१ राजा 14:17

अनलक शाब्दिक बाइबल

त्यसैले यारोबामकी पत्नी उठिन् र बाटो लागिन् अनि तिर्सामा आइन् । उनले आफ्नो घरको सँघार टेक्दा बालक मर्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 15:33 : 33 यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशाले तिस्रामा बसी सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले चौबिस वर्ष राज्य गरे ।
  • १ राजा 16:15 : 15 यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस
  • १ राजा 16:23 : 23 यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्य गरे ।
  • १ राजा 15:21 : 21 जब बाशाले यो कुरा सुने तिनले रामामा किल्ला निर्माण गर्न छाडेर तिनी तिर्सामा फर्केर गए ।
  • श्रेष्ठ 6:4 : 4 हे मेरी प्रिय, तिमी तिर्साजत्तिकै सुन्दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेनाजत्तिकै प्रतापी छ्यौ ।
  • १ राजा 16:6-9 : 6 बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए । 7 यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो । 8 यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे । 9 तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए ।
  • यहो 12:24 : 24 र तिर्साका राजा पर्छन् । सबै राजाको सङ्ख्या एकतिस जना थियो ।
  • १ शमू 2:20-34 : 20 एलीले एल्काना र तिनकी पत्‍नीलाई यसरी आशिष् दिएर भन्‍थे, “यी स्‍त्रीले परमप्रभुसँग बिन्ती गरेकी कारणले परमप्रभुले यी स्‍त्रीद्वारा तिमीहरूलाई धेरै सन्तानहरू देऊन् ।” त्यसपछि तिनीहरू आफ्नो घरमा नै फर्कन्थे । 21 परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन् । तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन् । यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए । 22 यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने । 23 तिनले उनीहरूलाई भने, “तिमीहरूले किन यस्‍ता कुराहरू गर्छौ? किनकि मैले तिमीहरूको दुष्‍ट कामहरू यी सबै मानिसहरूबाट सुन्‍दैछु ।” 24 हुँदैन, ए मेरा छोराहरू हो । किनकि मैले सुनेको कुरा असल खबर होइन । तिमीहरूले परमप्रभुका मानिसहरूलाई अनाज्ञाकारी बनाउँछौ । 25 “एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने, परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?” तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो । 26 बालक शमूएल बढ्‍दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए । 27 यति बेला परमेश्‍वरका एक जना मानिस एलीकहाँ आए र तिनलाई भने, “परमप्रभु भन्‍नुहुन्छ, 'तेरा पुर्खाहरू मिश्रदेशमा फारोको घरमा दासत्वमा हुँदा, के मैले तिनीहरूकहाँ आफूलाई प्रकट गरिन र? 28 मेरो पुजारी हुन, मेरो वेदीमा जान, र धूप बाल्न र मेरो सामु एपोद लगाउनलाई मैले इस्राएलको सारा कुलहरूबाट उसलाई चुनें । मैले इस्राएलका मानिसहरूले आगोद्वारा चढाएका सबै बलिदानहरू तेरो पुर्खाको घरानालाई दिएँ । 29 तब किन मेरो बासस्‍थानमा मलाई आवश्यक मेरा बलिदानहरू र भेटीहरूलाई तैंले किन तुच्‍छ ठान्छस्? इस्राएलका मेरा मानिसहरूको हरेक बलिदानको उत्तम थोकद्वारा आफैलाई मोटो बनाएर तैंले आफ्ना छोराहरूलाई किन मलाई भन्दा बढी आदर गर्छस्?' 30 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ । 31 हेर्, मैले तेरो बल र तेरो पिताको घरानाको बल नाश पार्ने समय आउँदैछ, ताकि तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन । 32 मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन । 33 आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् । 34 तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् ।
  • १ शमू 4:18-20 : 18 जब उसले परमेश्‍वरको सन्दुकको बारेमा भन्‍यो, तब एली ढोकाको छेउमा भएको आफ्नो आसनबाट पछाडीतिर लडे । तिनको घाँटी भाँचियो र तिनी मरे, किनभने तिनी वृद्ध र गह्रौं थिए । तिनी चालिस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका थिए । 19 तिनकी बुहारी, पीनहासकी पत्‍नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्‍वरको सन्दुक कब्‍जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो । 20 तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्‍त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।
  • १ राजा 14:12-13 : 12 त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ । 13 सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् । यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने छ किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 14:10-14
    5 पदहरू
    84%

    10त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।

    11तेरो घरानाको हरेक व्यक्ति जो यस सहरमा मर्छ, त्यसलाई कुकुरहरूले खाने छन्, अनि खेतमा मर्ने जोसुकैलाई आकाशका चराचुरुङ्गीहरूले खाने छन् किनकि म परमप्रभुले यसो भनेको छु ।'

    12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।

    13सारा इस्राएलले त्यसको निम्ति शोक गर्ने छन् र त्यसलाई गाड्ने छन् । यारोबामको परिवारबाट चिहानमा जाने त्यही मात्र हुने छ किनकि यारोबामको घरबाट त्यसले मात्र इस्राएलका परमेश्वर परमप्रभुको दृष्टिमा निगाह पायो ।

    14साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।

  • 16यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।”

  • १ राजा 14:1-7
    7 पदहरू
    77%

    1¶ त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्‍यो ।

    2यारोबामले आफ्नी पत्नीलाई भने, “उठ र तिमी मेरी पत्नी हौ भनी नचिन्नलाई आफ्नो भेष बदली गर । अनि शीलोमा जाऊ किनकि अहियाह अगमवक्ता त्यहीँ छन् । यी मानिसहरूमाथि म नै राजा हुनेथिएँ भनी मेरो बारेमा बताउने तिनी नै थिए ।

    3आफ्नो साथमा दसवटा रोटी, केही फुरौला र एक भाँडो मह लिएर अहियाहकहाँ जाऊ । बालकलाई के हुने छ भनी तिनले तिमीलाई बताउने छन् ।”

    4यारोबामकी पत्नीले त्यसै गरिन् । उनी बाटो लागिन् र शीलोमा गइन्, र अहियाहको घरमा आइन् । अहियाहले देख्न सक्दैनथे । तिनको वृद्धावस्थाको कारणले तिनले आफ्ना आँखाको ज्योति गुमाएका थिए ।

    5परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।”

    6उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ । किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु ।

    7गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।

  • 20अबियाको शासनको समयमा यारोबामले फेरि आफ्‍नो शक्ति कदापि प्राप्‍त गर्न सकेनन्‌ । परमप्रभुले उनलाई प्रहार गर्नुभयो, र उनी मरे ।

  • १ राजा 14:18-20
    3 पदहरू
    76%

    18सारा इस्राएलले त्यसलाई गाडे, र त्यसको निम्ति शोक गरे जस्तो परमप्रभुले आफ्ना दास अहियाह अगमवक्ताद्वारा भन्नुभएको थियो ।

    19यारोबामका अन्य कामहरूको बारेमा अर्थात् कसरी तिनले युद्ध गरे र शासन गरे भन्ने विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।

    20यारोबामले बाइस वर्ष शासन गरे, र त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुत्न गए, अनि तिनको ठाउँमा तिनका छोरा नादाब राजा भए ।

  • 32जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो ।

  • 34यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो, र यसले गर्दा तिनको परिवार पृथ्वीबाट नष्ट भएर सर्वनाश भएर गयो ।

  • १ राजा 17:17-18
    2 पदहरू
    73%

    17यी कुरापछि ती स्त्री अर्थात् त्यस घरको मालिक्नीको छोरो बिरामी पर्‍यो । त्यसको रोग यति गम्भीर थियो कि त्यसले सास फेर्नै छोड्यो ।

    18त्यसैले त्यसकी आमाले एलियालाई भनिन्, “हे परमेश्वरका जन, मेरो विरुद्धमा तपाईंसित के छ? के तपाईं मेरो पापलाई स्मरण गराई मेरो छोरोलाई मार्न आउनुभएको हो?”

  • २ राजा 1:16-17
    2 पदहरू
    72%

    16पछि एलियाले अहज्याहलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'तैँले एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन सन्देशवाहकहरू पठाएको छस् । जानकारी लिनको लागि इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले त्‍यसो गरेको हो? यसैले तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । तँ निश्‍चय नै मर्नेछस्' ।”

    17यसरी एलियाले बोलेको परमप्रभुको वचनअनुसार अहज्याह मरे । अहज्याहको कुनै छोरो नभएको हुनाले यहूदाका राजा यहोशापातका छोरा यहोरामको दोस्रो वर्षमा योरामले तिनको ठाउँमा राज्य गर्न थाले ।

  • 29यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।

  • २ राजा 4:20-21
    2 पदहरू
    72%

    20जब नोकरले केटोलाई उठाएर त्यसकी आमाकहाँ ल्यायो तब केटो मध्यान्हसम्म आमाको काखमा बस्यो, र त्यो मर्‍यो ।

    21त्यसैले ती स्‍त्री उठिन्, र केटोलाई परमेश्‍वरका मानिसको ओछ्यानमा सुताइन्, ढोका बन्द गरेर बाहिर निस्किन् ।

  • २ राजा 17:21-22
    2 पदहरू
    71%

    21उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए ।

    22इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,

  • २ शमू 12:14-15
    2 पदहरू
    71%

    14तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ ।”

    15त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।

  • 1¶ परमप्रभुको वचनद्वारा परमेश्वका जन बेथेलमा आए । यारोबाम धूप बाल्नलाई वेदीनेर उभिरहेका थिए ।

  • १ राजा 15:29-30
    2 पदहरू
    70%

    29तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे । तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन् । यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए ।

    30यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो ।

  • १ राजा 3:19-21
    3 पदहरू
    69%

    19त्यसपछि रातमा यो स्त्रीले बालकलाई थिचेर मारिछ ।

    20त्यसैले मध्य रातमा तपाईंकी दासी सुतिरहेको बेलामा त्यो उठी र छेउमा राखिएको मेरो छोरो लिएर काखमा राखिछ अनि मेरो काखमा चाहिँ त्यसको मरेको छोरो राखिछ ।

    21म मेरो बच्चालाई दूध खुवाउन बिहान उठ्दा त्यो मरेको रहेछ । बिहान मैले त्यसलाई नियालेर हेर्दा त्यो मैले जन्माएको मेरो छोरो थिएन ।”

  • २ शमू 12:18-19
    2 पदहरू
    69%

    18सातौं दिनमा त्‍यो बालक मर्‍यो । त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए, किनकि तिनीहरूले भने, “हेर्नुहोस्, त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं र उहाँले हाम्रा कुरा सुन्‍नुभएन । हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने, उहाँले आफूलाई के गर्नुहोला?”

    19तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे, तब बालक मरेछ भनी दाऊदले थाहा पाए । तिनले आफ्ना सेवकहरूलाई भने, “के त्‍यो बालक मर्‍यो?” तिनीहरूले जवाफ दिए, “त्‍यो मर्‍यो ।”

  • 32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”

  • 10ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।

  • 16तब यहोआश आफ्ना पुर्खाहरूसित सुते, र इस्राएलका राजाहरूसँगै सामरियाम गाडिए, अनि तिनको ठाउँमा तिनका छोरा यारोबाम राजा भए ।

  • 13यहोआश आफ्ना पुर्खाहरूसित सुते, र यारोबाम तिनको सिंहासनमा बसे । इस्राएलका राजाहरूसँगै यहोआशलाई सामरियामा गाडियो ।

  • 37यसरी राजा आहाब मरे, र तिनलाई सामरियामा लगी त्यहीँ नै गाडियो ।

  • 26तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् ।

  • 20तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?”

  • 40त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।

  • 18त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।

  • 24परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामको कुनै पनि पापबाट तिनी फर्केनन् ।

  • 16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।

  • 11किनकि आमोसले यसो भन्‍यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”