11त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे ।
12तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए ।
13दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे ।
14तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”
15जब ईजेबेलले नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ भनी सुनिन् उनले आहाबलाई भनिन्, “नाबोत मरिसकेकाले उठ्नुहोस्, र यिजरेली नाबोतको दाखबारी अधिकार गर्नुहोस् जुन बेच्नलाई तिनले इन्कार गरेका थिए ।”
16नाबोत मरे भनी जब आहाबले सुने तिनी उठेर यिजरेली नाबोतको दाखबारीमा गए, र त्यसको अधिकार गरे ।
17तब परमप्रभुको वचन तिश्बी एलियाकहाँ आयो,
18“उठ्, र सामरियामा बस्ने इस्रालका राजा आहाबलाई भेट्न जा । त्यो नाबोतको दाखबारीमा छ जहाँ त्यो दाखबारी हडप्न गएको छ ।