11तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।

  • 28त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए ।

  • 13तब हेर, एक जना अगमवक्ता इस्राएलका राजाकहाँ आई भने, “परमप्रभु भन्नुहुन्छ, 'के तैँले यो विशाल सेनालाई देख्दै छस्? हेर्, म आज यसलाई तेरो हातमा सुम्पिदिने छु, र म नै परमप्रभु हुँ भनी तैँले थाहा पाउने छस्' ।”

  • 35अगमवक्ताका छोराहरूमद्ये कोही एक जनाले आफ्नो कुनै अगमवक्ता साथीलाई परमप्रभुको वचनद्वारा भने, “मलाई हिर्काऊ ।” तर ती मानिसले तिनलाई हिर्काउन इन्कार गरे ।

  • 11जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”