१ राजा 14:27

अनलक शाब्दिक बाइबल

राजा रहबामले तिनको सट्टामा काँसाका ढालहरू बनाए, र राजाको महलको ढोकाहरूको रक्षा गर्ने रक्षकहरूका हातमा जिम्मा दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 8:11 : 11 तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।
  • १ शमू 22:17 : 17 राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्‍यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्‍ना हात हालेनन् ।
  • २ शमू 15:1 : 1 ¶ यसपछि यस्‍तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।
  • १ राजा 14:1 : 1 ¶ त्यस बेला यारोबामको छोरो अबिया अत्यन्तै बिरामी पर्‍यो ।
  • १ राजा 14:5 : 5 परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।”
  • १ राजा 18:46 : 46 तर परमप्रभुको हात एलियामाथि थियो । तिनले आफ्नो खास्टो पटुकामा कसे, र यिजरेलको प्रवेशद्वारसम्मै आहाबको अगिअगि कुदे ।
  • विलाप 4:1-2 : 1 ¶ सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन् । 2 सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 12:9-11
    3 पदहरू
    94%

    9यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्‍दिर कोषहरू र राजाको महलका भण्‍डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।

    10रहबाम राजाले तिनको सट्टामा काँसाका ढालहरू बनाए र राजाका महलको ढोकाहरूका रक्षा गर्ने रक्षकहरूका कमाण्‍डरहरूका जिम्‍मामा दिए ।

    11जब राजा परमप्रभुको मन्‍दिरभित्र पस्‍थे, तब रक्षकहरू ती बोक्थे । अनि तिनीहरूले रक्षक बस्‍ने कोठामा फेरि ती फर्काउँथे ।

  • १ राजा 14:28-29
    2 पदहरू
    82%

    28राजा परमप्रभुको मन्दिरमा प्रवेश गर्दा ती रक्षकहरूले ती ढालहरू बोक्थे । त्यसपछि तिनीहरूले ती रक्षक कोठामा ल्याएर राख्ने गर्थे ।

    29रहबामले गरेका अरू सबै कामहरूको बारेमा के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • १ राजा 14:25-26
    2 पदहरू
    79%

    25राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरुद्धमा आक्रमण गरे ।

    26तिनले परमप्रभुको मन्दिर र राजको महलका खजानाहरू लिएर गए । तिनले हरेक कुरो लिएर गए । तिनले सोलोमनले बनाएका सुनका ढालहरू पनि लिएर गए ।

  • १ राजा 10:16-17
    2 पदहरू
    74%

    16सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला-ठुला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो ।

    17तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए । प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो । राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे ।

  • २ इति 9:15-16
    2 पदहरू
    73%

    15सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्‍येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।

    16पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्‍येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।

  • २ राजा 11:10-11
    2 पदहरू
    73%

    10तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा राखिएका राजा दाऊदका भालाहरू र ढालहरू कमान्‍डरहरूलाई दिए ।

    11मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।

  • 9त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए ।

  • १ इति 18:7-8
    2 पदहरू
    71%

    7हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्‍याए ।

    8तिनले हददेजेरका सहरहरू तेबह र कूनबाट पनि धेरै मात्रामा काँसा ल्‍याए । यसैबाट सोलोमनले पछि “खड्कुँलो” भनिने काँसाको एउटा विशाल बाटा, स्‍तम्‍भहरू र काँसाका विभिन्‍न भाँडाहरू बनाए ।

  • २ राजा 25:13-16
    4 पदहरू
    71%

    13परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे ।

    14भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे ।

    15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए ।

    16सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो ।

  • 7दाऊद हददेजेरका सेवकहरूसँग भएका सुनका ढालहरू लिए र ती यरूशलेममा ल्याए ।

  • 9यसको साथै तिनले पुजारीहरूका चोक, र ठूलो चोक र चोकका ढोकाहरू बनाए र तिनका ढोकाहरूमा काँसाका जलप लगाए ।

  • 6उसको खुट्टामा काँसाको झिलम थियो र त्यसको कुमहरूको बिचमा भाला थियो ।

  • 12तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।

  • 45भाँडाकुँडाहरू, बेल्चाहरू, बाटाहरू अनि सबै चिजहरू बनाए । हुरामले परमप्रभुको मन्दिरको लागि सोलोमन राजाको निम्ति टल्काइएका काँसाबाट बनाएका थिए ।

  • 5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • 67%

    19राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे ।

    20सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो ।

  • 14तिनीहरूका निम्ति—सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।

  • 8यसैले तिमीहरूसँग एउटा ठूलो फौज भएको हुनाले र तिमीहरूसँग देवताहरू हुनलाई यारोबामले बनाएका यी सुनका बाछाहरू तिमीहरूसँग भएको हुनाले, अब तिमीहरू दाऊदका सन्‍तानहरूका हातमा भएको परमप्रभुका राज्‍यको विरुद्धमा खडा हुने योजना गर्दछौ ।

  • 14तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।

  • २ राजा 11:7-8
    2 पदहरू
    67%

    7शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।

    8हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।

  • 18यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्‍यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्‍ने थाहै भएन ।

  • 12राजा र यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए ।

  • 8यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।

  • 1¶ जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्‍य पुनःर्स्‍थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्‍यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।

  • 6बजलेलले बबुल काठका डन्डाहरू बनाए र तिनलाई काँसाले मोहोरे ।

  • 5शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु’ ।”

  • 27बोक्‍ने डन्डाहरूका लागि घर हुनलाई तिनले त्यसको बिटमुनि वेदीका दुवैपट्टि सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुईतिर लगाए ।

  • 27हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।

  • 28यसैले राजा यारोबामले सरसल्लाह लिई सुनका दुईवटा बाछा बनाए । तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेमसम्म जान निकै टाढा हुन्छ । हे इस्राएली हो, तिमीहरूलाई मिश्र देशबाट ल्याउने देवताहरू यी नै हुन् ।”

  • 16साथै भाँडाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू पनि बनाए, र हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए ।

  • 16त्यसपछि हिजकियाले परमप्रभुको मन्दिरका ढोकाहरू र तिनले सुनको जलप लगाएका खम्बाहरूबाट सुन काटेर निकाले । तिनले उक्‍त सुन अश्शूरका राजालाई दिए ।

  • 3तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा,

  • 17परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे ।

  • 47सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।

  • 17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे ।

  • 30तिनले यसबाट भेट हुने पालको प्रवेशद्वारका आधारहरू, काँसाको वेदी, यसको लागि काँसाको झिँजा र वेदीका लागि आवश्यक सबै सामग्री,

  • 17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।