१ राजा 13:1
¶ परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए ।
¶ परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए, “हे वेदी, हे वेदी! परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने छ, र त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने छ । तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन्' ।”
3तब उही दिन परमेश्वरका जनले यसो भन्दै एउटा चिन्ह दिए, “परमप्रभुले घोषणा गर्नुभएको चिन्ह यही होः हेर, वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ' ।”
4बेथेलमा परमेश्वरका जनले वेदीको विरुद्धमा भनेका कुरा जब राजा यारोबामले सुने तिनले वेदीबाट आफ्नो हात पसारेर यसो भने, “त्यसलाई समात्!” तब तिने परमेश्वरको जनलाई समात्न जुन हात पसारेका थिए, त्यो सुक्यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् ।
5(वेदी पनि दुई फक्लेटा भयो, र खरानी वेदीबाट पोखियो जस्तो परमप्रभुको वचनद्वारा परमेश्वरका जनले चिन्हद्वारा व्याख्या गरेका थिए ।)
32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”
33यसपछि यारोबाम आफ्नो दुष्ट मार्गबाट फर्केनन्, तर तिनले डाँडाका ठाउँहरूका लागि सबै थरीका मानिसहरूका बिचबाट सामान्य पुजारीहरूलाई नियुक्त गरिरहे । सेवा गर्न चाहने जोसुकैलाई पनि तिनले पुजारीको रूपमा अभिषेक गर्थे ।
34यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।
15बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्यो वेदी र उच्च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे । तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए ।
16योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्यो अपवित्र पार्यो । परमेश्वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए ।
17तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।”
1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
11बेथेलमा एक जना वृद्ध अगमवक्ता बस्थे । त्यस दिन बेथेलमा परमेश्वरका जनले गरेका सबै कुरा अगमवक्ताका एक जना छोराले तिनलाई बताए । परमेश्वरका जन राजासित बोलेका थिए भन्ने कुरा पनि तिनका छोराहरूले तिनलाई बताए ।
5परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।”
6उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ । किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु ।
7गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।
31यारोबामले डाँडामा पुजा गर्ने ठाउँहरू बनाए, र तिनले सबै मानिसका बिचबाट पुजारीहरू नियुक्त गरे जो लेवीका छोराहरूमध्येका थिएनन् ।
32आठौँ महिनाको पन्ध्रौँ दिनमा यहूदामा जस्तै यारोबामले एउटा चाड ठहराए, र तिनी वेदीमा गए । तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए, र तिनले बेथेलमा आफूले बनाएका डाँडाका ठाउँहरूमा पुजारीहरू नियुक्त गरे ।
33आफ्नो मनमा योजना बनाएअनुसार आठौँ महिनाको पन्ध्रौँ दिनमा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढाए । यसरी तिनले इस्राएलीहरूका निम्ति चाड ठहराए, र धूप बाल्न आफै वेदीमा उक्लेर जाने गरे ।
15त्यसपछि यहूदाका मानिसहरूले ठुलो सोरले कराए । जब तिनीहरूले ठुलो सोरले कराए, तब परमेश्वरले यारोबाम र सबै इस्राएललाई अबिया र यहूदाको सामुन्ने प्रहार गर्नुभयो ।
12राजा दमस्कसबाट आएपछि, तिनले वेदी देखे । राजा वेदीमा गए र बलिदानहरू चढाए ।
14तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,
21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी
2जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के ।
3यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए । तिनीहरूले रहबामसित कुरा गरे र भने,
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
2तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
3“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
2यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए ।
2तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
9तब राजाले पचास जना सिपाहीसँगै एक जना कप्तानलाई एलियाकहाँ पठाए । कप्तान एलियाकहाँ गए जहाँ तिनी डाँडाको टाकुरामा बसिरहेका थिए । कप्तानले तिनलाई भने, “हे परमेश्वरका मानिस, राजाले भन्नुभएको छ, 'तल आउनुहोस्' ।”
14ती वृद्ध अगमवक्ता परमेश्वरका जनको पछिपछि गए र तिनलाई फलाँटको रुखमुनि बसिरहेको भेट्टाए, र तिनले भने, “के यहूदाबाट आउनुभएका परमेश्वरका जन तपाईं नै हुनुहुन्छ?” तिनले जवाफ दिए, “हो, म नै हुँ ।”
17त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्यो ।
26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
28यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए ।
24परमप्रभुबाट आगो बाहिर निस्कियो र वेदीको होमबलि र बोसोलाई भस्म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्च सोरमा कराए र आफ्नो शिर निहुराए ।
2यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।
2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।
3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,
14साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।
20जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्टो पारे ।
8यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्तानहरूका हातमा भएको परमप्रभुका राज्यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।
16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।
4अबिया एफ्राइमको पहाडी देशमा भएको समारैम डाँडामा खडा भए र यसो भने, “हे यारोबाम र सारा इस्राएल हो, मेरो कुरा सुन!
27यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”
18तर परमप्रभुको इच्छा जान्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
14किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
30यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।
6तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? त्यसकारण तँ उक्लेको त्यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्चय नै मर्नेछस्' ।”
1¶ परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।
12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।